Skip to main content

Purbi Garjan

राजनीति

झापामा विप्लवको नाम जोडेर चन्दा आतंक मच्चाउनेलाई पार्टीद्वारा कारबाहीको चेतावनी

झापामा विप्लवको नाम जोडेर चन्दा आतंक मच्चाउनेलाई पार्टीद्वारा कारबाहीको चेतावनी

झापामा विप्लवको नाम जोडेर चन्दा आतंक : व्यवसायीहरुलाई पार्टीको नाममा चन्दा नदिन विज्ञप्ति जारी, चन्दा उठाउनेलाई कारबाही गरिने पार्टीको कडा निर्णय झापा । विभिन्न शिर्षकमा झापामा नेकपा (माओवादी ) को नाम जोडेर चन्दा संकलन भइरहेको गुनासो बढेपछि सम्बन्धित जिल्ला पार्टीले कडा निर्णय लिएको छ । पार्टीले श्रम र आफ्नै उत्पादनमा आधारित गतिविधि गर्दै आएको उल्लेख गर्दै कुनै पनि हालतमा चन्दा नलिने स्पष्ट गरेको छ । पार्टी केन्द्रीय निति अनुसार जिल्ला पार्टी असार १० गतेदेखि कृषिमा होमिएको मौका छोपेर केहि मानिसहरुले चन्दाको खेती गरेको भन्दै पार्टीले चन्दा नदिन र कसैले धाक धम्की दिए पार्टीमा सम्पर्क गर्न आग्रह गरेको छ। पछिल्लो समय…
Read More

कांग्रेस सभापतिको राजीनामा अस्वीकृति प्रस्ताव केन्द्रीय समिति बैठकमा पेस हुन्छ – उपसभापति विश्वप्रकाश शर्मा

झापा / ५ चैत । नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले भोलि बस्ने केन्द्रीय समिति बैठकमा पार्टी सभापति गगन थापाले दिएको राजीनामा अस्वीकृत गर्ने प्रस्ताव पेस हुने बताउनु भएको छ । आज बिहान सभापति थापाले राजीनामा दिएको समाचार सार्वजनिक भएसँगै कांग्रेसमा अब के हुन्छ भन्ने अन्योल थपिएको बेला उपसभापति शर्माले राजीनामा अस्वीकृत हुने स्पष्ट संकेत गर्नु भएको हो । उहाँले यतिबेला सभापतिको राजीनामा होइन, प्रधान नैतिक दायित्व स्थिति सम्हाल्ने भएको स्पष्ट पार्नु भएको छ । उपसभापति शर्माले डढेलो निभाउन पुगेको व्यक्तिलाई आगलागीकै दोष बोकाउनु न्याय संगत नहुने लाक्षणिक तर्क गर्नु भएको छ । शर्माले पार्टीमा असन्तोषको आगो सल्किएको बेला थापा पार्टी…
Read More

झापा ४ मा घण्टीको फराकिलो अग्रता

झापा, २३ फागुन । झापा–४ मा हालसम्मको मतगणनाले निकै रोचक तस्वीर देखाएको छ । ४३ हजार ९११ मत गणना भइसकेको अवस्थामा स्वतन्त्र उम्मेदवार शम्भु ढकाल सुस्केरा घण्टी चिन्हबाट २२ हजार ६९ मतसहित फराकिलो अग्रतामा छन्। एमालेका एलपी साँवा लिम्बू ६ हजार ७२६ मतसहित दोस्रो स्थानमा छन् भने नेपाली कांग्रेसका देउमान थेवे ४ हजार ४३७ मतसहित तेस्रो स्थानमा छन्। अन्य उम्मेदवारमध्ये श्रम संस्कृति पार्टीकी अमृता देवी राईले ५ हजार ४०९ मत पाएकी छन्। राप्रपाका भक्ति सिटौला, नेकपाका पुरुषोत्तम चुडाल, उज्यालो नेपालका सन्तोष तामाङ लगायतका उम्मेदवारले सयौं मत प्राप्त गरेका छन्। कुल १ लाख ३० हजार ७१२ मतदाता रहेको यस क्षेत्रमा ८३ हजार…
Read More

झापा ५ मा बालेनको जीत, औपचारिक घोषणा मात्र बाँकी, यस्तो छ हालसम्मको मतपरिणाम

झापा, २३ फागुन । झापा क्षेत्र नम्बर ५ मा रास्वपाका बरिष्ठ नेता बालेन्द्र शाह (बालेन)ले जितेका छन् । औपचारिक घोषणा मात्र बाँकी रहेको छ । निर्वाचन आयोगको वेभसाइटमा उल्लेख भए अनुसार यस्तो छ हालसम्मको मतपरिणाम झापा ५ मा बालेनको जीत । औपचारिक घोषणा मात्र बाँकी । वालेन्द्र शाह(३६ ) राष्ट्रिय स्वतन्त्र पार्टी ५२,०९६ के.पी शर्मा ओली(७४ ) नेपाल कम्युनिष्ट पार्टी (एकीकृत मार्क्सवादी लेनिनवादी) १४,०३१ समिर तामाङ्ग(३३ ) श्रम संस्कृति पार्टी ८,००८ मंधरा चिमरिया(६३ ) नेपाली काँग्रेस १,४१७ रन्जित तामाङ(४३ ) नेपाली कम्युनिष्ट पार्टी १,१७६ लक्ष्मी प्रसाद संग्रौला(५४ ) राष्ट्रिय प्रजातन्त्र पार्टी १,१३३ अमृतलाल महतो(४३ ) जनमत पार्टी २२६ सविन राई(३५ )…
Read More

प्रतिनिधिसभा सदस्य निर्वाचनः आज मतदान

काठमाडौँ, २१ फागुनः जेनजी आन्दोलनपछिको विशेष परिस्थितिमा हुन लागेको प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत आज मतदान हुँदैछ । मुलुकका ७७ वटै जिल्लामा बिहान ७ देखि अपराह्न ५ बजेसम्म एकै चरणमा मतदान हुनेछ । मुलुक सङ्घीय लोकतान्त्रिक गणतन्त्रमा प्रवेश गरेपछि भएको प्रतिनिधिसभाको यो तेस्रो निर्वाचन हो । यसअघि २०७४ र २०७९ सालमा निर्वाचन भएको थियो । आज ‘पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणाली’ (प्रत्यक्ष)तर्फ १६५ निर्वाचन क्षेत्र र समानुपातिकतर्फ ११० स्थानका लागि निर्वाचन हुनेछ । प्रत्यक्षतर्फ ६१ वटा निर्वाचन चिह्नमा ६५ वटा राजनीतिक दलले प्रतिस्पर्धा गर्दैछन् । प्रत्यक्षतर्फ तीन हजार १७ पुरुष, ३८८ महिला र एक अन्य गरी तीन हजार ४०६ उम्मेदवार चुनावी…
Read More
सीमावर्ती सम्भावना र चुनौतीको नक्सा कोर्दै पाण्डे

सीमावर्ती सम्भावना र चुनौतीको नक्सा कोर्दै पाण्डे

झापा । फागुन २१ मा हुने प्रतिनिधिसभा निर्वाचनको तयारीसँगै झापा क्षेत्र नम्बर–१ फेरि एकपटक राष्ट्रिय राजनीतिको केन्द्रमा आएको छ। १ लाख ३१ हजारभन्दा बढी मतदाता र ४५ वटा मतदान स्थल रहेको यो क्षेत्र भौगोलिक मात्र होइन, आर्थिक र सामरिक दृष्टिले पनि संवेदनशील मानिन्छ। विसं २०७९ को निर्वाचनमा नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्मा विजयी भएको यस क्षेत्रमा यसपटक कांग्रेसले युवा नेता केशवराज पाण्डे लाई उम्मेदवार बनाएको छ। सीमावर्ती मेची भन्सार, ड्राइपोर्ट, अन्तर्राष्ट्रिय व्यापारको सम्भावना, सुकुम्बासी बस्ती, हात्तीको आक्रमण र नदी कटानजस्ता जटिल समस्याबीच पाण्डे आफूलाई ‘रैथाने उम्मेदवार’का रूपमा प्रस्तुत गरिरहेका छन्। तत्कालीन ज्यामिरगढी गाउँपालिका वडा नम्बर–८ मा जन्मिएका पाण्डेको बाल्यकाल पूर्वी…
Read More
झापा–५ मा माओवादीबाट संजय राई उम्मेदवार, मनोनयन भोलि

झापा–५ मा माओवादीबाट संजय राई उम्मेदवार, मनोनयन भोलि

झापा–५ मा नेकपा (माओवादी केन्द्र) ले युवा नेता संजय राईलाई उम्मेदवार बनाउने निश्चित भएको छ। पार्टीका अनुसार राईले ‘गुलाफ’ चुनाव चिह्न लिएर निर्वाचन मैदानमा उत्रिनेछन्। उनको मनोनयन दर्ता भोलि हुने बताइएको छ। माओवादी पक्षले संजय राईलाई देशभक्त, जनप्रिय र संघर्षशील युवा नेताका रूपमा प्रस्तुत गर्दै पछिल्ला एक दशकदेखि झापामा राष्ट्रघात र जनघातविरुद्ध निरन्तर संघर्ष गर्दै आएको दाबी गरेको छ। पार्टी निकट स्रोतका अनुसार राज्यद्वारा गरिएको दमन सहँदै उनले जनताको पक्षमा राजनीतिक गतिविधि अगाडि बढाएका छन्। पार्टीले आगामी निर्वाचनलाई पुराना सत्ताधारी शक्तिविरुद्धको निर्णायक संघर्षका रूपमा व्याख्या गरेको छ। “एल्गोरिदम र भाइरल राजनीतिभन्दा बाहिर रहेर वास्तविक जनप्रतिनिधि चुन्ने समय आएको छ,” माओवादी…
Read More
झापा–५ मा राजनीतिक झट्का, सुमन सिंह अघि सार्दै माओवादी हेडक्वाटर

झापा–५ मा राजनीतिक झट्का, सुमन सिंह अघि सार्दै माओवादी हेडक्वाटर

झापा । आगामी निर्वाचनलाई लक्षित गर्दै झापा–५ मा नयाँ राजनीतिक समीकरण बन्ने संकेत देखिन थालेको छ। नेत्रविक्रम चन्द ‘बिप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (माओवादी)ले वैकल्पिक राजनीतिक धार निर्माण गर्ने रणनीतिसहित सुमन सिंहलाई उम्मेदवारका रूपमा अघि सार्ने विषयमा आन्तरिक छलफल तीव्र पारेको छ। पार्टी स्रोतहरूका अनुसार वर्तमान राजनीतिक परिदृश्यमा देखिएको पश्चिमा प्रभावलाई सन्तुलनमा ल्याउने उद्देश्यसहित सिंहलाई अघि सार्ने तयारी भइरहेको छ। यस सन्दर्भमा छिमेकी मुलुक चीन र भारतबाट अप्रत्यक्ष सहयोगको सम्भावनाबारे समेत राजनीतिक वृत्तमा चर्चा चलेको छ, यद्यपि यसबारे कुनै आधिकारिक पुष्टि भएको छैन। झापा–५ मा एमाले अध्यक्ष केपी ओलीसहित काठमाडौ महानगरका मेयर बालेन शाह भिड्ने चर्चा चुलिएको बेला एकीकृत जनक्रान्तिले…
Read More
नेपाल कम्युनिस्ट पार्टी (माओवादी) ले गर्यो भेनेजुएला माथि अमेरिकी हस्तक्षेपको भर्त्सना

नेपाल कम्युनिस्ट पार्टी (माओवादी) ले गर्यो भेनेजुएला माथि अमेरिकी हस्तक्षेपको भर्त्सना

काठमाडौ । नेपाल कम्युनिस्ट पार्टी (माओवादी) ले भेनेजुएलामाथि अमेरिकाले गरेको सैन्य हस्तक्षेपको घोर भत्सर्ना गरेको छ । नेकपा (माओवादी)का महासचिव विप्लव सीले शनिवार एक प्रेश विज्ञप्ति जारी गर्दै भेनेजुएलामाथि अमेरिकाले गरेको सैन्य हस्तक्षेपको घोर भत्सर्ना गर्नु भएको हो । माओवादीले समाजवादी भेनेजुएलामाथि फरक विचार र सत्ता संचालनकै कारण गरिएको अमेरिकी हमला साम्राज्यवादी– सैन्य हस्तक्षेप भएको दाबी गरेको छ । माओवादीले विज्ञप्तिमा भनेको छ ‘अमेरिकाले लागुपदार्थ ओसारपसारको कृतिम आरोप थोपर्दै सार्वभौम मुलुक भेनेजुएलामाथि विध्वंसकारी सैन्य हमला गरेको छ । यसले विश्वलाई स्तब्ध बनाएको छ । हामी यो विध्वंसकारी र अतिक्रमणकारी हमलाको घोर भत्सर्ना गर्दछौं ।’ माओवादीले राष्ट्रको सार्वभौमिकता, राजनीतिक स्वतन्त्रता, विचार स्वतन्त्रता,…
Read More

कुलमान, रवि र बालेन मिल्न तयार, प्रधानमन्त्रीमा अड्कियो कुरा

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने, उज्यालो नेपाल पार्टीका संरक्षक कुलमान घिसिङ र काठमाडौँ महानगरका मेयर बालेन साहबीच चुनावी सहकार्यबारे सहमति जुटे पनि आलोपालो प्रधानमन्त्रीमा कुरा नमिलेको बुझिएको छ । केही दिनयता तीन नेताबीच निरन्तर संवाद भैरहेकोमा प्रधानमन्त्रीमा कसलाई अघि सार्ने भन्ने विषयले टुंगो पाउन नसकेको बताइन्छ । भनिएअनुसार बालेन र रविबीच आलोपालो प्रधानमन्त्रीको भागबण्डामा मोटामोटी सहमति भए पनि पहिलो कार्यकाल कसले खाने भन्नेमा गाँठो परेको छ । अहिले बालेनका सहयोगी कुमार बेनको कुपण्डोलस्थित निवासमा रवि र बालेनबीच छलफल जारी छ । निर्णायक भनिएको छलफलमा एक जनालाई भावी प्रधानमन्त्रीमा अघि सारेर जानेगरी सहमतिको प्रयास भइसकेको बुझिएको छ । भरे-भोलिसम्म…
Read More
ne_NPNepali