Skip to main content

Purbi Garjan

मेचीनगरमा माघ ३ देखि पालिका स्तरीय इन्टर स्कूल स्पोर्ट कप, १४ विद्यालयको सहभागिता

मेचीनगर । विद्यार्थीहरूको प्रतिभा र क्षमता अभिवृद्धि गर्ने उद्देश्यले स्कूलस् ब्रेन वेभ सर्कलको आयोजनामा माघ ३ गतेदेखि ५ गतेसम्म पालिका स्तरीय इन्टर स्कूल स्पोर्ट कप आयोजना हुने भएको छ।

आयोजकले बुधबार धुलाबारीमा पत्रकार सम्मेलनको आयोजना गरी प्रतियोगिताबारे जानकारी दिएको हो। पत्रकार सम्मेलनमा स्कूलस् ब्रेन वेभ सर्कलका संरक्षक तथा प्याब्सन मेचीनगरका पूर्व अध्यक्ष डम्बर रुचालले विद्यार्थीहरूको प्रतिभा उजागर गर्नुका साथै खेलकुदप्रति उत्साह जगाउन प्रतियोगिता आयोजना गर्न लागिएको बताए।


उनका अनुसार स्पोर्ट कप अन्तर्गत फुटबल, म्याराथुन दौड तथा टेबल टेनिस प्रतियोगिता सञ्चालन हुनेछन्। माघ ३ गते मेचीनगर–३ स्थित बडाखाल खेल मैदानमा सिनियर छात्र तथा छात्रातर्फको फुटबल प्रतियोगिता हुने छ भने सोही दिन बिहान १० बजे छात्र–छात्रातर्फको म्याराथुन दौड प्रतियोगिताको उद्घाटन गरिनेछ।

टेबल टेनिस प्रतियोगिता माघ ४ गते मेचीनगर–९ स्थित ल्होत्से अंग्रेजी माध्यमिक विद्यालयमा सञ्चालन हुने आयोजकले जनाएको छ।
म्याराथुन दौड प्रतियोगिता माघ ३ गते बिहान १० बजे इटाभट्टा चोकबाट सुरु हुनेछ। प्रतियोगितामा छात्रातर्फ ३ किलोमिटर र छात्रतर्फ ४ किलोमिटर दूरी तय गर्नुपर्ने व्यवस्था गरिएको छ।

प्रतियोगिताको विशेषता बताउँदै रुचालले भने, “यस प्रतियोगितामा विजेता–उपविजेता हुँदैनन्। प्रत्येक खेलाडीको प्रतिभा पहिचान गरिनेछ र प्रत्येक नकआउट चरणमै खेलाडीहरू पुरस्कृत हुनेछन्।”
उनका अनुसार ग्रोथ ट्याग मूल्याङ्कन विधिमार्फत विद्यार्थीहरूको प्रतिभा मूल्याङ्कन गरिने भएकाले धेरै विद्यार्थीहरू पुरस्कृत हुनेछन्।

प्रतियोगितामा २ वटा सामुदायिक र १२ वटा संस्थागत गरी १४ वटा विद्यालय सहभागी हुनेछन्। प्रतियोगिता सम्पन्न गर्न करिब २ लाख ५० हजार रुपैयाँ खर्च हुने अनुमान गरिएको छ।
नयाँ मोडालिटी प्रयोग गरेर विद्यार्थीहरूको प्रतिभा पहिचान र प्रोत्साहन गर्ने उद्देश्यले सीमित विद्यालय तथा विद्यार्थीहरूलाई सहभागिता गराइएको आयोजकको भनाइ छ।

पत्रकार सम्मेलनमा स्कूलस् ब्रेन वेभ सर्कलका कार्यक्रम संयोजक भोजबहादुर कार्कीले विद्यार्थीहरूलाई नवीन कार्यक्रममार्फत प्रोत्साहित गर्न ब्रेन वेभ सर्कल गठन गरिएको बताए।
प्याब्सनको वैकल्पिक संगठन हो ? भन्ने पत्रकारको प्रश्नमा उनले भने, “प्याब्सन फुटेको छैन। हाम्रो अभियानले प्याब्सनलाई अझ जिम्मेवार र सशक्त बनाउँछ। हामी सबै प्याब्सनकै सदस्य हौं।”

पत्रकार सम्मेलनमा झापा नेशनल स्कूलका प्रिन्सिपल कमल भेटवाल, ल्होत्से अंग्रेजी माध्यमिक विद्यालयका प्रिन्सिपल कमल नेपाल लगायतको उपस्थिति रहेको थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

देउमाईमा बोलेरो दुर्घटना हुँदा चालकको घटनास्थलमै मृत्यु

देउमाईमा बोलेरो दुर्घटना हुँदा चालकको घटनास्थलमै मृत्यु

निशान निराैला इलाम। इलामको देउमाई नगरपालिका–१ साधुगाउँमा बोलेरो दुर्घटना हुँदा चालकको घटनास्थलमै मृत्यु भएको छ। बिहीबार बिहान ...
अवैध मोटर पार्ट्ससहितको गाडी छुटेपछि काकडभिट्टामा सशस्त्रको कारबाहीमाथि प्रश्न

अवैध मोटर पार्ट्ससहितको गाडी छुटेपछि काकडभिट्टामा सशस्त्रको कारबाहीमाथि प्रश्न

मेचीनगर। नेपालको पुर्वी सिमा काँकरभिट्टामा मेची खोलाबाट गैरी गाउँ हुँदै अवैध रूपमा नेपाल भित्र्याइएको मोटर पार्ट्ससहित नियन्त्रणमा...
इलाममा बेली ब्रिजको सामान बोकेको ट्रक दुर्घटना, एक जनाको मृत्यु

इलाममा बेली ब्रिजको सामान बोकेको ट्रक दुर्घटना, एक जनाको मृत्यु

निशान निराैला इलाम । इलाम नगरपालिका–१०, बाह्रगोलाईस्थित मेची राजमार्गमा बेली ब्रिजको सामान बोकेको ट्रक दुर्घटना हुँदा एक जनाको मृ...
पहिलो पाइला नेपाल कमल शाखा अध्यक्षमा सञ्जु, पदस्थापना सम्पन्न

पहिलो पाइला नेपाल कमल शाखा अध्यक्षमा सञ्जु, पदस्थापना सम्पन्न

झापा । सामाजिक क्षेत्रमा सक्रिय रहि देशका विभिन्न स्थानमा शाखा विस्तार गर्न सफल संस्था पहिलो पाइला नेपालले कमल शाखाको कार्यसमिति ग...
ne_NPNepali