Skip to main content

Purbi Garjan

झापामा तीन जनामा कोरोना संक्रमण पुष्टि, इलामकी महिलाको मृत्यु

मेचीनगर। झापामा तीन जनामा कोरोना संक्रमण पुष्टि भएको छ । नयाँ भेरिएन्ट फैलिन थालेपछि पहिलोपटक गत जेठ ११ गते बिर्तामोड–५ की ५२ वर्षीया महिलामा संक्रमण देखिएको थियो । त्यसपछि काँकडभिट्टा नाका हुँदै नेपाल प्रवेश गरेका दोलखाका ४७ वर्षीय पुरुषमा र तीन दिनअघि मेचीनगर–९ का ४३ वर्षीय पुरुषमा संक्रमण पुष्टि भएको हो । संक्रमित तीनै जनालाई आइसोलेसनमा राखिएको छ ।

यसैबीच, नयाँ भेरिएन्ट फैलिएयता देशमै पहिलोपटक कोरोना संक्रमणबाट इलामकी एक महिलाको मृत्यु भएको छ । सूर्योदय नगरपालिका–१०, फिक्कलकी ४९ वर्षीया महिलाको नोबेल शिक्षण अस्पताल विराटनगरमा उपचारका क्रममा मृत्यु भएको हो ।

उनी ज्वरो आउने लक्षण देखिएपछि स्थानीय अस्पतालमा उपचार गराइरहेकी थिइन् । स्वास्थ्यमा सुधार नआएपछि दुई दिनअघि उनलाई बिर्तामोडस्थित बिर्ता सिटी अस्पतालमा ल्याइएको थियो । सोमबार गरिएको परीक्षणमा कोरोना पुष्टि भएपछि थप उपचारका लागि विराटनगर लगिएको थियो । हिजो बिहान ६ बजे उपचारकै क्रममा उनको मृत्यु भएको हो ।

इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका अनुसार, २०८० साल वैशाख २१ गतेपछि यो पहिलो पटक कोरोना संक्रमणका कारण कसैको मृत्यु भएको हो ।

महाशाखाको तथ्याङ्क अनुसार पछिल्लो २४ घण्टामा सात जनामा कोरोना संक्रमण पुष्टि भएको छ, जसमध्ये एक जनाको मृत्यु भएको हो ।

पुषयता हालसम्म देशभरका २५ जिल्लाबाट १८७ जनामा संक्रमण देखिएको छ । संक्रमितमध्ये सबैभन्दा धेरै बागमती प्रदेशमा १४७ जना, कोशी प्रदेशमा सात, मधेस प्रदेशमा पाँच, गण्डकी प्रदेशमा तीन र सुदूरपश्चिम प्रदेशमा २१ जना रहेका छन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

अवैध मोटर पार्ट्ससहितको गाडी छुटेपछि काकडभिट्टामा सशस्त्रको कारबाहीमाथि प्रश्न

अवैध मोटर पार्ट्ससहितको गाडी छुटेपछि काकडभिट्टामा सशस्त्रको कारबाहीमाथि प्रश्न

मेचीनगर। नेपालको पुर्वी सिमा काँकरभिट्टामा मेची खोलाबाट गैरी गाउँ हुँदै अवैध रूपमा नेपाल भित्र्याइएको मोटर पार्ट्ससहित नियन्त्रणमा...
इलाममा बेली ब्रिजको सामान बोकेको ट्रक दुर्घटना, एक जनाको मृत्यु

इलाममा बेली ब्रिजको सामान बोकेको ट्रक दुर्घटना, एक जनाको मृत्यु

निशान निराैला इलाम । इलाम नगरपालिका–१०, बाह्रगोलाईस्थित मेची राजमार्गमा बेली ब्रिजको सामान बोकेको ट्रक दुर्घटना हुँदा एक जनाको मृ...
पहिलो पाइला नेपाल कमल शाखा अध्यक्षमा सञ्जु, पदस्थापना सम्पन्न

पहिलो पाइला नेपाल कमल शाखा अध्यक्षमा सञ्जु, पदस्थापना सम्पन्न

झापा । सामाजिक क्षेत्रमा सक्रिय रहि देशका विभिन्न स्थानमा शाखा विस्तार गर्न सफल संस्था पहिलो पाइला नेपालले कमल शाखाको कार्यसमिति ग...
इटहरी, उदयपुर र गोलबजार जेसीजद्वारा विद्यार्थीलाई शैक्षिक सामग्री वितरण

इटहरी, उदयपुर र गोलबजार जेसीजद्वारा विद्यार्थीलाई शैक्षिक सामग्री वितरण

झापा । मेचीनगर–३ स्थित बलभद्र आधारभूत विद्यालयका विद्यार्थीहरूलाई विभिन्न जेसीज शाखाहरूले शैक्षिक सामग्री वितरण गरेका छन्। नेपा...
ne_NPNepali