बिर्तामोड ।
झापाका तीन वटा राजनीतिक दलहरुको छलफलले बिभिन्न निर्णय गरेको छ । आज (सोमवार) विर्तामोडमा बसेको बैंठकले सो निर्णय गरेको हो । समाजवादी मोर्चा झापाको बैठक मोर्चाका संयोजक सुमनसिंह सीको अध्यक्षतामा बसेको थियो ।
बैठकमा नेकपा (माओवादी केन्द्र) झापाका इन्चार्ज रन्जित तामाङ, नेकपा एकीकृत समाजवादीका जिल्ला अध्यक्ष बेदराज रेग्मीलगायत मोर्चा घटक दलका नेताहरु लक्ष्मी न्यौपाने सरु, अर्जुन सी, राजु आचार्य (अग्नि), तीर्थ सिग्देल, बासु दुलाल खगेन्द्र सुवेदीलगायतको उपस्थितिमा भएको निर्णयहरु लिएको मोर्चाका नेता बासु दुलालले जानकारी दिए ।
फागुन २१ गते शहिद सप्ताह सुखानी दिवस सुखानी शाहदत स्थलमा समाजवादी मोर्चा झापाले कार्यक्रम गर्ने, सुखानी शाहदत स्थल मार्फत सिंगो देशलाइ अपिल गर्ने उदेश्यले संयुक्त अपलि जारि गर्ने साथै उपस्थितको विषयमा मोर्चा आवद्ध दलाका नेताहरुले मातहत कमिटीलाइ परिचालन गर्ने, स्ववियू निर्वाचनको निम्ति मोर्चा संबद्ध विद्यार्थी संगठनहरुका २/२ जना प्रतिनिधीहरु रहेको एक संयोजनकारी कार्यदल गठन भएको छ ।
यस्तै ८ मार्च ११५ औं अन्तराष्ट्रिय नारी दिवशलाइ संयुक्त रुपमा कार्यक्रम गरि सम्पन्न गर्न सरुको नेत्यत्वमा अन्य दलहरुबाट महिला प्रतिनिध रहने गरि संयोजन गर्न कार्यदल निर्माण भएको छ ।
चैत्रको पहिलो साता झापामा नेकपा महासचिव तथा समाजवादी मोर्चा, नेपालको संयोजक विप्लव सीको भ्रमण तथा भेटघाटहरु रहेका छन् । सो सन्द्धर्भमा मोर्चा आवद्ध दलका नेता कार्यकर्ताहरु संगको अन्र्तकृया तथा छलफलको आयोजना समाजवादी मोर्चा झापाले गर्ने, पहिचानसँग सम्बन्धित आन्दोलन, झापामा देखिएका जनताका समस्याहरुसँग सम्बन्धित विषयहरु लगायत जनसरोकारका सम्पूर्ण विषयहरुवारे मोर्चाको आगामि बैठकले कार्यक्रमहरु ठोस गर्ने साथै मोर्चालाई झापामा सक्रिय पार्न निरन्तर छलफलहरु सञ्चालन गर्नेलगायतका निर्णय भएको मोर्चाका संयोजक सुमनसिंह सीद्धारा जारी बिञप्तीमा उल्लेख छ ।








