वेलवारी, झापा – कृषि क्षेत्रको सशक्तीकरण र आत्मनिर्भर अर्थतन्त्र निर्माणका लागि वेलवारीमा एक महत्वपूर्ण कृषक भेटघाट तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रममा १५० भन्दा बढी किसानहरूको सहभागिता रहेको थियो । कार्यक्रमको अध्यक्षता इन्चार्ज संगितले गर्नुभएको थियो भने संचालन सेक्रेटरी कुमारले गर्नुभएको थियो। स्वागत मन्तव्य क. सौगातले व्यक्त गर्नुभएको थियो । कुखुरापालन, मत्स्यपालन, तथा पशुपालनमा संलग्न किसानहरूसहित कृषि विज्ञहरूको उपस्थिति रहेको उक्त कार्यक्रममा केदार घिमिरे, अभिषेक मण्डल, होम वास्तोला, लाल बहादुर बस्नेत, माटो विज्ञ युवा कुल बहादुर काफ्ले, कृष्ण चन्द्र महर्जन तथा जैविक खेती विज्ञहरूले आफ्नो विचार व्यक्त गरेका थिए । विप्लवको आह्वान: आत्मनिर्भर अर्थतन्त्रको निर्माण कार्यक्रमका प्रमुख वक्ता नेपाल…

झापा | पूर्व जनमुक्ति सेनाहरूसँगको भेटमा नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का महासचिव नेत्रविक्रम चन्द ‘बिप्लव’ लाई ती सेनाहरूले विभिन्न जिज्ञासा र धारणा व्यक्त गरेका छन् । उनीहरूले बिप्लव नेतृत्वको पार्टीलाई जनताको आशाको केन्द्रका रूपमा हेरेको संकेत गर्दै देशको वर्तमान राजनीतिक अवस्था र क्रान्तिका सम्भावनाहरूका विषयमा धारणा राखेका थिए । उनीहरूले प्रश्न गर्दै , "नेपाली जनता निराश छन्, फेरि क्रान्ति सम्भव छ ?" साथै, "देशलाई सही दिशामा लैजाने नेता को?" भन्ने प्रश्न गर्दै नेतृत्वप्रति असन्तुष्टि पोखे । पूर्व सेनाहरूले माओवादी नेतृत्वको विचलन, वैकल्पिक राजनीतिका नाममा उठेका नयाँ पात्रहरू, र जनताको अन्योलबारे बिप्लवसँग धारणा मागे । "नेपाली जनताले नै एक-अर्कालाई बुझ्न नसकेको…

खगेन्द्र सिटौला - झापाको गौरादह नगरपालिकामा रहेका पुराना वामपन्थीहरु संग नेकपा महासचिब बिप्लबले आईतवार अपरान्ह मसिनो छलफल गरेका छन । अन्तर्कृयात्मक बसाइको क्रममा झापाको कम्युनिस्ट आन्दोलनमा महत्वपूर्ण योगदान पुर्याएका पुराना वामपन्थी अग्रजहरु संग महासचिब बिप्लबले पार्टीको योजना कार्यक्रम बारे छलफल गरेका हुन । नेपालको वर्तमान राजनीतिक अन्यौलता र समाजको आगामी बाटो बारे उक्त छलफल भएको हो । स्थानिय बामपन्थी अग्रजहरुले नेपालमा सबै दल र नेताहरु खराब भएको र जनता आजित भैसकेको अवस्थामा नेपाल कम्युनिस्ट पार्टी र बिप्लब प्रती भरोसा रहेको बताए । उनिहरुले पार्टीलाई जनताको प्रतिनिधित्व गर्नेगरी जनताको बिचमा तिब्र रुपमा जान समेत सुझाब दिए । गौरादहका बामपन्थी अग्रजहरुको सुझाब…

झापा | नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द 'विप्लव' झापाको सीमावर्ती ग्रामीण बस्तीमा पुगेका छन् । उनले स्थानीय जनतासँग अन्तरक्रिया गर्दै उनीहरूका समस्या सुनेर समाधानका लागि पार्टीको प्रतिबद्धता दोहोर्याएका छन् । विशेष गरी सीमा अतिक्रमण, भूमि व्यवस्थापन, सुरक्षा, र विकासका मुद्दाहरूमा उनले गम्भीर चासो व्यक्त गरेका छन् । महासचिव विप्लवले सिमा अतिक्रमणविरुद्ध सशक्त पहल गर्नुपर्ने आवश्यकता औंल्याउँदै राज्यले सीमावर्ती क्षेत्रमा बेवास्ता गरे कम्युनिस्ट आन्दोलनले अगुवाइ लिने चेतावनी दिए। साथै, शिक्षा, स्वास्थ्य, रोजगारी, र पूर्वाधार विकासजस्ता आधारभूत आवश्यकताहरू पूरा गर्न नेकपाले संघर्ष जारी राख्ने उनले स्पष्ट पारे । यसै क्रममा, महासचिव विप्लवको झापा भ्रमणलाई पार्टीको अग्रगामी आन्दोलनलाई बलियो बनाउन महत्त्वपूर्ण मानिएको…

विप्लव झापामा : अग्रगामि प्रवृतीलाई बलियो पार्दै झापा | नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का महासचिव नेत्रविक्रम चन्द बिप्लव ३ गते बाट झापा भ्रमणमा हुनेछन् । आज २ गते सांझ उनी काठमाडौबाट भद्रपुर बिमान स्थल आईपुगेका हुन । ३,४,५ गते उनले जिल्लाका विभिन्न स्थानमा अग्रगामी प्रवृती संग भेटघाट, छलफल अन्तर्कृया गर्नेछन् । बिप्लवको उदेश्य झापालाई देशको आगामि निकास संग जोड्न मसिनो गरि छलफल गर्ने रहेको छ । पार्टीका झापा जिल्ला इन्चार्ज सुमनसिंह सी, का अनुसार महासचिवको यो भ्रमण वर्तमान राजनितिक अन्यौलताको कारण भ्रमको खेती चलाएर झापा मार्फत प्रतिगमनकारी षड्यन्त्रलाई टेवा पुर्याउंदै आएको प्रवृतिलाई निरुत्साहित गर्ने र झापाको क्रान्तिकारी कम्युनिस्ट प्रवृतीलाई अग्रगामी…

नेपालको इतिहास राजनीतिक उतार-चढावले भरिएको छ । पञ्चायत, राणा शासन, गणतन्त्र, राजतन्त्र, जस्ता विभिन्न शासन व्यवस्थाहरू जनताको चाहना र संघर्षकै कारण स्थापित वा विस्थापित भएका उदाहरणहरू हुन् । आज फेरि, नेपालको राजनीतिक फलकमा राजसंस्था पुनर्स्थापनाको बहस चर्किएको छ । राजसंस्थाको पुनर्स्थापनाको माग र समसामयिक बहस गणतन्त्र स्थापनाको १७ वर्षपछि पनि नेपालमा राजनीतिक अस्थिरता, भ्रष्टाचार, र सुशासनको अभाव छ । यही परिस्थितिले केही वर्गलाई राजसंस्था पुनर्स्थापना नै समाधान हुन सक्ने सोच बनाउन बाध्य गराएको छ । हालै देशभर आयोजित विभिन्न प्रदर्शनहरूले राजसंस्था पुनर्स्थापनाको माग पुनः बलियो बनाएको देखिन्छ । विश्वका उदाहरण : पुनर्स्थापित राजसंस्थाहरू केही देशहरूले राजसंस्था पुनर्स्थापनाको बाटो अपनाएका छन्…

मेचीनगर । नेकपा माओवादी केन्द्र मेचीनगरले पार्टी रुपान्तरण अभियानलाई तिव्र पारेको छ । पार्टीले नगरमा प्रभाव पार्ने गरी अभियानलाई तिव्र बनाएको हो । गत पुष महिनादेखि मेचीनगर-६ बाट सुरु गरेको अभियानले नगरभित्र १५ वटै वडामा अधिवेशन-सम्मेलनबाट पार्टी सदस्यलाई जागरुक बनाउने गरी लागिपरेको छ । पार्टीले पुराना सदस्यलाई उनीहरुको कार्यशैली, प्रभाव र इमान्दारिताका आधारमा वडास्तरको पदमा हेरफेर गर्दै नगर पठाउने तथा नयाँ सदस्यलाई स्वागत गर्दै विभिन्न उप-समितिसमेत निर्माण गरेको छ । वडा अधिवेशनपछि पार्टीले वडाभित्र `टोलसेल´ कमिटीसमेत निर्माण गर्ने तयारी गरेको नेकपा माओवादी केन्द्र मेचीनगरका अध्यक्ष राजन चिमोरियाले जानकारी दिए । उनका अनुसार मेचीनगरभित्र १ हजार ९३ जना पार्टी क्रियाशील सदस्य…

लोकतन्त्र भनिएको दलाल नियन्त्रीत तन्त्रले जनताको आकाक्षां पूरा गरेन । जनताको बितृस्णा लाई फटाहाहरुले राजतन्त्रको नारामा उराल्ने काम गरिरहेकाछन जसको कुनै तुक छैन | जनताको आकाक्षां समाजवादी गणतन्त्रले पूरा गर्छ । गणतन्त्रको बिकल्प गणतन्त्र हो अरु हुनै सक्दैन भन्ने यथास्थितीवादीहरुको मतिले देश गंभिर दुर्घटनामा फंस्न सक्छ । त्यसैले, आंफुलाई कम्युनिस्ट दाबी गर्नेहरु वा लोकतान्त्रिक शक्ति भन्नेहरु नेपाललाई समाजवादी यात्रामा हिंडाउन तयार होउ । होइनभने तिमिहरुको बुद्धिले जनतालाई थेग्न सक्दैनौ । जनता थेग्नु कार्यकर्ता थेग्नु जस्तो कुरा होइन | राजावादी कुरा गर्ने वा पछौटे मुद्धामा समाजलाई भ्रमीत गर्ने तत्वहरुले बुझे हुन्छ नेपालमा बिकल्प छ । नेपाल बिकल्प बिहिन भएर तिमिहरुले उचालिरहेको…

झापा / फागुन २४ — युवा संगठन नेपाल, विप्लव नेतृत्वको बैठक झापाको बिर्तामोड स्थित नेपाल कम्युनिस्ट पार्टी को कार्यालयमा सम्पन्न भएको छ। बैठकले सोनाम सीको नेतृत्वमा २५ सदस्यीय जिल्ला सम्मेलन आयोजक समिति गठन गरिएको छ। आगामी बैशाख २७ गते युवा संगठन नेपालको सम्मेलन आयोजना गर्ने निर्णय गरेको छ । बैठकमा पार्टी जिल्ला इन्चार्ज तथा प्रमुख अतिथि सुमनसिंह सी ले देश यति बेला संकटमा रहेको बताउदै । यसको निकास सडकमा कराउँदै गरेको राजबादी र यहि लोकतान्त्रिक ब्यवस्थाको विकल्प लोकतन्त्र नै भन्ने कंग्रेस ,एमाले र माओवादी हुन नसक्ने बताउनु भयो। अबको बिकल्प अग्रगामी बिचार र ब्यवस्था नेपाली विशेषताको समाजबाद मात्रै हुने जोड…

बिर्तामोड । सहिद दिवसको अवसर पारेर झापामा समाजवादी मोर्चाले सुखानीमा संयुक्त कार्यक्रम गर्ने भएको छ। समाजवादी मोर्चामा आवद्ध राजनीतिक दलहरुको सामुहिक छलफलले बिभिन्न निर्णयहरु समेत सार्वजनिक गरेको छ । सोमबार झापाको विर्तामोडमा नेपाल कम्युनिस्ट पार्टीका झापा इन्चार्ज सुमनसिंह सी को अध्यक्षतामा बसेको बैठकले विभिन्न निर्णयहरु सार्वजनिक गरेको हो । बैठकमा नेकपा (माओवादी केन्द्र) झापाका इन्चार्ज रन्जित तामाङ, नेकपा एकीकृत समाजवादीका जिल्ला अध्यक्ष बेदराज रेग्मीलगायत मोर्चा घटक दलका नेताहरु लक्ष्मी न्यौपाने सरु, अर्जुन सी, राजु आचार्य (अग्नि), तीर्थ सिग्देल, बासु दुलाल खगेन्द्र सुवेदीलगायतको उपस्थिति रहेको थियोे । फागुन २१ गते सहिद सप्ताह सुखानी दिवसका अवसरमा सुखानी शाहदत स्थलमा समाजवादी मोर्चा झापाले…