मेचीनगर । वार्षिक परीक्षाको मिति नजिकिए पनि झापाको मेचीनगर नगरपालिकाका विद्यार्थीहरुले भने अझै पुस्तक पाएका छैनन् । शैक्षिक सत्रको अन्तिम परीक्षा यहि चैत ७ गतेदेखि सुरु हुदैँछ । पाठ्यपुस्तक नपाउँदा विद्यार्थी के पढ्ने, कसरी परीक्षा दिने भन्ने अन्यौलमा छन् । शिक्षकले पढाएको कुरालाई मात्र बिद्यालयमा बुझेर उपलब्धी हासिल गर्न नसक्ने विद्यार्थीको गुनासो छ । मेचीनगर नगरपालिकाले पाठ्यपुस्तक बनाएर विद्यालयमा पु¥याउन नसक्दा शिक्षकले पढाएका आधारमा मात्र कसरी परीक्षामा राम्रो अङ्क ल्याउन सकिन्छ भन्ने चिन्तामा बिद्यार्थीहरू रहेका छन् । झापाको मेचीनगर नगरपालिका भित्र अध्ययन गर्ने हजारौं विद्यार्थीहरुको शैक्षिक हकसम्बन्धीको अधिकार माथि सम्बन्धित निकायले नै गम्भीर खेलबाड गरेको छ । स्थानीय सरकार सञ्चालन…
बिर्तामोड। बिर्तामोड नगरपालिका–३ सैनिक मोड निवासी ज्योति लिम्बूले ३० हप्तामा शिशूलाई जन्म दिएकी छिन् । उनले बिर्तामोडस्थित पूर्णटुङ्ग बिर्तासिटी अस्पतालमा डा. अजय अग्रवालको सहयोगमा ‘नर्मल’ रुपमा छोरीलाई जन्म दिएकी हुन् । उनले जन्माएको छोरीको तौल १.७ केजी रहेको छ । ‘सामान्यतया गर्भधारण भएको ३७ हप्ता पूरा भएपछि टम डेलिभरी हुनेगर्छ’– अस्पतालकी पिडियाट्रिक एण्डोक्राइनोलजी डा. ज्योति अग्रवालले भनिन्– समय अवधि पुगेर जन्मिएका शिशुको तौल सामान्यतया २.५ केजीदेखि ३.५ केजीसम्म हुने गर्छ । तर, ज्योतिले ३० हप्तामै शिशुलाई जन्म दिएकी थिइन् । जुन ‘एब्नर्मल’ हो, जसलाई हामी ‘प्रि म्याचुर्ड वर्थ’ भन्छौं । ३८ हप्ताभन्दा मुनि बच्चा जन्मिए हामी त्यसलाई ‘प्रि म्याचुर्ड वर्थ’…
मेचीनगर । झापाको मेचीनगर -४ स्थित बाहुनडाँगीमा भोलिदेखि इण्डो–नेपाल टी–२० नकआउट क्रीकेट प्रतियोगिता हुने भएको छ । बाहुनडाँगी युवा क्लबको आयोजनामा हुन लागेको उक्त प्रतियोगिता सरस्वती माविको खेल मैदानमा हुने र प्रतियोगितामा नेपाल र भारतका गरी १२ टिम सहभागी हुने आयोजकले जनाएको छ। आज प्रेस क्लब मेचीनगरको कार्यालय इटाभट्टामा पत्रकार सम्मेलन गर्दै आयोजक बाहुनडाँगी युवा क्लबले प्रतियोगिताबारे जानकारी गराएको हो । प्रतियोगिताको संरक्षक ४ नम्बर वडा कार्यालय रहेको छ भने प्रायोजकमा साना किसान कृषि सहकारी संस्था रहेको छ। क्लबका सदस्य एवम् क्रीकेट प्रतियोगिताका संयोजक प्रविण भण्डारीका अनुसार प्रतियोगितामा भारतका २ र नेपालका १० वटा टिमसहित १२ वटा टिम सहभागी हुनेछन्,…
मेचीनगर । झापाको मेचीनगर -८ मा सञ्चालित पुर्वकै एकमात्र डिलक्स पाँचतारे होटल मेची क्राउन पुनः आफ्नै मौलिक ब्रान्ड र व्यवस्थापनमा फर्किएको छ। यसअघि होटलको व्यवस्थापनमा भारतिय कम्पनि उडान मार्फत सञ्चालन हुँदै आएपनि केही समयको सहकार्यपछि होटलले उडानसँगको सम्झौता रद्ध गरि आफ्नै पहिचानसहित सेवा प्रवाह गर्न थालेको हो। होटल मेची क्राउनको व्यवस्थापन टोलीले पाहुनाहरूलाई उत्कृष्ट सेवा, विलासी अनुभव, र सहज आतिथ्य प्रदान गर्ने प्रतिबद्धता व्यक्त गरेको छ। पुनः आफ्नै ब्रान्डमा फर्किएपछि होटलले गुणस्तरीय सेवा, आधुनिक सुविधा, र पाहुनाहरूको सन्तुष्टिलाई प्राथमिकता दिने जनाएको छ। मेची क्राउन पूर्वी नेपालको एकमात्र फाइभ-स्टार डिलक्स होटल हो, जहाँ सुविधा सम्पन्न कोठा, क्यासिनो, रेष्टुरेन्ट, मिटिङ हल, तथा…
बिर्तामोड । सहिद दिवसको अवसर पारेर झापामा समाजवादी मोर्चाले सुखानीमा संयुक्त कार्यक्रम गर्ने भएको छ। समाजवादी मोर्चामा आवद्ध राजनीतिक दलहरुको सामुहिक छलफलले बिभिन्न निर्णयहरु समेत सार्वजनिक गरेको छ । सोमबार झापाको विर्तामोडमा नेपाल कम्युनिस्ट पार्टीका झापा इन्चार्ज सुमनसिंह सी को अध्यक्षतामा बसेको बैठकले विभिन्न निर्णयहरु सार्वजनिक गरेको हो । बैठकमा नेकपा (माओवादी केन्द्र) झापाका इन्चार्ज रन्जित तामाङ, नेकपा एकीकृत समाजवादीका जिल्ला अध्यक्ष बेदराज रेग्मीलगायत मोर्चा घटक दलका नेताहरु लक्ष्मी न्यौपाने सरु, अर्जुन सी, राजु आचार्य (अग्नि), तीर्थ सिग्देल, बासु दुलाल खगेन्द्र सुवेदीलगायतको उपस्थिति रहेको थियोे । फागुन २१ गते सहिद सप्ताह सुखानी दिवसका अवसरमा सुखानी शाहदत स्थलमा समाजवादी मोर्चा झापाले…
बिर्तामोड । झापाका तीन वटा राजनीतिक दलहरुको छलफलले बिभिन्न निर्णय गरेको छ । आज (सोमवार) विर्तामोडमा बसेको बैंठकले सो निर्णय गरेको हो । समाजवादी मोर्चा झापाको बैठक मोर्चाका संयोजक सुमनसिंह सीको अध्यक्षतामा बसेको थियो । बैठकमा नेकपा (माओवादी केन्द्र) झापाका इन्चार्ज रन्जित तामाङ, नेकपा एकीकृत समाजवादीका जिल्ला अध्यक्ष बेदराज रेग्मीलगायत मोर्चा घटक दलका नेताहरु लक्ष्मी न्यौपाने सरु, अर्जुन सी, राजु आचार्य (अग्नि), तीर्थ सिग्देल, बासु दुलाल खगेन्द्र सुवेदीलगायतको उपस्थितिमा भएको निर्णयहरु लिएको मोर्चाका नेता बासु दुलालले जानकारी दिए । फागुन २१ गते शहिद सप्ताह सुखानी दिवस सुखानी शाहदत स्थलमा समाजवादी मोर्चा झापाले कार्यक्रम गर्ने, सुखानी शाहदत स्थल मार्फत सिंगो देशलाइ…