Skip to main content

Purbi Garjan

मेचीनगर नगरपालिकाको एक अर्ब ८२ करोडको बजेट सार्वजनिक

मेचीनगर, झापा । मेचीनगर नगरपालिकाले आर्थिक वर्ष २०८२/०८३ का लागि नीति, कार्यक्रम तथा बजेट सार्वजनिक गरेको छ। आजदेखि सुरु भएको दोस्रो नगरसभाको सातौं अधिवेशनमा उपप्रमुख मिना पोखरेल उप्रेतीले एक अर्ब ८२ करोड ६ लाख ८६ हजार ४३९ रुपैयाँ ३७ पैसाको अनुमानित बजेट प्रस्तुत गरिन्।

नगरप्रमुख गोपालचन्द्र बुढाथोकीको अध्यक्षतामा सम्पन्न नगरसभामा प्रस्तुत बजेटमा नगरस्तरीय योजनाका लागि ५७ करोड ९७ लाख ५२ हजार ५४० रुपैयाँ विनियोजन गरिएको छ। वडा स्तरका योजनाका लागि १६ करोड ५० लाख रुपैयाँ छुट्याइएको छ।

संघ सरकारबाट बित्तीय हस्तान्तरणमार्फत विषयगत सशर्त अनुदान अन्तर्गत ८४ करोड ९५ लाख रुपैयाँ प्राप्त हुने अनुमान गरिएको छ। प्रदेश सरकारबाट त्यही शीर्षकमा दुई करोड ६४ लाख ८२ हजार रुपैयाँ प्राप्त हुने उल्लेख गरिएको छ।

त्यस्तै, ऋणको सावाँ र ब्याज भुक्तानीका लागि २५ लाख रुपैयाँ तथा सम्पूरक कोषमा ६ करोड रुपैयाँ विनियोजन गरिएको छ। अघिल्लो आर्थिक वर्षबाट बाँकी रहेको १३ करोड ७४ लाख ५१ हजार ८९९ रुपैयाँ ३७ पैसा पनि समावेश गरिएको उपप्रमुख उप्रेतीले जानकारी दिइन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

अवैध मोटर पार्ट्ससहितको गाडी छुटेपछि काकडभिट्टामा सशस्त्रको कारबाहीमाथि प्रश्न

अवैध मोटर पार्ट्ससहितको गाडी छुटेपछि काकडभिट्टामा सशस्त्रको कारबाहीमाथि प्रश्न

मेचीनगर। नेपालको पुर्वी सिमा काँकरभिट्टामा मेची खोलाबाट गैरी गाउँ हुँदै अवैध रूपमा नेपाल भित्र्याइएको मोटर पार्ट्ससहित नियन्त्रणमा...
इलाममा बेली ब्रिजको सामान बोकेको ट्रक दुर्घटना, एक जनाको मृत्यु

इलाममा बेली ब्रिजको सामान बोकेको ट्रक दुर्घटना, एक जनाको मृत्यु

निशान निराैला इलाम । इलाम नगरपालिका–१०, बाह्रगोलाईस्थित मेची राजमार्गमा बेली ब्रिजको सामान बोकेको ट्रक दुर्घटना हुँदा एक जनाको मृ...
पहिलो पाइला नेपाल कमल शाखा अध्यक्षमा सञ्जु, पदस्थापना सम्पन्न

पहिलो पाइला नेपाल कमल शाखा अध्यक्षमा सञ्जु, पदस्थापना सम्पन्न

झापा । सामाजिक क्षेत्रमा सक्रिय रहि देशका विभिन्न स्थानमा शाखा विस्तार गर्न सफल संस्था पहिलो पाइला नेपालले कमल शाखाको कार्यसमिति ग...
इटहरी, उदयपुर र गोलबजार जेसीजद्वारा विद्यार्थीलाई शैक्षिक सामग्री वितरण

इटहरी, उदयपुर र गोलबजार जेसीजद्वारा विद्यार्थीलाई शैक्षिक सामग्री वितरण

झापा । मेचीनगर–३ स्थित बलभद्र आधारभूत विद्यालयका विद्यार्थीहरूलाई विभिन्न जेसीज शाखाहरूले शैक्षिक सामग्री वितरण गरेका छन्। नेपा...
ne_NPNepali