Skip to main content

Purbi Garjan

मेचीनगर नगरपालिकाको एक अर्ब ८२ करोडको बजेट सार्वजनिक

मेचीनगर, झापा । मेचीनगर नगरपालिकाले आर्थिक वर्ष २०८२/०८३ का लागि नीति, कार्यक्रम तथा बजेट सार्वजनिक गरेको छ। आजदेखि सुरु भएको दोस्रो नगरसभाको सातौं अधिवेशनमा उपप्रमुख मिना पोखरेल उप्रेतीले एक अर्ब ८२ करोड ६ लाख ८६ हजार ४३९ रुपैयाँ ३७ पैसाको अनुमानित बजेट प्रस्तुत गरिन्।

नगरप्रमुख गोपालचन्द्र बुढाथोकीको अध्यक्षतामा सम्पन्न नगरसभामा प्रस्तुत बजेटमा नगरस्तरीय योजनाका लागि ५७ करोड ९७ लाख ५२ हजार ५४० रुपैयाँ विनियोजन गरिएको छ। वडा स्तरका योजनाका लागि १६ करोड ५० लाख रुपैयाँ छुट्याइएको छ।

संघ सरकारबाट बित्तीय हस्तान्तरणमार्फत विषयगत सशर्त अनुदान अन्तर्गत ८४ करोड ९५ लाख रुपैयाँ प्राप्त हुने अनुमान गरिएको छ। प्रदेश सरकारबाट त्यही शीर्षकमा दुई करोड ६४ लाख ८२ हजार रुपैयाँ प्राप्त हुने उल्लेख गरिएको छ।

त्यस्तै, ऋणको सावाँ र ब्याज भुक्तानीका लागि २५ लाख रुपैयाँ तथा सम्पूरक कोषमा ६ करोड रुपैयाँ विनियोजन गरिएको छ। अघिल्लो आर्थिक वर्षबाट बाँकी रहेको १३ करोड ७४ लाख ५१ हजार ८९९ रुपैयाँ ३७ पैसा पनि समावेश गरिएको उपप्रमुख उप्रेतीले जानकारी दिइन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

काकडभिट्टा नाकामा सशस्त्र प्रहरीको विभेद: सिटी रिक्सामा मुद्दा, स्कोरपियो सहजै पार

काकडभिट्टा नाकामा सशस्त्र प्रहरीको विभेद: सिटी रिक्सामा मुद्दा, स्कोरपियो सहजै पार

काकडभिट्टा नाका: कानुन होइन सशस्त्र प्रहरीको मनोमानी चल्छ, गरिबको सिटी रिक्सामा मुद्दा दर्ता, धनाड्यको स्कोरपियो सेटिङमै छाडियो। र...
काकडभिट्टा-पानीटंकी  नाकामा सुन–चाँदीसहित ४ भारतीय पक्राउ, गाडीसहित भन्सार बुझाइयो

काकडभिट्टा-पानीटंकी  नाकामा सुन–चाँदीसहित ४ भारतीय पक्राउ, गाडीसहित भन्सार बुझाइयो

काकडभिट्टा । पूर्वी नेपालको प्रमुख नाका काकडभिट्टासँग सिमाना जोडिएको भारतको पानीटंकी क्षेत्रमा सुन र चाँदीसहित चार जना भारतीय नागर...
पञ्चायती कालको यातना सम्झाउँदै ‘इरफान अली’ नाटक मेचीनगरमा मञ्चन

पञ्चायती कालको यातना सम्झाउँदै ‘इरफान अली’ नाटक मेचीनगरमा मञ्चन

झापा, मेचीनगर। पञ्चायती व्यवस्थाको समयमा जेलभित्र हुने अमानवीय यातना, दमन र विभेदलाई उजागर गर्ने उद्देश्यसहित ‘इरफान अली’ नामक नाट...

इलाममा बोलेरो ५० मिटर तल खस्यो, बालिकासहित पाँच जना घाइते

निशान निराैला इलामको माङ्सेबुङ गाउँपालिका–२ दहगाउँस्थित आरुबोटे–दमक भित्री कच्ची सडकखण्डमा बोलेरो दुर्घटना हुँदा पाँच जना घाइते भ...
ne_NPNepali