Skip to main content

Purbi Garjan

समाजवादी मोर्चा झापाले सुखानीमा भव्य कार्यक्रम गर्दै

बिर्तामोड । सहिद दिवसको अवसर पारेर झापामा समाजवादी मोर्चाले सुखानीमा संयुक्त कार्यक्रम गर्ने भएको छ। समाजवादी मोर्चामा आवद्ध राजनीतिक दलहरुको सामुहिक छलफलले बिभिन्न निर्णयहरु समेत सार्वजनिक गरेको छ ।

सोमबार झापाको विर्तामोडमा नेपाल कम्युनिस्ट पार्टीका झापा इन्चार्ज सुमनसिंह सी को अध्यक्षतामा बसेको बैठकले विभिन्न निर्णयहरु सार्वजनिक गरेको हो ।

बैठकमा नेकपा (माओवादी केन्द्र) झापाका इन्चार्ज रन्जित तामाङ, नेकपा एकीकृत समाजवादीका जिल्ला अध्यक्ष बेदराज रेग्मीलगायत मोर्चा घटक दलका नेताहरु लक्ष्मी न्यौपाने सरु, अर्जुन सी, राजु आचार्य (अग्नि), तीर्थ सिग्देल, बासु दुलाल खगेन्द्र सुवेदीलगायतको उपस्थिति रहेको थियोे ।

फागुन २१ गते सहिद सप्ताह सुखानी दिवसका अवसरमा सुखानी शाहदत स्थलमा समाजवादी मोर्चा झापाले संयुक्त कार्यक्रम गर्ने, सुखानी शाहदत स्थल मार्फत सिंगो देशलाइ अपिल गर्ने उदेश्यले संयुक्त अपलि जारी गर्ने साथै उपस्थितको विषयमा मोर्चा आवद्ध दलका नेताहरुले मातहत कमिटीलाई परिचालन गर्ने र स्ववियू निर्वाचनको निम्ति मोर्चा संबद्ध विद्यार्थी संगठनहरुका २/२ जना प्रतिनिधीहरु रहेको एक संयोजनकारी कार्यदल गठन समेत गरिएको छ।

यस्तै ८ मार्च ११५ औं अन्तराष्ट्रिय नारी दिवसलाई संयुक्त रुपमा कार्यक्रम गरि सम्पन्न गर्न सरुको नेत्यत्वमा अन्य दलहरुबाट महिला प्रतिनिध रहने गरि संयोजन गर्न कार्यदल निर्माण भएको छ ।

चैत्रको पहिलो साता झापामा नेकपा महासचिव तथा समाजवादी मोर्चा, नेपालको संयोजक विप्लव सीको भ्रमण तथा भेटघाटहरु रहेका छन् । सो सन्द्धर्भमा मोर्चा आवद्ध दलका नेता कार्यकर्ताहरु सँगको अन्तरक्रिया तथा छलफलको आयोजना समाजवादी मोर्चा झापाले गर्ने, पहिचानसँग सम्बन्धित आन्दोलन, झापामा देखिएका जनताका समस्याहरुसँग सम्बन्धित विषयहरु लगायत जनसरोकारका सम्पूर्ण विषयहरुवारे मोर्चाको आगामि बैठकले कार्यक्रमहरु ठोस गर्ने साथै मोर्चालाई झापामा सक्रिय पार्न निरन्तर छलफलहरु सञ्चालन गर्नेलगायतका निर्णय भएको मोर्चाका संयोजक सुमनसिंह सीद्धारा जारी विज्ञप्तिमा उल्लेख छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

देउमाईमा बोलेरो दुर्घटना हुँदा चालकको घटनास्थलमै मृत्यु

देउमाईमा बोलेरो दुर्घटना हुँदा चालकको घटनास्थलमै मृत्यु

निशान निराैला इलाम। इलामको देउमाई नगरपालिका–१ साधुगाउँमा बोलेरो दुर्घटना हुँदा चालकको घटनास्थलमै मृत्यु भएको छ। बिहीबार बिहान ...
अवैध मोटर पार्ट्ससहितको गाडी छुटेपछि काकडभिट्टामा सशस्त्रको कारबाहीमाथि प्रश्न

अवैध मोटर पार्ट्ससहितको गाडी छुटेपछि काकडभिट्टामा सशस्त्रको कारबाहीमाथि प्रश्न

मेचीनगर। नेपालको पुर्वी सिमा काँकरभिट्टामा मेची खोलाबाट गैरी गाउँ हुँदै अवैध रूपमा नेपाल भित्र्याइएको मोटर पार्ट्ससहित नियन्त्रणमा...
इलाममा बेली ब्रिजको सामान बोकेको ट्रक दुर्घटना, एक जनाको मृत्यु

इलाममा बेली ब्रिजको सामान बोकेको ट्रक दुर्घटना, एक जनाको मृत्यु

निशान निराैला इलाम । इलाम नगरपालिका–१०, बाह्रगोलाईस्थित मेची राजमार्गमा बेली ब्रिजको सामान बोकेको ट्रक दुर्घटना हुँदा एक जनाको मृ...
पहिलो पाइला नेपाल कमल शाखा अध्यक्षमा सञ्जु, पदस्थापना सम्पन्न

पहिलो पाइला नेपाल कमल शाखा अध्यक्षमा सञ्जु, पदस्थापना सम्पन्न

झापा । सामाजिक क्षेत्रमा सक्रिय रहि देशका विभिन्न स्थानमा शाखा विस्तार गर्न सफल संस्था पहिलो पाइला नेपालले कमल शाखाको कार्यसमिति ग...
ne_NPNepali