Skip to main content

Purbi Garjan

एसीसी यु–१६ इस्ट जोन कप: फाइनल पुग्न नेपाललाई ९१ रनको लक्ष्य

मलेसिया । एसिसी मेन्स यु–१६ इस्ट जोन कपको सेमिफाइनलमा नेपालले घरेलु टोली मलेसियाविरुद्ध फाइनलमा स्थान बनाउने अवसर पाएको छ। टस हारेर पहिला ब्याटिङ गरेको मलेसिया ४३.१ ओभरमा मात्र ९० रनमै समेटिएको हो।

मलेसियाका लागि मोहम्मद फतुलले ७१ बलमा सर्वाधिक ३८ रन बनाए। कप्तान डिज पार्तोले ३२ बलमा १० रन जोड्दै पवेलियन फर्किए। बाँकी कुनै पनि ब्याटरले दोहोरो अंकको स्कोर बनाउन सकेनन्।

नेपालका लागि बलिङमा अभय यादवले सर्वाधिक ४ विकेट लिए भने शुभम खनालले ३ विकेट झारे। कप्तान विपिनप्रसाद शर्मा र सचिन भट्टले समान १-१ विकेट हात पारे।

नेपाल समूह ‘ए’ को विजेता र मलेसिया समूह ‘बी’ को उपविजेताको रूपमा सेमिफाइनलमा प्रवेश गरेका थिए। नेपालले समूह चरणका चारै खेलमा जित हात पारेको थियो भने मलेसियाले चारमध्ये तीन खेल जितेको थियो।

गत संस्करणको फाइनलमा पनि नेपालले मलेसियालाई हराउँदै उपाधि जितेको थियो, जसमा नेपाल २२१ रनले विजयी भएको थियो।

यस खेलको विजेता दोस्रो सेमिफाइनलको विजेतासँग उपाधिका लागि प्रतिस्पर्धा गर्नेछ। दोस्रो सेमिफाइनलमा हङकङ र सिंगापुरबीच खेल जारी छ।

एसियाली क्रिकेट परिषद् (एसीसी) द्वारा आयोजित प्रतियोगितामा नेपालसहित १० राष्ट्र सहभागी छन्। सहभागी टोलीहरू दुई समूहमा विभाजित छन्। प्रतियोगिताको फाइनल खेल आगामी जुलाई ५ (असार २१ गते) हुने कार्यक्रम छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

काकडभिट्टा नाकामा सशस्त्र प्रहरीको विभेद: सिटी रिक्सामा मुद्दा, स्कोरपियो सहजै पार

काकडभिट्टा नाकामा सशस्त्र प्रहरीको विभेद: सिटी रिक्सामा मुद्दा, स्कोरपियो सहजै पार

काकडभिट्टा नाका: कानुन होइन सशस्त्र प्रहरीको मनोमानी चल्छ, गरिबको सिटी रिक्सामा मुद्दा दर्ता, धनाड्यको स्कोरपियो सेटिङमै छाडियो। र...
काकडभिट्टा-पानीटंकी  नाकामा सुन–चाँदीसहित ४ भारतीय पक्राउ, गाडीसहित भन्सार बुझाइयो

काकडभिट्टा-पानीटंकी  नाकामा सुन–चाँदीसहित ४ भारतीय पक्राउ, गाडीसहित भन्सार बुझाइयो

काकडभिट्टा । पूर्वी नेपालको प्रमुख नाका काकडभिट्टासँग सिमाना जोडिएको भारतको पानीटंकी क्षेत्रमा सुन र चाँदीसहित चार जना भारतीय नागर...
पञ्चायती कालको यातना सम्झाउँदै ‘इरफान अली’ नाटक मेचीनगरमा मञ्चन

पञ्चायती कालको यातना सम्झाउँदै ‘इरफान अली’ नाटक मेचीनगरमा मञ्चन

झापा, मेचीनगर। पञ्चायती व्यवस्थाको समयमा जेलभित्र हुने अमानवीय यातना, दमन र विभेदलाई उजागर गर्ने उद्देश्यसहित ‘इरफान अली’ नामक नाट...

इलाममा बोलेरो ५० मिटर तल खस्यो, बालिकासहित पाँच जना घाइते

निशान निराैला इलामको माङ्सेबुङ गाउँपालिका–२ दहगाउँस्थित आरुबोटे–दमक भित्री कच्ची सडकखण्डमा बोलेरो दुर्घटना हुँदा पाँच जना घाइते भ...
ne_NPNepali