Skip to main content

Purbi Garjan

गरामनीमा जंगली हात्तीको आक्रमणबाट एक व्यक्तिको मृत्यु

झापा। झापाको बिर्तामोड नगरपालिका–७, फक्तालुङमा जंगली हात्तीको आक्रमणबाट एक जनाको मृत्यु भएको छ।

बिहीबार बिहान ३ः४५ बजे शौचालयका लागि आफ्नै घरबाहिर आँगनमा निस्किएका ५९ वर्षीय लोकप्रसाद लिम्बुलाई एक जंगली हात्तीले आक्रमण गरी किच्दा घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

घटनापछि हात्ती दक्षिणतर्फ भागेको थियो। टेलिफोनमार्फत जानकारी प्राप्त हुनासाथ इलाका प्रहरी चौकी गरामनीबाट प्रहरी टोली खटिई घटनास्थल सुरक्षित पारिएको थियो।

घटनाको थप अनुसन्धान तथा कानुनी प्रकृयाका लागि इलाका प्रहरी कार्यालय अनारमनीबाट टोली परिचालित गरिएको जनाइएको छ।

प्रारम्भिक अनुसन्धानपछि बिहान ७ः३५ बजे कानुनी प्रक्रिया पूरा गरी मृतकको शव पोष्टमार्टमका लागि प्रदेशिक अस्पताल भद्रपुर पठाइएको प्रहरीले जनाएको छ।

वन क्षेत्र नजिकका बस्तीहरूमा जंगली जनावरको आक्रमणको जोखिम उच्च भइरहेका बेला यस्ता घटनाले पुनः सावधानी अपनाउनुपर्ने सन्देश दिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

इलाममा बेली ब्रिजको सामान बोकेको ट्रक दुर्घटना, एक जनाको मृत्यु

इलाममा बेली ब्रिजको सामान बोकेको ट्रक दुर्घटना, एक जनाको मृत्यु

निशान निराैला इलाम । इलाम नगरपालिका–१०, बाह्रगोलाईस्थित मेची राजमार्गमा बेली ब्रिजको सामान बोकेको ट्रक दुर्घटना हुँदा एक जनाको मृ...
पहिलो पाइला नेपाल कमल शाखा अध्यक्षमा सञ्जु, पदस्थापना सम्पन्न

पहिलो पाइला नेपाल कमल शाखा अध्यक्षमा सञ्जु, पदस्थापना सम्पन्न

झापा । सामाजिक क्षेत्रमा सक्रिय रहि देशका विभिन्न स्थानमा शाखा विस्तार गर्न सफल संस्था पहिलो पाइला नेपालले कमल शाखाको कार्यसमिति ग...
इटहरी, उदयपुर र गोलबजार जेसीजद्वारा विद्यार्थीलाई शैक्षिक सामग्री वितरण

इटहरी, उदयपुर र गोलबजार जेसीजद्वारा विद्यार्थीलाई शैक्षिक सामग्री वितरण

झापा । मेचीनगर–३ स्थित बलभद्र आधारभूत विद्यालयका विद्यार्थीहरूलाई विभिन्न जेसीज शाखाहरूले शैक्षिक सामग्री वितरण गरेका छन्। नेपा...
पाँचतारे होटल मेची क्राउनद्वारा दैवी प्रकोप उद्धार कोषमा २६ लाख सहयोग

पाँचतारे होटल मेची क्राउनद्वारा दैवी प्रकोप उद्धार कोषमा २६ लाख सहयोग

मेचीनगर। झापाको मेचीनगर ८ स्थित पाँचतारे होटल मेची क्राउनले बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत तथा पुनःस्थापनाका लागि प्रधानमन...
ne_NPNepali