तुलसीपुर हेमन्तप्रकाश वली । नेपाल कम्युनिस्ट पार्टी जिल्ला समिती दाङले जिल्लामा ‘क्विक रेस्पोन्स टिम’ सक्रिय बनाउने बताएको छ । पार्टीका जिल्ला सचिव तिलक सीले एक प्रेस विज्ञप्ति जारी गर्दै यस्तो जानकारी दिएका हुन् । जिल्ला सचिव तिलक सीद्वारा जारी विज्ञप्तिमा वर्षाको बेलामा बाढी पहिरो लगाएत सम्भावित प्रकोपमा आवश्यक सहयोग (उद्धार , राहत)का लागि जिल्ला पार्टी सचिवको नेतृत्वमा रहेको ‘क्विक रेस्पोन्स टिम’लाई सक्रिय पारी उद्धार र सहयोगमा विभिन्न निकायसंग सहकार्य गरि परिचालन गर्ने बताइएको छ । यस्तै विज्ञप्तिमा किसानहरुलाई यथासिघ्र सहजरुपमा मलको प्रवन्ध गर्न सरकारसंग जोडदार माग गरिएको छ। विज्ञप्तिमा भनिएको छ – ‘धान उत्पादनको सिजन चलिरहेको छ । मलको मात्रा…

झापा । लागूऔषध (ब्राउन सुगर) सहित एक सवारी साधन र चारजना कारोबारी झापाबाट पक्राउ परेका छन्। प्राप्त गोप्य सूचनाका आधारमा बुधबार दिउँसो करिब २ बजे वडा प्रहरी कार्यालय भद्रपुरबाट खटिएको प्रहरी टोलीले भद्रपुर नगरपालिका–७ बाट बागमती प्रदेशको ०१–०२५च–०८७७ नम्बरको क्रेटा कार रोकी जाँच गर्दा २०० ग्राम ३९० मिलिग्राम लागूऔषध ब्राउन सुगर जस्तो देखिने लिसाइलो पदार्थ फेला पारी नियन्त्रणमा लिएको हो। प्रहरी निरीक्षक लोककृष्ण दाहालको नेतृत्वमा खटिएको टोलीले सवारीसाधनसहित सवार चारजनालाई पक्राउ गरी लागूऔषध नियन्त्रण ऐन २०३३ बमोजिम कारबाही अघि बढाएको छ। उनीहरूलाई अनुसन्धानका लागि झापा जिल्ला अदालतमा उपस्थित गराई ७ दिनको म्याद थप गरिएको प्रहरीले जनाएको छ। पक्राउ पर्नेहरूमा नुवाकोट…

मेचीनगर। झापामा तीन जनामा कोरोना संक्रमण पुष्टि भएको छ । नयाँ भेरिएन्ट फैलिन थालेपछि पहिलोपटक गत जेठ ११ गते बिर्तामोड–५ की ५२ वर्षीया महिलामा संक्रमण देखिएको थियो । त्यसपछि काँकडभिट्टा नाका हुँदै नेपाल प्रवेश गरेका दोलखाका ४७ वर्षीय पुरुषमा र तीन दिनअघि मेचीनगर–९ का ४३ वर्षीय पुरुषमा संक्रमण पुष्टि भएको हो । संक्रमित तीनै जनालाई आइसोलेसनमा राखिएको छ । यसैबीच, नयाँ भेरिएन्ट फैलिएयता देशमै पहिलोपटक कोरोना संक्रमणबाट इलामकी एक महिलाको मृत्यु भएको छ । सूर्योदय नगरपालिका–१०, फिक्कलकी ४९ वर्षीया महिलाको नोबेल शिक्षण अस्पताल विराटनगरमा उपचारका क्रममा मृत्यु भएको हो । उनी ज्वरो आउने लक्षण देखिएपछि स्थानीय अस्पतालमा उपचार गराइरहेकी थिइन्…

मेचीनगर, झापा । मेचीनगर नगरपालिकाले आर्थिक वर्ष २०८२/०८३ का लागि नीति, कार्यक्रम तथा बजेट सार्वजनिक गरेको छ। आजदेखि सुरु भएको दोस्रो नगरसभाको सातौं अधिवेशनमा उपप्रमुख मिना पोखरेल उप्रेतीले एक अर्ब ८२ करोड ६ लाख ८६ हजार ४३९ रुपैयाँ ३७ पैसाको अनुमानित बजेट प्रस्तुत गरिन्। नगरप्रमुख गोपालचन्द्र बुढाथोकीको अध्यक्षतामा सम्पन्न नगरसभामा प्रस्तुत बजेटमा नगरस्तरीय योजनाका लागि ५७ करोड ९७ लाख ५२ हजार ५४० रुपैयाँ विनियोजन गरिएको छ। वडा स्तरका योजनाका लागि १६ करोड ५० लाख रुपैयाँ छुट्याइएको छ। संघ सरकारबाट बित्तीय हस्तान्तरणमार्फत विषयगत सशर्त अनुदान अन्तर्गत ८४ करोड ९५ लाख रुपैयाँ प्राप्त हुने अनुमान गरिएको छ। प्रदेश सरकारबाट त्यही शीर्षकमा दुई…