Skip to main content

Purbi Garjan

समुदाय विपद् व्यवस्थापन सम्बन्धी १८ दिने तालिम मेचीनगरमा सम्पन्न

मेचीनगर, झापा । झापाको मेचीनगर नगरपालिकाको आयोजनामा तथा सशस्त्र प्रहरी बल नेपाल नम्बर–२ गण, झापाको समन्वयमा सञ्चालन गरिएको समुदाय विपद् व्यवस्थापन सम्बन्धी १८ दिने तालिम सम्पन्न भएको छ।


नगरपालिकाको सभाहलमा सञ्चालन गरिएको उक्त तालिममा स्थानीय स्वयंसेवक तथा नगर प्रहरी गरी २० जनाको सहभागिता रहेको थियो। तालिममा सशस्त्र प्रहरी बलका प्रशिक्षकहरूले स्थानीयकमार्फत स्थानीय तहमा आइपर्न सक्ने विभिन्न विपद् जोखिम, त्यसको पूर्वतयारी, उद्धार तथा न्यूनीकरणका उपायबारे व्यावहारिक प्रशिक्षण प्रदान गरेका थिए।


तालिम समापनका अवसरमा आज काकडभिट्टा खेलमैदानमा प्रशिक्षार्थीहरूलाई प्रमाणपत्र वितरण गर्नुका साथै तालिमका क्रममा सिकेका सीप र ज्ञानको प्रदर्शनीसमेत गरिएको थियो।


समापन कार्यक्रममा सशस्त्र प्रहरी बल नेपाल वराह बाहिनीका प्रमुख डिआइजी कुमार न्यौपाने, झापा जिल्ला प्रशासन कार्यालयका प्रमुख शिवराम गेलाल, सशस्त्र प्रहरी बल नम्बर–२ गणका गणपति तुलबहादुर भण्डारी, जिल्ला प्रहरी कार्यालय झापाका प्रमुख एसपी राजन लिम्बू तथा मेचीनगर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत अग्निप्रसाद अधिकारीलगायतको उपस्थिति रहेको थियो।


कार्यक्रममा वक्ताहरूले यस्ता किसिमका विपद् व्यवस्थापन सम्बन्धी तालिमहरू नगरस्तरमा मात्र सीमित नराखी वडा तथा टोल तहसम्म विस्तार गर्न आवश्यक रहेकोमा जोड दिएका थिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

झापामा गोली चल्यो : खैरो लागूपदार्थसहित दुई जना पक्राउ

झापामा गोली चल्यो : खैरो लागूपदार्थसहित दुई जना पक्राउ

झापा । झापाको सालमारा क्षेत्रबाट प्रतिबन्धित लागूऔषध खैरो हेरोइनजस्तो देखिने पदार्थसहित दुई जना युवा पक्राउ परेका छन्। कात्तिक ११...
काकडभिट्टा नाकामा सशस्त्र प्रहरीको विभेद: सिटी रिक्सामा मुद्दा, स्कोरपियो सहजै पार

काकडभिट्टा नाकामा सशस्त्र प्रहरीको विभेद: सिटी रिक्सामा मुद्दा, स्कोरपियो सहजै पार

काकडभिट्टा नाका: कानुन होइन सशस्त्र प्रहरीको मनोमानी चल्छ, गरिबको सिटी रिक्सामा मुद्दा दर्ता, धनाड्यको स्कोरपियो सेटिङमै छाडियो। र...
काकडभिट्टा-पानीटंकी  नाकामा सुन–चाँदीसहित ४ भारतीय पक्राउ, गाडीसहित भन्सार बुझाइयो

काकडभिट्टा-पानीटंकी  नाकामा सुन–चाँदीसहित ४ भारतीय पक्राउ, गाडीसहित भन्सार बुझाइयो

काकडभिट्टा । पूर्वी नेपालको प्रमुख नाका काकडभिट्टासँग सिमाना जोडिएको भारतको पानीटंकी क्षेत्रमा सुन र चाँदीसहित चार जना भारतीय नागर...
पञ्चायती कालको यातना सम्झाउँदै ‘इरफान अली’ नाटक मेचीनगरमा मञ्चन

पञ्चायती कालको यातना सम्झाउँदै ‘इरफान अली’ नाटक मेचीनगरमा मञ्चन

झापा, मेचीनगर। पञ्चायती व्यवस्थाको समयमा जेलभित्र हुने अमानवीय यातना, दमन र विभेदलाई उजागर गर्ने उद्देश्यसहित ‘इरफान अली’ नामक नाट...
ne_NPNepali