Skip to main content

Purbi Garjan

झापा–५ मा राजनीतिक झट्का, सुमन सिंह अघि सार्दै माओवादी हेडक्वाटर

झापा । आगामी निर्वाचनलाई लक्षित गर्दै झापा–५ मा नयाँ राजनीतिक समीकरण बन्ने संकेत देखिन थालेको छ। नेत्रविक्रम चन्द ‘बिप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (माओवादी)ले वैकल्पिक राजनीतिक धार निर्माण गर्ने रणनीतिसहित सुमन सिंहलाई उम्मेदवारका रूपमा अघि सार्ने विषयमा आन्तरिक छलफल तीव्र पारेको छ।

पार्टी स्रोतहरूका अनुसार वर्तमान राजनीतिक परिदृश्यमा देखिएको पश्चिमा प्रभावलाई सन्तुलनमा ल्याउने उद्देश्यसहित सिंहलाई अघि सार्ने तयारी भइरहेको छ। यस सन्दर्भमा छिमेकी मुलुक चीन र भारतबाट अप्रत्यक्ष सहयोगको सम्भावनाबारे समेत राजनीतिक वृत्तमा चर्चा चलेको छ, यद्यपि यसबारे कुनै आधिकारिक पुष्टि भएको छैन।

झापा–५ मा एमाले अध्यक्ष केपी ओलीसहित काठमाडौ महानगरका मेयर बालेन शाह भिड्ने चर्चा चुलिएको बेला एकीकृत जनक्रान्तिले जन्माएका नेता सिंहलाई माओवादीले उम्मेदवारका रुपमा खडा गर्न लागेको पुर्वी गर्जनलाई स्रोतले बतायो । झापामा सुमनसिंह प्रभावशाली युवा नेताका रुपमा परिचित छन्।

एकातिर परम्परागत दलहरूप्रति बढ्दो असन्तुष्टि देखिँदै गएको छ। यही असन्तुष्टिको फाइदा उठाउँदै एमाले, नेपाली कांग्रेस तथा विभिन्न कम्युनिस्ट धारका असन्तुष्ट मतदाताहरूको मत सुमन सिंहतर्फ आकर्षित हुन सक्ने राजनीतिक विश्लेषकहरूको आँकलन छ। विशेषगरी एमालेभित्रै नेतृत्वप्रति असन्तुष्टि जनाउँदै वैकल्पिक उम्मेदवार खोज्ने प्रवृत्ति तीव्र बन्दै गएको बताइन्छ।

सुमन सिंहलाई अध्ययनशील, विश्लेषणात्मक, संघर्षशील तथा साहित्यिक चेतनाले निर्देशित नेताका रूपमा हेरिन्छ। उनी उत्पादनमूलक र व्यावसायिक क्षेत्रमा समेत सक्रिय रहँदै आएका छन्। राजनीतिक विश्लेषकहरूका अनुसार युवा पुस्तामाझ सिंहको स्वीकार्यता विस्तार हुँदै गएको देखिन्छ, जसले निर्वाचन समीकरणमा निर्णायक प्रभाव पार्न सक्ने सम्भावना छ।

पूर्वी नेपालको राजनीति नजिकबाट नियालिरहेका स्रोतहरूका अनुसार सिंह उम्मेदवार बनेमा झापामा लामो समयदेखि देखिँदै आएको भूराजनीतिक प्रभावको समीकरणमा समेत परिवर्तन आउन सक्ने आँकलन गरिएको छ। यसले निर्वाचन परिणामलाई नयाँ दिशातर्फ धकेल्न सक्ने विश्लेषण गरिएको छ।

यसअघि झापा–५ मा नेकपा (माओवादी) तर्फबाट सञ्जय राईको नाम पनि सम्भावित उम्मेदवारका रूपमा चर्चामा थियो। तर पार्टी हेडक्वार्टरले स्थानीय तह, संगठनात्मक अवस्था, शुभेच्छुक तथा मतदाताबाट प्राप्त सुझावहरूको गहन विश्लेषणपछि सुमन सिंहलाई सशक्त विकल्पका रूपमा अघि सार्ने सम्भावनामा गम्भीर छलफल गरिरहेको बताइएको छ।

यस विषयमा झापा सेक्रेटरी सञ्जय राईले पार्टीभित्र आन्तरिक परामर्श जारी रहेको र निर्णय चाँडै सार्वजनिक गरिने जानकारी दिएका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

अवैध मोटर पार्ट्ससहितको गाडी छुटेपछि काकडभिट्टामा सशस्त्रको कारबाहीमाथि प्रश्न

अवैध मोटर पार्ट्ससहितको गाडी छुटेपछि काकडभिट्टामा सशस्त्रको कारबाहीमाथि प्रश्न

मेचीनगर। नेपालको पुर्वी सिमा काँकरभिट्टामा मेची खोलाबाट गैरी गाउँ हुँदै अवैध रूपमा नेपाल भित्र्याइएको मोटर पार्ट्ससहित नियन्त्रणमा...
इलाममा बेली ब्रिजको सामान बोकेको ट्रक दुर्घटना, एक जनाको मृत्यु

इलाममा बेली ब्रिजको सामान बोकेको ट्रक दुर्घटना, एक जनाको मृत्यु

निशान निराैला इलाम । इलाम नगरपालिका–१०, बाह्रगोलाईस्थित मेची राजमार्गमा बेली ब्रिजको सामान बोकेको ट्रक दुर्घटना हुँदा एक जनाको मृ...
पहिलो पाइला नेपाल कमल शाखा अध्यक्षमा सञ्जु, पदस्थापना सम्पन्न

पहिलो पाइला नेपाल कमल शाखा अध्यक्षमा सञ्जु, पदस्थापना सम्पन्न

झापा । सामाजिक क्षेत्रमा सक्रिय रहि देशका विभिन्न स्थानमा शाखा विस्तार गर्न सफल संस्था पहिलो पाइला नेपालले कमल शाखाको कार्यसमिति ग...
इटहरी, उदयपुर र गोलबजार जेसीजद्वारा विद्यार्थीलाई शैक्षिक सामग्री वितरण

इटहरी, उदयपुर र गोलबजार जेसीजद्वारा विद्यार्थीलाई शैक्षिक सामग्री वितरण

झापा । मेचीनगर–३ स्थित बलभद्र आधारभूत विद्यालयका विद्यार्थीहरूलाई विभिन्न जेसीज शाखाहरूले शैक्षिक सामग्री वितरण गरेका छन्। नेपा...
ne_NPNepali