Skip to main content

Purbi Garjan

झापा शिवसताक्षी कुटपिट घटनाः घाइते दुई किशोरको मृत्यु, ६ जना पक्राउ

झापा । शिवसताक्षी नगरपालिका–९ मा भएको कुटपिट घटनामा घाइते भएका दुई युवाको मृत्यु भएको छ।

यसअघि १९ वर्षीय रोमन थापाको असार १४ गते बिहान मृत्यु भएको थियो। त्यसै घटनामा घाइते भएका संगम चोकका १५ वर्षीय आदित्य तामाङको पनि बुधबार दिउँसो १ः४५ बजे बीएण्डसी अस्पताल बिर्तामोडमा उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। मृतकको शव अस्पतालमै राखिएको छ।

असार ११ गते बिहान करिब ६ः४० बजे ट्युसन पढेर फर्कँदै गरेका आदित्य तामाङलाई शिवसताक्षी नगरपालिका–११ स्थित प्लटिङ क्षेत्रमा बोलाई ६ जनाले कुटपिट गरेका थिए। उनी राष्ट्रिय रमणीय मावि, दूधेमा कक्षा ८ मा अध्ययनरत थिए भने कुटपिटमा संलग्नमध्येका केही ध्रुबतारा बोर्डिङ स्कुलका विद्यार्थी रहेका छन्।

घटनामा संलग्न ६ जना पक्राउ परेका छन्। पक्राउ पर्नेहरूमा १५ वर्षीय सोइमन मगर (शिवसताक्षी–११), १४ वर्षीय आयुस राई, १४ वर्षीय सलिम लिम्बू, १४ वर्षीय आदित्य लिवाङ, १३ वर्षीय नामकेत लिम्बू र १५ वर्षीय अङ्कुश सिलवाल रहेको प्रहरीले जनाएको छ।

सोमबार राति पाँच जनालाई नियन्त्रणमा लिइएको थियो भने फरार रहेका अङ्कुश सिलवाललाई मङ्गलवार बिहान ८ बजे उनको घरबाट पक्राउ गरिएको हो।

घटनाबारे आदित्यका आफन्तले इलाका प्रहरी कार्यालय झिलझिलेमा कारबाहीको माग गर्दै निवेदन दिएपछि प्रहरीले अनुसन्धान अघि बढाएको थियो। प्रहरीले बालकहरूको संलग्नतामा अनुसन्धान जारी रहेको जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

काकडभिट्टा नाकामा सशस्त्र प्रहरीको विभेद: सिटी रिक्सामा मुद्दा, स्कोरपियो सहजै पार

काकडभिट्टा नाकामा सशस्त्र प्रहरीको विभेद: सिटी रिक्सामा मुद्दा, स्कोरपियो सहजै पार

काकडभिट्टा नाका: कानुन होइन सशस्त्र प्रहरीको मनोमानी चल्छ, गरिबको सिटी रिक्सामा मुद्दा दर्ता, धनाड्यको स्कोरपियो सेटिङमै छाडियो। र...
काकडभिट्टा-पानीटंकी  नाकामा सुन–चाँदीसहित ४ भारतीय पक्राउ, गाडीसहित भन्सार बुझाइयो

काकडभिट्टा-पानीटंकी  नाकामा सुन–चाँदीसहित ४ भारतीय पक्राउ, गाडीसहित भन्सार बुझाइयो

काकडभिट्टा । पूर्वी नेपालको प्रमुख नाका काकडभिट्टासँग सिमाना जोडिएको भारतको पानीटंकी क्षेत्रमा सुन र चाँदीसहित चार जना भारतीय नागर...
पञ्चायती कालको यातना सम्झाउँदै ‘इरफान अली’ नाटक मेचीनगरमा मञ्चन

पञ्चायती कालको यातना सम्झाउँदै ‘इरफान अली’ नाटक मेचीनगरमा मञ्चन

झापा, मेचीनगर। पञ्चायती व्यवस्थाको समयमा जेलभित्र हुने अमानवीय यातना, दमन र विभेदलाई उजागर गर्ने उद्देश्यसहित ‘इरफान अली’ नामक नाट...

इलाममा बोलेरो ५० मिटर तल खस्यो, बालिकासहित पाँच जना घाइते

निशान निराैला इलामको माङ्सेबुङ गाउँपालिका–२ दहगाउँस्थित आरुबोटे–दमक भित्री कच्ची सडकखण्डमा बोलेरो दुर्घटना हुँदा पाँच जना घाइते भ...
ne_NPNepali