Skip to main content

Purbi Garjan

शिक्षा क्षेत्रमा मेचीनगरको लापरबाही, परीक्षा आयो तर विद्यार्थीले पाएनन् पुस्तक

मेचीनगर । वार्षिक परीक्षाको मिति नजिकिए पनि झापाको मेचीनगर नगरपालिकाका विद्यार्थीहरुले भने अझै पुस्तक पाएका छैनन् । शैक्षिक सत्रको अन्तिम परीक्षा यहि चैत ७ गतेदेखि सुरु हुदैँछ । पाठ्यपुस्तक नपाउँदा विद्यार्थी के पढ्ने, कसरी परीक्षा दिने भन्ने अन्यौलमा छन् । शिक्षकले पढाएको कुरालाई मात्र बिद्यालयमा बुझेर उपलब्धी हासिल गर्न नसक्ने विद्यार्थीको गुनासो छ । मेचीनगर नगरपालिकाले पाठ्यपुस्तक बनाएर विद्यालयमा पु¥याउन नसक्दा शिक्षकले पढाएका आधारमा मात्र कसरी परीक्षामा राम्रो अङ्क ल्याउन सकिन्छ भन्ने चिन्तामा बिद्यार्थीहरू रहेका छन् ।

झापाको मेचीनगर नगरपालिका भित्र अध्ययन गर्ने हजारौं विद्यार्थीहरुको शैक्षिक हकसम्बन्धीको अधिकार माथि सम्बन्धित निकायले नै गम्भीर खेलबाड गरेको छ । स्थानीय सरकार सञ्चालन ऐनमा अनिवार्य स्थानीय पाठ्यक्रम बनाएर पुस्तक छाप्नुपर्ने उल्लेख छ । ऐन अनुसार स्थानीय पाठ्यक्रम तयारी भएर पनि समयमा पुस्तक तयार हुन नसक्दा परीक्षाको मुखमा पनि विद्यार्थीले पुस्तक देख्न पाएका छैनन् ।

शैक्षिकसत्र को अन्तिम परीक्षाकोसमय तालिका सार्वजनिक भइसक्दा पनि मेचीनगरका विद्यार्थीहरुले ‘हाम्रो मेचीनगर’ नामक पुस्तक पाएका छैनन् । नगर शिक्षा शाखाले नगरका प्रत्येक विद्यालयमा अनिवार्य विषयका रुपमा अध्यापन गराउने गरि सुचारु गरेको उक्त पुस्तक नै विद्यार्थीहरुले हालसम्म पनि पाएका छैनन् । प्रतिनिधि मुलक ढङ्गले शिक्षा शाखाले केही स्कुलमा मात्रै पुस्तक पठाएको छ जुन विद्यार्थीका लागि पर्याप्त छैन ।

मेचीनगरको एक विद्यालयका संचालक सगँ यस विषयमा कुराकानी गर्दा उनले यो नगर शिक्षा शाखाको लापरबाहीले विद्यार्थीहरुको भविष्यमाथि खेलबाड भइरहेको र विद्यार्थीहरुले किनेर पढ्छु भन्दा पनि पुस्तक नपाइएको गुनासो गरे । नगरकै अर्को माध्यमिक विद्यालयका प्रध्यानाध्यापकले शिक्षा शाखाले पुस्तक छपाउन नसक्ने भए विद्यार्थीहरुले बजारमा किनेर पढ्न पाउने गरीको व्यवस्था गरिनुपर्ने तर विद्यार्थीको भविष्य अन्योल बनाउन नहुने बताए ।

यस विषयमा एक विषयगत शिक्षकसँग हामीले जिज्ञासा राख्दा पुस्तक अभावका कारण विद्यार्थीहरुलाई होमवर्क गराउन तथा कक्षाकोठामा पढाउन समेत असहज भएको बताए ।विद्यार्थीहरुलाई समयमा पुस्तक उपलब्ध नहुँदा विद्यार्थी र शिक्षकलाई नै असहज भएको उनले बताए ।

यता मेचीनगर शिक्षा शाखाका प्रमुख होमनाथ भण्डारीले कक्षा १ देखि ८ सम्म ‘हाम्रो मेचीनगर’ भन्ने पुस्तक पढाइँदै आएको र विगतका वर्षहरूमा बजेट अभाव भएको कारण पुस्तक छाप्न नसकिएको बताए । भण्डारीका अनुसार अहिले कक्षा ४ र ५ का विद्यार्थीलाई पुस्तक उपलब्ध गराइएको छ । तर अन्य कक्षाका अन्तिम परीक्षाकोसमय तालिका सार्वजनिक भइसक्दा पनि पुस्तक पाएका छैनन् ।

विद्यार्थीहरुले पुस्तक नपाएपनि विद्यालयका विषयगत शिक्षकहरुलाई ‘हाम्रो मेचीनगर’ भन्ने पाठ्यपुस्तक पढाउने तरिका , सामाग्री खोजी गर्ने तरिकाहरु सिकाइएको र विद्यार्थीहरुमा समेत अरु विषयमा भन्दा यो विषयमा सिकाइ बढोत्तरी भएको र राम्रो भएको अनुभव रहेको भण्डारीले बताए ।

विद्यार्थीहरुले यो वर्ष किताब पाउने सम्भावना समेत नरहेको बुझिएको छ । पुस्तक लेखन तथा तयारीका कामहरु नसकिएको कारण अघिल्लो वर्ष पुस्तक नछापिएको र अब निजी कम्पनिहरुसँग सहकार्य गरेर निजी विद्यालयको लागि अरु पाठ्यपुस्तक जस्तै खरिद गर्नुपर्ने गरि र सामुदायिक विद्यालयहरुका लागि निःशुल्क उपलब्ध हुने गरि तयारी गरिने भण्डारीले बताए ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

इलाममा बेली ब्रिजको सामान बोकेको ट्रक दुर्घटना, एक जनाको मृत्यु

इलाममा बेली ब्रिजको सामान बोकेको ट्रक दुर्घटना, एक जनाको मृत्यु

निशान निराैला इलाम । इलाम नगरपालिका–१०, बाह्रगोलाईस्थित मेची राजमार्गमा बेली ब्रिजको सामान बोकेको ट्रक दुर्घटना हुँदा एक जनाको मृ...
पहिलो पाइला नेपाल कमल शाखा अध्यक्षमा सञ्जु, पदस्थापना सम्पन्न

पहिलो पाइला नेपाल कमल शाखा अध्यक्षमा सञ्जु, पदस्थापना सम्पन्न

झापा । सामाजिक क्षेत्रमा सक्रिय रहि देशका विभिन्न स्थानमा शाखा विस्तार गर्न सफल संस्था पहिलो पाइला नेपालले कमल शाखाको कार्यसमिति ग...
इटहरी, उदयपुर र गोलबजार जेसीजद्वारा विद्यार्थीलाई शैक्षिक सामग्री वितरण

इटहरी, उदयपुर र गोलबजार जेसीजद्वारा विद्यार्थीलाई शैक्षिक सामग्री वितरण

झापा । मेचीनगर–३ स्थित बलभद्र आधारभूत विद्यालयका विद्यार्थीहरूलाई विभिन्न जेसीज शाखाहरूले शैक्षिक सामग्री वितरण गरेका छन्। नेपा...
पाँचतारे होटल मेची क्राउनद्वारा दैवी प्रकोप उद्धार कोषमा २६ लाख सहयोग

पाँचतारे होटल मेची क्राउनद्वारा दैवी प्रकोप उद्धार कोषमा २६ लाख सहयोग

मेचीनगर। झापाको मेचीनगर ८ स्थित पाँचतारे होटल मेची क्राउनले बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत तथा पुनःस्थापनाका लागि प्रधानमन...
ne_NPNepali