Skip to main content

Purbi Garjan

बाहुनडाँगीमा भोलिदेखि इण्डो- नेपाल टि-ट्वान्टी क्रिकेट हुँदै, बाह्र टिम सहभागी

मेचीनगर । झापाको मेचीनगर -४ स्थित बाहुनडाँगीमा भोलिदेखि इण्डो–नेपाल टी–२० नकआउट क्रीकेट प्रतियोगिता हुने भएको छ । बाहुनडाँगी युवा क्लबको आयोजनामा हुन लागेको उक्त प्रतियोगिता सरस्वती माविको खेल मैदानमा हुने र प्रतियोगितामा नेपाल र भारतका गरी १२ टिम सहभागी हुने आयोजकले जनाएको छ।

आज प्रेस क्लब मेचीनगरको कार्यालय इटाभट्टामा पत्रकार सम्मेलन गर्दै आयोजक बाहुनडाँगी युवा क्लबले प्रतियोगिताबारे जानकारी गराएको हो । प्रतियोगिताको संरक्षक ४ नम्बर वडा कार्यालय रहेको छ भने प्रायोजकमा साना किसान कृषि सहकारी संस्था रहेको छ।

क्लबका सदस्य एवम् क्रीकेट प्रतियोगिताका संयोजक प्रविण भण्डारीका अनुसार प्रतियोगितामा भारतका २ र नेपालका १० वटा टिमसहित १२ वटा टिम सहभागी हुनेछन्, भने विजेताले ५० हजार नगद सहित ट्रफी र प्रमाणपत्र प्राप्त गर्नेछन् भने उपविजेता टिमले ३० हजार, ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ।

प्रतियोगितामा म्यान अफ द म्याच, म्यान अफ द सिरिज र प्रतियोगिताका सर्वोत्कृष्ट खेलाडीलाई समेत पुरस्कृत गरिने आयोजकले जनाएको छ। प्रतियोगिता भोलि २१ गते बुधबारदेखि आगामी चैत ४ गतेसम्म हुने छ । उद्घाटन खेलमा प्रमुख अतिथिका रुपमा मेचीनगर–४ का वडाध्यक्ष अर्जुनकुमार कार्कीको उपस्थिति रहने र खेलको उद्घाटन समेत अध्यक्ष कार्किले गर्नेछन् ।

वि. स. २०४० सालमा स्थापना भएको क्लबले समाजमा विभिन्न सामाजिक कार्य सँगै खेलकुदका गतिविधिहरु गर्दै आएको छ । प्रतियोगिता गर्नुको मुख्य उदेश्य क्रिकेट एकाडेमी सञ्चालन गर्ने रहेको समेत आयोजकले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

भन्सार छलीका सामानसहित जोरसिमल नजिकैबाट अटो नियन्त्रणमा, साढे ७ लाखभन्दा बढी मूल्यका सामग्री बरामद

भन्सार छलीका सामानसहित जोरसिमल नजिकैबाट अटो नियन्त्रणमा, साढे ७ लाखभन्दा बढी मूल्यका सामग्री बरामद

मेचीनगर। झापाको मेचीनगर नगरपालिका–८ जोरसिमल नजिकै मेचेबस्ती क्षेत्रबाट सशस्त्र प्रहरीले भन्सार छली गरी ल्याइएका सामानसहित एउटा अटो...
दमकमा दम्पतीबीच झै–झगडा, खुकुरी प्रहारपछि दुबैको मृत्यु 

दमकमा दम्पतीबीच झै–झगडा, खुकुरी प्रहारपछि दुबैको मृत्यु 

झापा। झापाको दमक नगरपालिकामा दम्पतीबीच भएको घरेलु विवादले दुःखद मोड लिँदा श्रीमान–श्रीमती दुवैको ज्यान गएको छ। जिल्ला प्रहरी का...
साहसी युवा जसले उर्लँदो भेलबाट ४ जना पर्यटकको ज्यान बचाए

साहसी युवा जसले उर्लँदो भेलबाट ४ जना पर्यटकको ज्यान बचाए

दार्जिलिङ । कुर्सेङ अन्तर्गत पर्ने दु्धिया निवासी दिल कुमार सुब्बालाई बहादुरी पुरस्कार प्रदान गर्न स्थानीय बासिन्दा तथा सामाजिक सं...
जोरसिमल चेकपोस्ट बाट सशस्त्र प्रहरीले समात्यो पिकअप सहित तस्करीको सामान

जोरसिमल चेकपोस्ट बाट सशस्त्र प्रहरीले समात्यो पिकअप सहित तस्करीको सामान

झापा, मेचीनगर । झापाको मेचीनगर नगरपालिका–७ जोरसिमल क्षेत्रबाट सशस्त्र प्रहरीले अवैध रूपमा भन्सार छली गरी नेपालतर्फ ल्याइएको सामानस...
ne_NPNepali