Skip to main content

Purbi Garjan

नेकपाले दाङमा ‘क्विक रेस्पोन्स टिम’ सक्रिय बनाउने

तुलसीपुर 
हेमन्तप्रकाश वली । नेपाल कम्युनिस्ट पार्टी जिल्ला समिती दाङले जिल्लामा ‘क्विक रेस्पोन्स टिम’ सक्रिय बनाउने बताएको छ ।
पार्टीका जिल्ला सचिव तिलक सीले एक प्रेस विज्ञप्ति जारी गर्दै यस्तो जानकारी दिएका हुन् ।

जिल्ला सचिव तिलक सीद्वारा जारी विज्ञप्तिमा वर्षाको बेलामा बाढी पहिरो लगाएत सम्भावित प्रकोपमा आवश्यक सहयोग (उद्धार , राहत)का लागि जिल्ला पार्टी सचिवको नेतृत्वमा रहेको ‘क्विक रेस्पोन्स टिम’लाई सक्रिय पारी उद्धार र सहयोगमा विभिन्न निकायसंग सहकार्य गरि परिचालन गर्ने बताइएको छ ।

यस्तै विज्ञप्तिमा किसानहरुलाई यथासिघ्र सहजरुपमा मलको प्रवन्ध गर्न सरकारसंग जोडदार माग गरिएको छ।

विज्ञप्तिमा भनिएको छ – ‘धान उत्पादनको सिजन चलिरहेको छ । मलको मात्रा पर्याप्त छैन्, आएको मल वितरण पनि समानुपातिक र न्यायपुर्ण छैन् । यहीँ मौकालाई दुरुपयोग गरि विभिन्न कालाबजारिया र तस्करहरुले गुणस्तरहिन मलमा समेत चर्को पैसा असुल्ने र कतिपय सहकारीहरुले समेत चर्को मुल्यमा मलको कारोवार गरिरहेको भन्ने व्यापक जनगुनासोमा हाम्रो पार्टीको गम्भीर ध्यानाकर्षण भएको छ ।’

विज्ञप्तिको पुरापाठ:-

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

इलाममा बेली ब्रिजको सामान बोकेको ट्रक दुर्घटना, एक जनाको मृत्यु

इलाममा बेली ब्रिजको सामान बोकेको ट्रक दुर्घटना, एक जनाको मृत्यु

निशान निराैला इलाम । इलाम नगरपालिका–१०, बाह्रगोलाईस्थित मेची राजमार्गमा बेली ब्रिजको सामान बोकेको ट्रक दुर्घटना हुँदा एक जनाको मृ...
पहिलो पाइला नेपाल कमल शाखा अध्यक्षमा सञ्जु, पदस्थापना सम्पन्न

पहिलो पाइला नेपाल कमल शाखा अध्यक्षमा सञ्जु, पदस्थापना सम्पन्न

झापा । सामाजिक क्षेत्रमा सक्रिय रहि देशका विभिन्न स्थानमा शाखा विस्तार गर्न सफल संस्था पहिलो पाइला नेपालले कमल शाखाको कार्यसमिति ग...
इटहरी, उदयपुर र गोलबजार जेसीजद्वारा विद्यार्थीलाई शैक्षिक सामग्री वितरण

इटहरी, उदयपुर र गोलबजार जेसीजद्वारा विद्यार्थीलाई शैक्षिक सामग्री वितरण

झापा । मेचीनगर–३ स्थित बलभद्र आधारभूत विद्यालयका विद्यार्थीहरूलाई विभिन्न जेसीज शाखाहरूले शैक्षिक सामग्री वितरण गरेका छन्। नेपा...
पाँचतारे होटल मेची क्राउनद्वारा दैवी प्रकोप उद्धार कोषमा २६ लाख सहयोग

पाँचतारे होटल मेची क्राउनद्वारा दैवी प्रकोप उद्धार कोषमा २६ लाख सहयोग

मेचीनगर। झापाको मेचीनगर ८ स्थित पाँचतारे होटल मेची क्राउनले बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत तथा पुनःस्थापनाका लागि प्रधानमन...
ne_NPNepali