Skip to main content

Purbi Garjan

झापाबाट अवैध लागू औषधसहित १ सवारी साधन र ४ जना पक्राउ

झापा । लागूऔषध (ब्राउन सुगर) सहित एक सवारी साधन र चारजना कारोबारी झापाबाट पक्राउ परेका छन्।

प्राप्त गोप्य सूचनाका आधारमा बुधबार दिउँसो करिब २ बजे वडा प्रहरी कार्यालय भद्रपुरबाट खटिएको प्रहरी टोलीले भद्रपुर नगरपालिका–७ बाट बागमती प्रदेशको ०१–०२५च–०८७७ नम्बरको क्रेटा कार रोकी जाँच गर्दा २०० ग्राम ३९० मिलिग्राम लागूऔषध ब्राउन सुगर जस्तो देखिने लिसाइलो पदार्थ फेला पारी नियन्त्रणमा लिएको हो।

प्रहरी निरीक्षक लोककृष्ण दाहालको नेतृत्वमा खटिएको टोलीले सवारीसाधनसहित सवार चारजनालाई पक्राउ गरी लागूऔषध नियन्त्रण ऐन २०३३ बमोजिम कारबाही अघि बढाएको छ। उनीहरूलाई अनुसन्धानका लागि झापा जिल्ला अदालतमा उपस्थित गराई ७ दिनको म्याद थप गरिएको प्रहरीले जनाएको छ।

पक्राउ पर्नेहरूमा नुवाकोट बेलकोटगढी -१३ का ३१ वर्षीय साजन तामाङ, ३० वर्षीय सबिन लामा, ३३ वर्षीय दिपेश लामा र बेलकोटगढी -११ का २३ वर्षीय राम तामाङ रहेको प्रहरीले जनाएको छ।

उनिहरुको साथबाट VIVO मोबाइल – २ थान, आइफोन – १ थान, INFINIX मोबाइल – १ थान र REDMI मोबाइल – १ थान पनि प्रहरीले बरामद गरेको छ।

यसअघि पनि झापामा लागुऔषध ब्राउन सुगरसहित अन्य कारोबारी पक्राउ परेका थिए। असार ७ गते भद्रपुर–५ स्थित भन्सारचोकबाट काठमाडौँ महानगर–२६ का २४ वर्षीय निवेश कुवेर र लम्जुङ कोलासोतार–७ की २२ वर्षीया नोजिना रानालाई ४७ ग्राम ६९० मिलिग्राम ब्राउन सुगरसहित नेटा EV कारबाट पक्राउ गरिएको थियो।

त्यस्तै, वैशाख ३१ गते झापाको गौरीगञ्ज बजारबाट १०० ग्राम ९० मिलिग्राम लागूऔषधसहित दमक निवासी भूपेन्द्र राई, भारतका भोला ठाकुर र मोनाजिर आलम पक्राउ परेका थिए। उनीहरूबाट ना.१च.९१६२ नम्बरको ह्युन्डाई कार र १ भारतीय मोटरसाइकल समेत बरामद गरिएको थियो।

बर्षगत लागूऔषध (ब्राउन सुगर) बरामद विवरण:

आ.व. २०७९/८० – १५५८ ग्राम ४५९ मिलिग्राम

आ.व. २०८०/८१ – २१७४ ग्राम १९५ मिलिग्राम

आ.व. २०८१/८२ – २४०५ ग्राम १६५ मिलिग्राम

प्रहरीका अनुसार झापा जिल्लामा लागूऔषधको कारोबार बढ्दो अवस्थामा रहेकाले निगरानी तथा कारबाही तीव्र बनाइएको छ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

काकडभिट्टा नाकामा सशस्त्र प्रहरीको विभेद: सिटी रिक्सामा मुद्दा, स्कोरपियो सहजै पार

काकडभिट्टा नाकामा सशस्त्र प्रहरीको विभेद: सिटी रिक्सामा मुद्दा, स्कोरपियो सहजै पार

काकडभिट्टा नाका: कानुन होइन सशस्त्र प्रहरीको मनोमानी चल्छ, गरिबको सिटी रिक्सामा मुद्दा दर्ता, धनाड्यको स्कोरपियो सेटिङमै छाडियो। र...
काकडभिट्टा-पानीटंकी  नाकामा सुन–चाँदीसहित ४ भारतीय पक्राउ, गाडीसहित भन्सार बुझाइयो

काकडभिट्टा-पानीटंकी  नाकामा सुन–चाँदीसहित ४ भारतीय पक्राउ, गाडीसहित भन्सार बुझाइयो

काकडभिट्टा । पूर्वी नेपालको प्रमुख नाका काकडभिट्टासँग सिमाना जोडिएको भारतको पानीटंकी क्षेत्रमा सुन र चाँदीसहित चार जना भारतीय नागर...
पञ्चायती कालको यातना सम्झाउँदै ‘इरफान अली’ नाटक मेचीनगरमा मञ्चन

पञ्चायती कालको यातना सम्झाउँदै ‘इरफान अली’ नाटक मेचीनगरमा मञ्चन

झापा, मेचीनगर। पञ्चायती व्यवस्थाको समयमा जेलभित्र हुने अमानवीय यातना, दमन र विभेदलाई उजागर गर्ने उद्देश्यसहित ‘इरफान अली’ नामक नाट...

इलाममा बोलेरो ५० मिटर तल खस्यो, बालिकासहित पाँच जना घाइते

निशान निराैला इलामको माङ्सेबुङ गाउँपालिका–२ दहगाउँस्थित आरुबोटे–दमक भित्री कच्ची सडकखण्डमा बोलेरो दुर्घटना हुँदा पाँच जना घाइते भ...
ne_NPNepali