Skip to main content

Purbi Garjan

झापा शिवसताक्षी कुटपिट घटनाः घाइते दुई किशोरको मृत्यु, ६ जना पक्राउ

झापा । शिवसताक्षी नगरपालिका–९ मा भएको कुटपिट घटनामा घाइते भएका दुई युवाको मृत्यु भएको छ।

यसअघि १९ वर्षीय रोमन थापाको असार १४ गते बिहान मृत्यु भएको थियो। त्यसै घटनामा घाइते भएका संगम चोकका १५ वर्षीय आदित्य तामाङको पनि बुधबार दिउँसो १ः४५ बजे बीएण्डसी अस्पताल बिर्तामोडमा उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। मृतकको शव अस्पतालमै राखिएको छ।

असार ११ गते बिहान करिब ६ः४० बजे ट्युसन पढेर फर्कँदै गरेका आदित्य तामाङलाई शिवसताक्षी नगरपालिका–११ स्थित प्लटिङ क्षेत्रमा बोलाई ६ जनाले कुटपिट गरेका थिए। उनी राष्ट्रिय रमणीय मावि, दूधेमा कक्षा ८ मा अध्ययनरत थिए भने कुटपिटमा संलग्नमध्येका केही ध्रुबतारा बोर्डिङ स्कुलका विद्यार्थी रहेका छन्।

घटनामा संलग्न ६ जना पक्राउ परेका छन्। पक्राउ पर्नेहरूमा १५ वर्षीय सोइमन मगर (शिवसताक्षी–११), १४ वर्षीय आयुस राई, १४ वर्षीय सलिम लिम्बू, १४ वर्षीय आदित्य लिवाङ, १३ वर्षीय नामकेत लिम्बू र १५ वर्षीय अङ्कुश सिलवाल रहेको प्रहरीले जनाएको छ।

सोमबार राति पाँच जनालाई नियन्त्रणमा लिइएको थियो भने फरार रहेका अङ्कुश सिलवाललाई मङ्गलवार बिहान ८ बजे उनको घरबाट पक्राउ गरिएको हो।

घटनाबारे आदित्यका आफन्तले इलाका प्रहरी कार्यालय झिलझिलेमा कारबाहीको माग गर्दै निवेदन दिएपछि प्रहरीले अनुसन्धान अघि बढाएको थियो। प्रहरीले बालकहरूको संलग्नतामा अनुसन्धान जारी रहेको जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

इलाममा बेली ब्रिजको सामान बोकेको ट्रक दुर्घटना, एक जनाको मृत्यु

इलाममा बेली ब्रिजको सामान बोकेको ट्रक दुर्घटना, एक जनाको मृत्यु

निशान निराैला इलाम । इलाम नगरपालिका–१०, बाह्रगोलाईस्थित मेची राजमार्गमा बेली ब्रिजको सामान बोकेको ट्रक दुर्घटना हुँदा एक जनाको मृ...
पहिलो पाइला नेपाल कमल शाखा अध्यक्षमा सञ्जु, पदस्थापना सम्पन्न

पहिलो पाइला नेपाल कमल शाखा अध्यक्षमा सञ्जु, पदस्थापना सम्पन्न

झापा । सामाजिक क्षेत्रमा सक्रिय रहि देशका विभिन्न स्थानमा शाखा विस्तार गर्न सफल संस्था पहिलो पाइला नेपालले कमल शाखाको कार्यसमिति ग...
इटहरी, उदयपुर र गोलबजार जेसीजद्वारा विद्यार्थीलाई शैक्षिक सामग्री वितरण

इटहरी, उदयपुर र गोलबजार जेसीजद्वारा विद्यार्थीलाई शैक्षिक सामग्री वितरण

झापा । मेचीनगर–३ स्थित बलभद्र आधारभूत विद्यालयका विद्यार्थीहरूलाई विभिन्न जेसीज शाखाहरूले शैक्षिक सामग्री वितरण गरेका छन्। नेपा...
पाँचतारे होटल मेची क्राउनद्वारा दैवी प्रकोप उद्धार कोषमा २६ लाख सहयोग

पाँचतारे होटल मेची क्राउनद्वारा दैवी प्रकोप उद्धार कोषमा २६ लाख सहयोग

मेचीनगर। झापाको मेचीनगर ८ स्थित पाँचतारे होटल मेची क्राउनले बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत तथा पुनःस्थापनाका लागि प्रधानमन...
ne_NPNepali