Skip to main content

Purbi Garjan

समुदाय विपद् व्यवस्थापन सम्बन्धी १८ दिने तालिम मेचीनगरमा सम्पन्न

मेचीनगर, झापा । झापाको मेचीनगर नगरपालिकाको आयोजनामा तथा सशस्त्र प्रहरी बल नेपाल नम्बर–२ गण, झापाको समन्वयमा सञ्चालन गरिएको समुदाय विपद् व्यवस्थापन सम्बन्धी १८ दिने तालिम सम्पन्न भएको छ।


नगरपालिकाको सभाहलमा सञ्चालन गरिएको उक्त तालिममा स्थानीय स्वयंसेवक तथा नगर प्रहरी गरी २० जनाको सहभागिता रहेको थियो। तालिममा सशस्त्र प्रहरी बलका प्रशिक्षकहरूले स्थानीयकमार्फत स्थानीय तहमा आइपर्न सक्ने विभिन्न विपद् जोखिम, त्यसको पूर्वतयारी, उद्धार तथा न्यूनीकरणका उपायबारे व्यावहारिक प्रशिक्षण प्रदान गरेका थिए।


तालिम समापनका अवसरमा आज काकडभिट्टा खेलमैदानमा प्रशिक्षार्थीहरूलाई प्रमाणपत्र वितरण गर्नुका साथै तालिमका क्रममा सिकेका सीप र ज्ञानको प्रदर्शनीसमेत गरिएको थियो।


समापन कार्यक्रममा सशस्त्र प्रहरी बल नेपाल वराह बाहिनीका प्रमुख डिआइजी कुमार न्यौपाने, झापा जिल्ला प्रशासन कार्यालयका प्रमुख शिवराम गेलाल, सशस्त्र प्रहरी बल नम्बर–२ गणका गणपति तुलबहादुर भण्डारी, जिल्ला प्रहरी कार्यालय झापाका प्रमुख एसपी राजन लिम्बू तथा मेचीनगर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत अग्निप्रसाद अधिकारीलगायतको उपस्थिति रहेको थियो।


कार्यक्रममा वक्ताहरूले यस्ता किसिमका विपद् व्यवस्थापन सम्बन्धी तालिमहरू नगरस्तरमा मात्र सीमित नराखी वडा तथा टोल तहसम्म विस्तार गर्न आवश्यक रहेकोमा जोड दिएका थिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

अवैध मोटर पार्ट्ससहितको गाडी छुटेपछि काकडभिट्टामा सशस्त्रको कारबाहीमाथि प्रश्न

अवैध मोटर पार्ट्ससहितको गाडी छुटेपछि काकडभिट्टामा सशस्त्रको कारबाहीमाथि प्रश्न

मेचीनगर। नेपालको पुर्वी सिमा काँकरभिट्टामा मेची खोलाबाट गैरी गाउँ हुँदै अवैध रूपमा नेपाल भित्र्याइएको मोटर पार्ट्ससहित नियन्त्रणमा...
इलाममा बेली ब्रिजको सामान बोकेको ट्रक दुर्घटना, एक जनाको मृत्यु

इलाममा बेली ब्रिजको सामान बोकेको ट्रक दुर्घटना, एक जनाको मृत्यु

निशान निराैला इलाम । इलाम नगरपालिका–१०, बाह्रगोलाईस्थित मेची राजमार्गमा बेली ब्रिजको सामान बोकेको ट्रक दुर्घटना हुँदा एक जनाको मृ...
पहिलो पाइला नेपाल कमल शाखा अध्यक्षमा सञ्जु, पदस्थापना सम्पन्न

पहिलो पाइला नेपाल कमल शाखा अध्यक्षमा सञ्जु, पदस्थापना सम्पन्न

झापा । सामाजिक क्षेत्रमा सक्रिय रहि देशका विभिन्न स्थानमा शाखा विस्तार गर्न सफल संस्था पहिलो पाइला नेपालले कमल शाखाको कार्यसमिति ग...
इटहरी, उदयपुर र गोलबजार जेसीजद्वारा विद्यार्थीलाई शैक्षिक सामग्री वितरण

इटहरी, उदयपुर र गोलबजार जेसीजद्वारा विद्यार्थीलाई शैक्षिक सामग्री वितरण

झापा । मेचीनगर–३ स्थित बलभद्र आधारभूत विद्यालयका विद्यार्थीहरूलाई विभिन्न जेसीज शाखाहरूले शैक्षिक सामग्री वितरण गरेका छन्। नेपा...
ne_NPNepali