Skip to main content

Purbi Garjan

३० हप्तामा जन्मिएको शिशूको बिर्तासिटीमा डा. ज्योतिले गरिन् सफल उपचार

बिर्तामोड। बिर्तामोड नगरपालिका–३ सैनिक मोड निवासी ज्योति लिम्बूले ३० हप्तामा शिशूलाई जन्म दिएकी छिन् । उनले बिर्तामोडस्थित पूर्णटुङ्ग बिर्तासिटी अस्पतालमा डा. अजय अग्रवालको सहयोगमा ‘नर्मल’ रुपमा छोरीलाई जन्म दिएकी हुन् ।
उनले जन्माएको छोरीको तौल १.७ केजी रहेको छ ।
‘सामान्यतया गर्भधारण भएको ३७ हप्ता पूरा भएपछि टम डेलिभरी हुनेगर्छ’– अस्पतालकी पिडियाट्रिक एण्डोक्राइनोलजी डा. ज्योति अग्रवालले भनिन्– समय अवधि पुगेर जन्मिएका शिशुको तौल सामान्यतया २.५ केजीदेखि ३.५ केजीसम्म हुने गर्छ । तर, ज्योतिले ३० हप्तामै शिशुलाई जन्म दिएकी थिइन् । जुन ‘एब्नर्मल’ हो, जसलाई हामी ‘प्रि म्याचुर्ड वर्थ’ भन्छौं ।

३८ हप्ताभन्दा मुनि बच्चा जन्मिए हामी त्यसलाई ‘प्रि म्याचुर्ड वर्थ’ भन्छौं– उनले भनिन्– ज्योतिले पनि त्यस्तै बच्चा जन्माएकी हुन् । बच्चा जन्मदा बच्चाको तौल कम थियो । बच्चा जन्मिएपछि श्वास प्रश्वासमा गाह्रो भएकाले नवजात शिशुलाई आईसीयूमा राखियो । समयभन्दा अगाडि जन्मिएका शिशुहरुमा फोक्सोमा समस्या देखिने हुन्छ । यो बच्चामा पनि फोक्सोको राम्ररी विकास नभएकाले श्वास फेर्न गाह्रो भएको थियो । जसका लागि हामीले विशेष उपचार शुरु गरेका थियौं– उनले भनिन् ।

विशेष उपचारका कारण नवजात शिशुको स्वास्थ्यमा सुधार हुँदै गएको थियो– डा. ज्योतिले भनिन्– बच्चामा जन्डिस देखिएसँगै बीच–बीचमा श्वास रोकिन थालेपछि शुरुमा हामीले कारण पत्ता लगायौं । बच्चालाई एप्निया प्रि म्याचुरिटी हो भन्ने थाहा पाएसंगै क्याफिन साइट्रेट नामक औषधिको सहायताले श्वासप्रश्वासको समस्या (एप्निया) कन्ट्रोल ग¥यौं । यो औषधिको प्रयोगले नवजात शिशुलाई श्वास रोकिनबाट बचाउँछ ।’

बच्चामा क्याल्सियम, सुगरसँगै एप्निया प्रि म्याचुरिटी थियो । संगै जन्डिस भएका कारण उपचारमा जटिलता थियो र उसलाई हामीले फोटो थेरापीमा राख्नुपरेको थियो– उपचारमा संलग्न चिकित्सक डा. ज्योति भन्छिन्– हामीले बच्चाको उपचार गर्दा केएमसी ट्रिटमेन्ट विधि अपनायौं । अर्थात् कङ्गारु मदर केयर मेडिसिन, यो भनेको कङ्गारुले जस्तै आमाको छातीमा बच्चालाई टँसाएर राख्ने विधि हो । यो विधि हामीले बच्चालाई आइसीयूमा राखेर उपचार गर्दा नै अपनाएका थियौं । नवजात शिशुलाई आमाको गर्भमा जतिदिन बस्नुपर्ने हो, त्यो अवधि नपुगुन्जेल आमालाई पनि यही विधि सिकाएका छौं– उनले भनिन्– अहिले बच्चा सामान्य भएसँगै अस्पतालबाट डिस्चार्ज गरेका छौं । तर, फलोअप चाहिँ गरिरहनु पर्छ ।

अस्पतालमा सबै श्रोतसाधन र विशेषज्ञ डा. भएका कारण नवजात शिशुको स्वास्थ्यमा थप समस्या नआई डिस्चार्ज गर्न सफल भएको बिर्तासिटी अस्पतालमा कार्यरत मेडिकल अफिसर जेसिका चुडालले बताइन् । ज्योतिले गतफागुन ९ गते शिशुलाई जन्म दिएकी थिइन् । त्यसपछि चार दिन नवजात शिशुलाई एनआईसीयू र त्यसको पाँच दिन नर्मल वार्डमा राखेर औषधि उपचारपछि अवस्था नर्मर भएसँगै उनीहरुलाई डिस्चार्ज गरिएको थियो ।
प्रिम्याच्युरीटीको एप्निया भएका शिशुमा श्वासको गति छिटो र नरोकिने हुन्छ– उनले भनिन्– यो शिशुमा पनि त्यही समस्या थियो । जसका कारण अक्सिजनमा राखेर उपचार गरिएको थियो ।

शिशुमा पिसावमा समेत इन्फेक्सन देखिएकाले उपचारमा केही कठिनाइ थियो । तर, पिडियाट्रिक एन्डोक्राइनोलजी डा. अग्रवालको दक्षताका कारण शिशुको उपचार सम्भव भयो । शिशुसंगै आमाको पनि पिसाबमा इन्फेक्सन देखिएकाले उनीहरु दुवैलाई उपचार गरिएको बताइएको छ । समय नै नपुगी लिम्बूले शिशुलाई जन्म दिएपछि ज्योतिका परिवार चिन्तित थिए । तर, अस्पतालमा सफल उपचार भएसंगै उनको परिवार मात्र होइन ज्योति पनि खुशी छिन् । उनी भन्छिन् – शुरुमा त के होला के होला भन्ने डर लागेको थियो । तर, अहिले ढुक्क छु, नानीलाई सञ्चो भयो ।

प्रिम्याच्युरीटीको एप्निया भएका शिशुको बाँच्ने दर कम हुने गरेको एक अध्ययनले देखाएको छ । तर, समयमा सही उपचार पाएको खण्डमा शिशुलाई जीवित राख्न सकिने चिकित्सकहरुले बताउँदै आएका छन् । यस्तो अवस्थाका शिशुलाई श्वास फेर्न सहयोग पु¥याउने औषधि प्रयोग गर्ने गरिएको अस्पतालकी मेडिकल अफिसर चुडालले बताइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

जोरसिमल चेकपोस्ट बाट सशस्त्र प्रहरीले समात्यो पिकअप सहित तस्करीको सामान

जोरसिमल चेकपोस्ट बाट सशस्त्र प्रहरीले समात्यो पिकअप सहित तस्करीको सामान

झापा, मेचीनगर । झापाको मेचीनगर नगरपालिका–७ जोरसिमल क्षेत्रबाट सशस्त्र प्रहरीले अवैध रूपमा भन्सार छली गरी नेपालतर्फ ल्याइएको सामानस...
इक्यान झापाको अन्तरक्रिया कार्यक्रम सम्पन्न, विविध विषयमा छलफल

इक्यान झापाको अन्तरक्रिया कार्यक्रम सम्पन्न, विविध विषयमा छलफल

बिर्तामोड । नेपाल शैक्षिक परामर्श संघ इक्यान झापाको आयोजनामा झापाको बिर्तामोडमा एकदिने अन्तरक्रियात्मक कार्यक्रम सम्पन्न भएको छ । ...
भान्सामा खाना पकाउँदै गरेकी महिलाको सर्पको टोकाइबाट मृत्यु

भान्सामा खाना पकाउँदै गरेकी महिलाको सर्पको टोकाइबाट मृत्यु

दमक, झापा। झापाको कमल गाउँपालिकामा सर्पदंशका कारण एक महिलाको मृत्यु भएको छ। जिल्ला प्रहरी कार्यालयका अनुसार कमल गाउँपालिका–३ बस्न...
बाहुण्डाँगी हात्ती समस्या : नेपाल–भारतका अधिकारीबीच समाधानका लागि छलफल

बाहुण्डाँगी हात्ती समस्या : नेपाल–भारतका अधिकारीबीच समाधानका लागि छलफल

प्रविण अधिकारी झापा । पछिल्लो समय पेचिलो बन्दै गएको बाहुण्डाँगी हात्ती समस्या र यसको दीर्घकालीन समाधानका लागि नेपाल–भारतका सम्बन्...
ne_NPNepali