Skip to main content

Purbi Garjan

झापा–५ मा राजनीतिक झट्का, सुमन सिंह अघि सार्दै माओवादी हेडक्वाटर

झापा । आगामी निर्वाचनलाई लक्षित गर्दै झापा–५ मा नयाँ राजनीतिक समीकरण बन्ने संकेत देखिन थालेको छ। नेत्रविक्रम चन्द ‘बिप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (माओवादी)ले वैकल्पिक राजनीतिक धार निर्माण गर्ने रणनीतिसहित सुमन सिंहलाई उम्मेदवारका रूपमा अघि सार्ने विषयमा आन्तरिक छलफल तीव्र पारेको छ।

पार्टी स्रोतहरूका अनुसार वर्तमान राजनीतिक परिदृश्यमा देखिएको पश्चिमा प्रभावलाई सन्तुलनमा ल्याउने उद्देश्यसहित सिंहलाई अघि सार्ने तयारी भइरहेको छ। यस सन्दर्भमा छिमेकी मुलुक चीन र भारतबाट अप्रत्यक्ष सहयोगको सम्भावनाबारे समेत राजनीतिक वृत्तमा चर्चा चलेको छ, यद्यपि यसबारे कुनै आधिकारिक पुष्टि भएको छैन।

झापा–५ मा एमाले अध्यक्ष केपी ओलीसहित काठमाडौ महानगरका मेयर बालेन शाह भिड्ने चर्चा चुलिएको बेला एकीकृत जनक्रान्तिले जन्माएका नेता सिंहलाई माओवादीले उम्मेदवारका रुपमा खडा गर्न लागेको पुर्वी गर्जनलाई स्रोतले बतायो । झापामा सुमनसिंह प्रभावशाली युवा नेताका रुपमा परिचित छन्।

एकातिर परम्परागत दलहरूप्रति बढ्दो असन्तुष्टि देखिँदै गएको छ। यही असन्तुष्टिको फाइदा उठाउँदै एमाले, नेपाली कांग्रेस तथा विभिन्न कम्युनिस्ट धारका असन्तुष्ट मतदाताहरूको मत सुमन सिंहतर्फ आकर्षित हुन सक्ने राजनीतिक विश्लेषकहरूको आँकलन छ। विशेषगरी एमालेभित्रै नेतृत्वप्रति असन्तुष्टि जनाउँदै वैकल्पिक उम्मेदवार खोज्ने प्रवृत्ति तीव्र बन्दै गएको बताइन्छ।

सुमन सिंहलाई अध्ययनशील, विश्लेषणात्मक, संघर्षशील तथा साहित्यिक चेतनाले निर्देशित नेताका रूपमा हेरिन्छ। उनी उत्पादनमूलक र व्यावसायिक क्षेत्रमा समेत सक्रिय रहँदै आएका छन्। राजनीतिक विश्लेषकहरूका अनुसार युवा पुस्तामाझ सिंहको स्वीकार्यता विस्तार हुँदै गएको देखिन्छ, जसले निर्वाचन समीकरणमा निर्णायक प्रभाव पार्न सक्ने सम्भावना छ।

पूर्वी नेपालको राजनीति नजिकबाट नियालिरहेका स्रोतहरूका अनुसार सिंह उम्मेदवार बनेमा झापामा लामो समयदेखि देखिँदै आएको भूराजनीतिक प्रभावको समीकरणमा समेत परिवर्तन आउन सक्ने आँकलन गरिएको छ। यसले निर्वाचन परिणामलाई नयाँ दिशातर्फ धकेल्न सक्ने विश्लेषण गरिएको छ।

यसअघि झापा–५ मा नेकपा (माओवादी) तर्फबाट सञ्जय राईको नाम पनि सम्भावित उम्मेदवारका रूपमा चर्चामा थियो। तर पार्टी हेडक्वार्टरले स्थानीय तह, संगठनात्मक अवस्था, शुभेच्छुक तथा मतदाताबाट प्राप्त सुझावहरूको गहन विश्लेषणपछि सुमन सिंहलाई सशक्त विकल्पका रूपमा अघि सार्ने सम्भावनामा गम्भीर छलफल गरिरहेको बताइएको छ।

यस विषयमा झापा सेक्रेटरी सञ्जय राईले पार्टीभित्र आन्तरिक परामर्श जारी रहेको र निर्णय चाँडै सार्वजनिक गरिने जानकारी दिएका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

झापामा गोली चल्यो : खैरो लागूपदार्थसहित दुई जना पक्राउ

झापामा गोली चल्यो : खैरो लागूपदार्थसहित दुई जना पक्राउ

झापा । झापाको सालमारा क्षेत्रबाट प्रतिबन्धित लागूऔषध खैरो हेरोइनजस्तो देखिने पदार्थसहित दुई जना युवा पक्राउ परेका छन्। कात्तिक ११...
काकडभिट्टा नाकामा सशस्त्र प्रहरीको विभेद: सिटी रिक्सामा मुद्दा, स्कोरपियो सहजै पार

काकडभिट्टा नाकामा सशस्त्र प्रहरीको विभेद: सिटी रिक्सामा मुद्दा, स्कोरपियो सहजै पार

काकडभिट्टा नाका: कानुन होइन सशस्त्र प्रहरीको मनोमानी चल्छ, गरिबको सिटी रिक्सामा मुद्दा दर्ता, धनाड्यको स्कोरपियो सेटिङमै छाडियो। र...
काकडभिट्टा-पानीटंकी  नाकामा सुन–चाँदीसहित ४ भारतीय पक्राउ, गाडीसहित भन्सार बुझाइयो

काकडभिट्टा-पानीटंकी  नाकामा सुन–चाँदीसहित ४ भारतीय पक्राउ, गाडीसहित भन्सार बुझाइयो

काकडभिट्टा । पूर्वी नेपालको प्रमुख नाका काकडभिट्टासँग सिमाना जोडिएको भारतको पानीटंकी क्षेत्रमा सुन र चाँदीसहित चार जना भारतीय नागर...
पञ्चायती कालको यातना सम्झाउँदै ‘इरफान अली’ नाटक मेचीनगरमा मञ्चन

पञ्चायती कालको यातना सम्झाउँदै ‘इरफान अली’ नाटक मेचीनगरमा मञ्चन

झापा, मेचीनगर। पञ्चायती व्यवस्थाको समयमा जेलभित्र हुने अमानवीय यातना, दमन र विभेदलाई उजागर गर्ने उद्देश्यसहित ‘इरफान अली’ नामक नाट...
ne_NPNepali