Skip to main content

Purbi Garjan

बाहुनडाँगीमा भोलिदेखि इण्डो- नेपाल टि-ट्वान्टी क्रिकेट हुँदै, बाह्र टिम सहभागी

मेचीनगर । झापाको मेचीनगर -४ स्थित बाहुनडाँगीमा भोलिदेखि इण्डो–नेपाल टी–२० नकआउट क्रीकेट प्रतियोगिता हुने भएको छ । बाहुनडाँगी युवा क्लबको आयोजनामा हुन लागेको उक्त प्रतियोगिता सरस्वती माविको खेल मैदानमा हुने र प्रतियोगितामा नेपाल र भारतका गरी १२ टिम सहभागी हुने आयोजकले जनाएको छ।

आज प्रेस क्लब मेचीनगरको कार्यालय इटाभट्टामा पत्रकार सम्मेलन गर्दै आयोजक बाहुनडाँगी युवा क्लबले प्रतियोगिताबारे जानकारी गराएको हो । प्रतियोगिताको संरक्षक ४ नम्बर वडा कार्यालय रहेको छ भने प्रायोजकमा साना किसान कृषि सहकारी संस्था रहेको छ।

क्लबका सदस्य एवम् क्रीकेट प्रतियोगिताका संयोजक प्रविण भण्डारीका अनुसार प्रतियोगितामा भारतका २ र नेपालका १० वटा टिमसहित १२ वटा टिम सहभागी हुनेछन्, भने विजेताले ५० हजार नगद सहित ट्रफी र प्रमाणपत्र प्राप्त गर्नेछन् भने उपविजेता टिमले ३० हजार, ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ।

प्रतियोगितामा म्यान अफ द म्याच, म्यान अफ द सिरिज र प्रतियोगिताका सर्वोत्कृष्ट खेलाडीलाई समेत पुरस्कृत गरिने आयोजकले जनाएको छ। प्रतियोगिता भोलि २१ गते बुधबारदेखि आगामी चैत ४ गतेसम्म हुने छ । उद्घाटन खेलमा प्रमुख अतिथिका रुपमा मेचीनगर–४ का वडाध्यक्ष अर्जुनकुमार कार्कीको उपस्थिति रहने र खेलको उद्घाटन समेत अध्यक्ष कार्किले गर्नेछन् ।

वि. स. २०४० सालमा स्थापना भएको क्लबले समाजमा विभिन्न सामाजिक कार्य सँगै खेलकुदका गतिविधिहरु गर्दै आएको छ । प्रतियोगिता गर्नुको मुख्य उदेश्य क्रिकेट एकाडेमी सञ्चालन गर्ने रहेको समेत आयोजकले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

काकडभिट्टा नाकामा सशस्त्र प्रहरीको विभेद: सिटी रिक्सामा मुद्दा, स्कोरपियो सहजै पार

काकडभिट्टा नाकामा सशस्त्र प्रहरीको विभेद: सिटी रिक्सामा मुद्दा, स्कोरपियो सहजै पार

काकडभिट्टा नाका: कानुन होइन सशस्त्र प्रहरीको मनोमानी चल्छ, गरिबको सिटी रिक्सामा मुद्दा दर्ता, धनाड्यको स्कोरपियो सेटिङमै छाडियो। र...
काकडभिट्टा-पानीटंकी  नाकामा सुन–चाँदीसहित ४ भारतीय पक्राउ, गाडीसहित भन्सार बुझाइयो

काकडभिट्टा-पानीटंकी  नाकामा सुन–चाँदीसहित ४ भारतीय पक्राउ, गाडीसहित भन्सार बुझाइयो

काकडभिट्टा । पूर्वी नेपालको प्रमुख नाका काकडभिट्टासँग सिमाना जोडिएको भारतको पानीटंकी क्षेत्रमा सुन र चाँदीसहित चार जना भारतीय नागर...
पञ्चायती कालको यातना सम्झाउँदै ‘इरफान अली’ नाटक मेचीनगरमा मञ्चन

पञ्चायती कालको यातना सम्झाउँदै ‘इरफान अली’ नाटक मेचीनगरमा मञ्चन

झापा, मेचीनगर। पञ्चायती व्यवस्थाको समयमा जेलभित्र हुने अमानवीय यातना, दमन र विभेदलाई उजागर गर्ने उद्देश्यसहित ‘इरफान अली’ नामक नाट...

इलाममा बोलेरो ५० मिटर तल खस्यो, बालिकासहित पाँच जना घाइते

निशान निराैला इलामको माङ्सेबुङ गाउँपालिका–२ दहगाउँस्थित आरुबोटे–दमक भित्री कच्ची सडकखण्डमा बोलेरो दुर्घटना हुँदा पाँच जना घाइते भ...
ne_NPNepali