Skip to main content

Purbi Garjan

झापामा तीन जनामा कोरोना संक्रमण पुष्टि, इलामकी महिलाको मृत्यु

मेचीनगर। झापामा तीन जनामा कोरोना संक्रमण पुष्टि भएको छ । नयाँ भेरिएन्ट फैलिन थालेपछि पहिलोपटक गत जेठ ११ गते बिर्तामोड–५ की ५२ वर्षीया महिलामा संक्रमण देखिएको थियो । त्यसपछि काँकडभिट्टा नाका हुँदै नेपाल प्रवेश गरेका दोलखाका ४७ वर्षीय पुरुषमा र तीन दिनअघि मेचीनगर–९ का ४३ वर्षीय पुरुषमा संक्रमण पुष्टि भएको हो । संक्रमित तीनै जनालाई आइसोलेसनमा राखिएको छ ।

यसैबीच, नयाँ भेरिएन्ट फैलिएयता देशमै पहिलोपटक कोरोना संक्रमणबाट इलामकी एक महिलाको मृत्यु भएको छ । सूर्योदय नगरपालिका–१०, फिक्कलकी ४९ वर्षीया महिलाको नोबेल शिक्षण अस्पताल विराटनगरमा उपचारका क्रममा मृत्यु भएको हो ।

उनी ज्वरो आउने लक्षण देखिएपछि स्थानीय अस्पतालमा उपचार गराइरहेकी थिइन् । स्वास्थ्यमा सुधार नआएपछि दुई दिनअघि उनलाई बिर्तामोडस्थित बिर्ता सिटी अस्पतालमा ल्याइएको थियो । सोमबार गरिएको परीक्षणमा कोरोना पुष्टि भएपछि थप उपचारका लागि विराटनगर लगिएको थियो । हिजो बिहान ६ बजे उपचारकै क्रममा उनको मृत्यु भएको हो ।

इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका अनुसार, २०८० साल वैशाख २१ गतेपछि यो पहिलो पटक कोरोना संक्रमणका कारण कसैको मृत्यु भएको हो ।

महाशाखाको तथ्याङ्क अनुसार पछिल्लो २४ घण्टामा सात जनामा कोरोना संक्रमण पुष्टि भएको छ, जसमध्ये एक जनाको मृत्यु भएको हो ।

पुषयता हालसम्म देशभरका २५ जिल्लाबाट १८७ जनामा संक्रमण देखिएको छ । संक्रमितमध्ये सबैभन्दा धेरै बागमती प्रदेशमा १४७ जना, कोशी प्रदेशमा सात, मधेस प्रदेशमा पाँच, गण्डकी प्रदेशमा तीन र सुदूरपश्चिम प्रदेशमा २१ जना रहेका छन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

झापामा गोली चल्यो : खैरो लागूपदार्थसहित दुई जना पक्राउ

झापामा गोली चल्यो : खैरो लागूपदार्थसहित दुई जना पक्राउ

झापा । झापाको सालमारा क्षेत्रबाट प्रतिबन्धित लागूऔषध खैरो हेरोइनजस्तो देखिने पदार्थसहित दुई जना युवा पक्राउ परेका छन्। कात्तिक ११...
काकडभिट्टा नाकामा सशस्त्र प्रहरीको विभेद: सिटी रिक्सामा मुद्दा, स्कोरपियो सहजै पार

काकडभिट्टा नाकामा सशस्त्र प्रहरीको विभेद: सिटी रिक्सामा मुद्दा, स्कोरपियो सहजै पार

काकडभिट्टा नाका: कानुन होइन सशस्त्र प्रहरीको मनोमानी चल्छ, गरिबको सिटी रिक्सामा मुद्दा दर्ता, धनाड्यको स्कोरपियो सेटिङमै छाडियो। र...
काकडभिट्टा-पानीटंकी  नाकामा सुन–चाँदीसहित ४ भारतीय पक्राउ, गाडीसहित भन्सार बुझाइयो

काकडभिट्टा-पानीटंकी  नाकामा सुन–चाँदीसहित ४ भारतीय पक्राउ, गाडीसहित भन्सार बुझाइयो

काकडभिट्टा । पूर्वी नेपालको प्रमुख नाका काकडभिट्टासँग सिमाना जोडिएको भारतको पानीटंकी क्षेत्रमा सुन र चाँदीसहित चार जना भारतीय नागर...
पञ्चायती कालको यातना सम्झाउँदै ‘इरफान अली’ नाटक मेचीनगरमा मञ्चन

पञ्चायती कालको यातना सम्झाउँदै ‘इरफान अली’ नाटक मेचीनगरमा मञ्चन

झापा, मेचीनगर। पञ्चायती व्यवस्थाको समयमा जेलभित्र हुने अमानवीय यातना, दमन र विभेदलाई उजागर गर्ने उद्देश्यसहित ‘इरफान अली’ नामक नाट...
ne_NPNepali