Skip to main content

Purbi Garjan

झापाबाट अवैध लागू औषधसहित १ सवारी साधन र ४ जना पक्राउ

झापा । लागूऔषध (ब्राउन सुगर) सहित एक सवारी साधन र चारजना कारोबारी झापाबाट पक्राउ परेका छन्।

प्राप्त गोप्य सूचनाका आधारमा बुधबार दिउँसो करिब २ बजे वडा प्रहरी कार्यालय भद्रपुरबाट खटिएको प्रहरी टोलीले भद्रपुर नगरपालिका–७ बाट बागमती प्रदेशको ०१–०२५च–०८७७ नम्बरको क्रेटा कार रोकी जाँच गर्दा २०० ग्राम ३९० मिलिग्राम लागूऔषध ब्राउन सुगर जस्तो देखिने लिसाइलो पदार्थ फेला पारी नियन्त्रणमा लिएको हो।

प्रहरी निरीक्षक लोककृष्ण दाहालको नेतृत्वमा खटिएको टोलीले सवारीसाधनसहित सवार चारजनालाई पक्राउ गरी लागूऔषध नियन्त्रण ऐन २०३३ बमोजिम कारबाही अघि बढाएको छ। उनीहरूलाई अनुसन्धानका लागि झापा जिल्ला अदालतमा उपस्थित गराई ७ दिनको म्याद थप गरिएको प्रहरीले जनाएको छ।

पक्राउ पर्नेहरूमा नुवाकोट बेलकोटगढी -१३ का ३१ वर्षीय साजन तामाङ, ३० वर्षीय सबिन लामा, ३३ वर्षीय दिपेश लामा र बेलकोटगढी -११ का २३ वर्षीय राम तामाङ रहेको प्रहरीले जनाएको छ।

उनिहरुको साथबाट VIVO मोबाइल – २ थान, आइफोन – १ थान, INFINIX मोबाइल – १ थान र REDMI मोबाइल – १ थान पनि प्रहरीले बरामद गरेको छ।

यसअघि पनि झापामा लागुऔषध ब्राउन सुगरसहित अन्य कारोबारी पक्राउ परेका थिए। असार ७ गते भद्रपुर–५ स्थित भन्सारचोकबाट काठमाडौँ महानगर–२६ का २४ वर्षीय निवेश कुवेर र लम्जुङ कोलासोतार–७ की २२ वर्षीया नोजिना रानालाई ४७ ग्राम ६९० मिलिग्राम ब्राउन सुगरसहित नेटा EV कारबाट पक्राउ गरिएको थियो।

त्यस्तै, वैशाख ३१ गते झापाको गौरीगञ्ज बजारबाट १०० ग्राम ९० मिलिग्राम लागूऔषधसहित दमक निवासी भूपेन्द्र राई, भारतका भोला ठाकुर र मोनाजिर आलम पक्राउ परेका थिए। उनीहरूबाट ना.१च.९१६२ नम्बरको ह्युन्डाई कार र १ भारतीय मोटरसाइकल समेत बरामद गरिएको थियो।

बर्षगत लागूऔषध (ब्राउन सुगर) बरामद विवरण:

आ.व. २०७९/८० – १५५८ ग्राम ४५९ मिलिग्राम

आ.व. २०८०/८१ – २१७४ ग्राम १९५ मिलिग्राम

आ.व. २०८१/८२ – २४०५ ग्राम १६५ मिलिग्राम

प्रहरीका अनुसार झापा जिल्लामा लागूऔषधको कारोबार बढ्दो अवस्थामा रहेकाले निगरानी तथा कारबाही तीव्र बनाइएको छ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

इलाममा बेली ब्रिजको सामान बोकेको ट्रक दुर्घटना, एक जनाको मृत्यु

इलाममा बेली ब्रिजको सामान बोकेको ट्रक दुर्घटना, एक जनाको मृत्यु

निशान निराैला इलाम । इलाम नगरपालिका–१०, बाह्रगोलाईस्थित मेची राजमार्गमा बेली ब्रिजको सामान बोकेको ट्रक दुर्घटना हुँदा एक जनाको मृ...
पहिलो पाइला नेपाल कमल शाखा अध्यक्षमा सञ्जु, पदस्थापना सम्पन्न

पहिलो पाइला नेपाल कमल शाखा अध्यक्षमा सञ्जु, पदस्थापना सम्पन्न

झापा । सामाजिक क्षेत्रमा सक्रिय रहि देशका विभिन्न स्थानमा शाखा विस्तार गर्न सफल संस्था पहिलो पाइला नेपालले कमल शाखाको कार्यसमिति ग...
इटहरी, उदयपुर र गोलबजार जेसीजद्वारा विद्यार्थीलाई शैक्षिक सामग्री वितरण

इटहरी, उदयपुर र गोलबजार जेसीजद्वारा विद्यार्थीलाई शैक्षिक सामग्री वितरण

झापा । मेचीनगर–३ स्थित बलभद्र आधारभूत विद्यालयका विद्यार्थीहरूलाई विभिन्न जेसीज शाखाहरूले शैक्षिक सामग्री वितरण गरेका छन्। नेपा...
पाँचतारे होटल मेची क्राउनद्वारा दैवी प्रकोप उद्धार कोषमा २६ लाख सहयोग

पाँचतारे होटल मेची क्राउनद्वारा दैवी प्रकोप उद्धार कोषमा २६ लाख सहयोग

मेचीनगर। झापाको मेचीनगर ८ स्थित पाँचतारे होटल मेची क्राउनले बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत तथा पुनःस्थापनाका लागि प्रधानमन...
ne_NPNepali