मेचीनगर । विद्यार्थीहरूको प्रतिभा र क्षमता अभिवृद्धि गर्ने उद्देश्यले स्कूलस् ब्रेन वेभ सर्कलको आयोजनामा माघ ३ गतेदेखि ५ गतेसम्म पालिका स्तरीय इन्टर स्कूल स्पोर्ट कप आयोजना हुने भएको छ। आयोजकले बुधबार धुलाबारीमा पत्रकार सम्मेलनको आयोजना गरी प्रतियोगिताबारे जानकारी दिएको हो। पत्रकार सम्मेलनमा स्कूलस् ब्रेन वेभ सर्कलका संरक्षक तथा प्याब्सन मेचीनगरका पूर्व अध्यक्ष डम्बर रुचालले विद्यार्थीहरूको प्रतिभा उजागर गर्नुका साथै खेलकुदप्रति उत्साह जगाउन प्रतियोगिता आयोजना गर्न लागिएको बताए। https://youtu.be/wM_3HfMFcUI उनका अनुसार स्पोर्ट कप अन्तर्गत फुटबल, म्याराथुन दौड तथा टेबल टेनिस प्रतियोगिता सञ्चालन हुनेछन्। माघ ३ गते मेचीनगर–३ स्थित बडाखाल खेल मैदानमा सिनियर छात्र तथा छात्रातर्फको फुटबल प्रतियोगिता हुने छ भने सोही…
झापा । आगामी निर्वाचनलाई लक्षित गर्दै झापा–५ मा नयाँ राजनीतिक समीकरण बन्ने संकेत देखिन थालेको छ। नेत्रविक्रम चन्द ‘बिप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (माओवादी)ले वैकल्पिक राजनीतिक धार निर्माण गर्ने रणनीतिसहित सुमन सिंहलाई उम्मेदवारका रूपमा अघि सार्ने विषयमा आन्तरिक छलफल तीव्र पारेको छ। पार्टी स्रोतहरूका अनुसार वर्तमान राजनीतिक परिदृश्यमा देखिएको पश्चिमा प्रभावलाई सन्तुलनमा ल्याउने उद्देश्यसहित सिंहलाई अघि सार्ने तयारी भइरहेको छ। यस सन्दर्भमा छिमेकी मुलुक चीन र भारतबाट अप्रत्यक्ष सहयोगको सम्भावनाबारे समेत राजनीतिक वृत्तमा चर्चा चलेको छ, यद्यपि यसबारे कुनै आधिकारिक पुष्टि भएको छैन। झापा–५ मा एमाले अध्यक्ष केपी ओलीसहित काठमाडौ महानगरका मेयर बालेन शाह भिड्ने चर्चा चुलिएको बेला एकीकृत जनक्रान्तिले…
मेचीनगर, झापा । झापाको मेचीनगर नगरपालिकाको आयोजनामा तथा सशस्त्र प्रहरी बल नेपाल नम्बर–२ गण, झापाको समन्वयमा सञ्चालन गरिएको समुदाय विपद् व्यवस्थापन सम्बन्धी १८ दिने तालिम सम्पन्न भएको छ। नगरपालिकाको सभाहलमा सञ्चालन गरिएको उक्त तालिममा स्थानीय स्वयंसेवक तथा नगर प्रहरी गरी २० जनाको सहभागिता रहेको थियो। तालिममा सशस्त्र प्रहरी बलका प्रशिक्षकहरूले स्थानीयकमार्फत स्थानीय तहमा आइपर्न सक्ने विभिन्न विपद् जोखिम, त्यसको पूर्वतयारी, उद्धार तथा न्यूनीकरणका उपायबारे व्यावहारिक प्रशिक्षण प्रदान गरेका थिए। तालिम समापनका अवसरमा आज काकडभिट्टा खेलमैदानमा प्रशिक्षार्थीहरूलाई प्रमाणपत्र वितरण गर्नुका साथै तालिमका क्रममा सिकेका सीप र ज्ञानको प्रदर्शनीसमेत गरिएको थियो। समापन कार्यक्रममा सशस्त्र प्रहरी बल नेपाल वराह बाहिनीका प्रमुख डिआइजी कुमार…