Skip to main content

Purbi Garjan

गरामनीमा जंगली हात्तीको आक्रमणबाट एक व्यक्तिको मृत्यु

झापा। झापाको बिर्तामोड नगरपालिका–७, फक्तालुङमा जंगली हात्तीको आक्रमणबाट एक जनाको मृत्यु भएको छ।

बिहीबार बिहान ३ः४५ बजे शौचालयका लागि आफ्नै घरबाहिर आँगनमा निस्किएका ५९ वर्षीय लोकप्रसाद लिम्बुलाई एक जंगली हात्तीले आक्रमण गरी किच्दा घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

घटनापछि हात्ती दक्षिणतर्फ भागेको थियो। टेलिफोनमार्फत जानकारी प्राप्त हुनासाथ इलाका प्रहरी चौकी गरामनीबाट प्रहरी टोली खटिई घटनास्थल सुरक्षित पारिएको थियो।

घटनाको थप अनुसन्धान तथा कानुनी प्रकृयाका लागि इलाका प्रहरी कार्यालय अनारमनीबाट टोली परिचालित गरिएको जनाइएको छ।

प्रारम्भिक अनुसन्धानपछि बिहान ७ः३५ बजे कानुनी प्रक्रिया पूरा गरी मृतकको शव पोष्टमार्टमका लागि प्रदेशिक अस्पताल भद्रपुर पठाइएको प्रहरीले जनाएको छ।

वन क्षेत्र नजिकका बस्तीहरूमा जंगली जनावरको आक्रमणको जोखिम उच्च भइरहेका बेला यस्ता घटनाले पुनः सावधानी अपनाउनुपर्ने सन्देश दिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

काकडभिट्टा नाकामा सशस्त्र प्रहरीको विभेद: सिटी रिक्सामा मुद्दा, स्कोरपियो सहजै पार

काकडभिट्टा नाकामा सशस्त्र प्रहरीको विभेद: सिटी रिक्सामा मुद्दा, स्कोरपियो सहजै पार

काकडभिट्टा नाका: कानुन होइन सशस्त्र प्रहरीको मनोमानी चल्छ, गरिबको सिटी रिक्सामा मुद्दा दर्ता, धनाड्यको स्कोरपियो सेटिङमै छाडियो। र...
काकडभिट्टा-पानीटंकी  नाकामा सुन–चाँदीसहित ४ भारतीय पक्राउ, गाडीसहित भन्सार बुझाइयो

काकडभिट्टा-पानीटंकी  नाकामा सुन–चाँदीसहित ४ भारतीय पक्राउ, गाडीसहित भन्सार बुझाइयो

काकडभिट्टा । पूर्वी नेपालको प्रमुख नाका काकडभिट्टासँग सिमाना जोडिएको भारतको पानीटंकी क्षेत्रमा सुन र चाँदीसहित चार जना भारतीय नागर...
पञ्चायती कालको यातना सम्झाउँदै ‘इरफान अली’ नाटक मेचीनगरमा मञ्चन

पञ्चायती कालको यातना सम्झाउँदै ‘इरफान अली’ नाटक मेचीनगरमा मञ्चन

झापा, मेचीनगर। पञ्चायती व्यवस्थाको समयमा जेलभित्र हुने अमानवीय यातना, दमन र विभेदलाई उजागर गर्ने उद्देश्यसहित ‘इरफान अली’ नामक नाट...

इलाममा बोलेरो ५० मिटर तल खस्यो, बालिकासहित पाँच जना घाइते

निशान निराैला इलामको माङ्सेबुङ गाउँपालिका–२ दहगाउँस्थित आरुबोटे–दमक भित्री कच्ची सडकखण्डमा बोलेरो दुर्घटना हुँदा पाँच जना घाइते भ...
ne_NPNepali