आज २१ पmागुन २०८१ शहिद सप्ताह, सुखानी दिवश अर्थात आज भन्दा ठिक ५२ बर्ष अगाडि २१ पmागुन २०२९ सालमा झापा र इलामको सिमानामा पर्ने सुखानी जंगलमा जनताका प्रिय नेता तथा योद्धाहरु रामनाथ दाहाल बर्ष ३४, नेत्र घिमिरे बर्ष २५, बिरेन राजबंशी बर्ष ३१, कृष्ण कुंइकेल बर्ष १८, नारायण श्रेष्ठ बर्ष १७ लाइ झापाबाट इलाम जेल सार्ने बाहनामा सुखानी जंगलमा गोली हानेर निर्ममता पुर्वक हत्या गरेको दिन हो । तत्कालिन पंचायती सत्ताले झापामा उठेको किसान बिद्रोह माथि निर्मम दमन गर्यो । दर्जनौ योद्धाहरुको हत्या, हिरासत र जेलका कालकोठरिहरु जनताको उक्त बिद्रोहले झेल्नु पर्यो । हात्ति लगाएर झापाली जनताका घर छाप्राहरु भत्काइए ।…

कपिलवस्तु। नेपाल कम्युनिस्ट पार्टीका स्थायी समिति सदस्य एवम् प्रवक्ता प्रकाण्डले अहिले साम्राज्यवाद र दलाल पुँजीवादविरुद्ध बृहत् मोर्चाबन्दी अपरिहार्य रहेको बताएका छन् । पार्टी केन्द्रीय समितिको छैटौं बैठकमा सोमबार प्रशिक्षण मन्तव्य राख्दै प्रवक्ता प्रकाण्डले अमेरिकी साम्राज्यवादको हस्तक्षेप तीव्रतामा बढेकाले स्वाधीनताका लागि मोर्चा जरुरी रहेको बताएका हुन् । “अहिले देशको स्वाधीनताको खतरा मानिएको साम्राज्यवाद र नेपाली विशेषताको समाजवादको अवरोधको रूपमा रहेको दलाल पुँजीवाद देशको शान्ति र समृद्धिका लागि मुख्य समस्याको रूपमा रहेको छ-“कपिलवस्तुमा जारी केन्द्रिय समिति बैठकमा बोल्दै प्रकाण्डले भने-“यदि देशको स्वाधीनताको रक्षा गर्ने हो र नेपाली जनताको अधुरो सपना पूरा गर्ने हो भने अब देशभक्त र प्रगतिशील शक्तिहरुसङ्ग नयाँ मोर्चा अपरिहार्य…

शोभराज बराल काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीका महासचिव विप्लव सीले नेपालमा दलाल पुँजीवाद जति समयसम्म रह्यो नेपाली जनताले त्यतिनै दुःख पाउने बताएका छन् । शनिबार नेकपा पुनर्गठनको दिवसको अवसरमा राजधानीमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै विप्लवले दलाल संसदीय पुँजीवाद रहँदासम्म जनताले दुःख पाइरहने बताएका हुन् । विप्लवले यो व्यवस्थाले जनताको थाप्लोमा ऋण थप्ने बाहेक अरु केही पनि गर्न नसक्ने जिकिर गरे । उनले यो व्यवस्या रहेसम्म नेपाली जनताले सुख नपाउने, नेपालमा विद्यार्थीले राम्रो शिक्षा नपाउने, युवाले राम्रो रोजगारी नपाउने, श्रमिकले राम्रो ज्याला नपाउने बताए । विप्लवले यो व्यवस्था अन्त्य गर्नका लागि नेपाल कम्युनिस्ट पार्टी संघर्षमा रहेको बताउँदै नेपालमा समाजवाद अबको विकल्प…

निराशा बिरुद्ध आशा सुमनसिंह सी हामि सानैदेखि कम्युनिष्ट आन्दोलनमा चाखपुर्वक सहभागि भयौं । आफ्नो वरिपरि बिधमान अत्याचार लाइ निमिटान्न पार्ने काम कम्युनिष्ट आन्दोलनबाट मात्र संभव छ भन्ने बुझ्यौं । र, यो सांचो कुरा आजपनि मृगतृष्णाको रुपमा रहेको छ । मेरो मात्र होइन उस्तै हालत मनकुमार तामाङको पनि छ । उनले पनि कम्युनिष्ट सत्ताको अभिलासा पछ्याइरहेका छन ७७ बर्षे उमेर सम्म । धर्मप्रसाद ढकालको सफाया गरेर १८ बर्ष जेल जिवन बिताएका, झण्डै ६५ बर्ष कम्युनिष्ट भएर बिताएका उनिसंग हाम्रो तुलना होइन तर उनि भन्दा ४३ बर्ष पछि जन्मीएको मैले पनि त्यहि सपना देखेको छु, त्यहि दुख भोगिरहेको छु । जुन सपना…
काठमाडौं । नेपाल कम्युनिस्ट पार्टीका स्थायी समिति सदस्य तथा प्रवक्ता प्रकाण्ड सीले महिला बर्ग संधै जित्ने बर्गका रुपमा स्थापित भएको बताएका छन् । शनिबार काठमाडौंमा बसेको अखिल नेपाल महिला संघ (क्रान्तिकारी) बागमति प्रदेशको प्रथम विस्तारित बैठकलाई सम्बोधन गर्दै प्रकाण्डले इतिहास हेर्दा अपवादबाहेक महिलाले संधै जित्ने गरेको बताए । नेकपा बागमती प्रदेश इन्चार्जसमेत रहेको प्रकाण्डले विश्वका कुनै पनि क्रान्ति महिलाको सहभागिता बिना सम्भव नभएको तर्क गर्दै नेपालमा एकीकृत जनक्रान्ति पनि महिला सहभागिताविना सम्भव नहुने बताए । ‘जनयुद्धमा हजारौं महिलाको सहभागिता रहेको थियो । उहाँहरुले ठूलो संघर्ष र बलिदान पनि गर्नुभएको छ । उहाँहरुको बलिदानका कारण नेपालमा महिलालाई ३३ प्रतिशत अधिकार प्राप्त भएको…

काठमाडौं, २५ जेठ । सुनको भाउले लगातार रेकर्ड तोड्दै गएको छ। आज १ लाख ४४ हजार रुपैयाँ पुगेर रेकर्ड बनाएको छापावाला सुनको भाउले आज फेरि अर्को रेकर्ड बनाएको हो। आज छापावाला सुनको भाउ १ लाख ४५ हजार रुपैयाँमा कारोबार भइरहेको छ। बिहीबारको तुलनामा शुक्रबार सुनको भाउ एक हजार रुपैयाँ बढेको हो। नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार आज तेजाबी सुनको भाउ १ लाख ४४ हजार ३०० रुपैयाँमा कारोबार भइरहेको छ। हिजो तेजाबी सुनको भाउ १ लाख ४३ हजार ३०० रुपैयाँमा कारोबार भएको थियो। आज प्रतितोला चाँदीको मूल्य १ हजार ९०० रुपैयाँमा कारोबार भइरहेको छ। बिहीबार प्रतितोला चाँदीको मूल्य १ हजार ८५०…

बलराम शिवाकोटी, दोलखा २५ जेठ । दोलखाका एक युवाले साइकलबाट विश्व भ्रमण सुरु गरेका छन् । दोलखा जिल्ला कालिञ्चोक गाउँपालिका वडा नम्वर ३ लामिडाँडाका युवा अभिनय कार्कीले बिहीबार देखि दोलखाको सदरमुकाम चरिकोटबाट विश्व साईकल यात्रा सुरु गरेका हुन् । साइकल यात्राको शुभारम्भमा दोलखाका प्रतिनिधि सभाका सांसद गंगा कार्की ‘विश्व’ ले नेपालको राष्ट्रिय झण्डा प्रदान गरे पछि कार्कीले साइकल यात्राको सुरु गरेका थिए । विश्व साइकल यात्रा शुभारम्भ कार्यक्रममा कार्कीलाई विदाई गर्न नेपाली कांग्रेस दोलखाका सभापति वर्मा लामा, एमाले जिल्ला अध्यक्ष नरबहादुर श्रेष्ठ, नेकपा माओवादी केन्द्र दोलखाका अध्यक्ष कमल श्रेष्ठलगायत राजनीति दलका नेताहरु तथा प्रमुख जिल्ला अधिकारी टुवराज पोखरेल, कालिञ्चोक गाउँपालिका…

२४ जेठ, काठमाडौं । सरकारले भारत र अमेरिकासहित ११ देशका राजदूतलाई फिर्ता बोलाउने निर्णय गरेको छ । मन्त्रिपरिषद्को बिहीबार बसेको बैठकले भारत, अमेरिका, बेलायत,साउदी अरब, दक्षिण कोरिया, मलेसिया, स्पेन, डेनमार्क, इजरायल, कतार र पोर्चुगलका लागि नेपाली राजदूतलाई फिर्ता बोलाउने निर्णय गरेको हो । भारतमा डा. शंकर शर्मा, अमेरिकामा श्रीधर खत्री, बेलायतमा ज्ञानचन्द्र आचार्य राजदूत छन् । उनीहरुलाई ११ कात्तिक २०७८ मा शेरबहादुर देउवा नेतृत्वको सरकारले राजदूत सिफारिस गर्ने निर्णय गरेको थियो । यस्तै साउदी अरेबियामा नवराज सुवेदी, दक्षिण कोरियामा ज्योति प्याकुरेल, मलेसियामा डिल्लीराज पौडेल, स्पेनमा शर्मिला पराजुली ढकाल, डेनमार्कमा प्रा. डा. रामसुरज यादव र इजरायलमा कान्ता रिजाल राजदूत छन् ।…

स्कुले जीवनमा नेपालको पर्यटनबारे धेरै सुनेको, पढेको र लेखेको थिएँ तर पर्यटन मन्त्रालयका बारेमा मलाई थाहा थिएन । जनताको मुक्तिबाहेक पद–प्रतिष्ठाको सपना नबोकी गाउँबाट हिँडेको यात्री म, कालान्तरमा सिंहदरबारमा पर्यटनमन्त्रीका रूपमा काम गर्न पुगेँ । मन्त्रालयमा रहँदा दैनिक १६ घन्टा काम गरेँ । त्यसबिचमा बिहानदेखि बेलुका अबेरसम्म काम गर्दा धपेडीले मलाई अल्सर भयो । मेरो ढाड दुख्यो । खाने र सुत्ने ठेगान भएन । किनकि म आफ्नै शरीर घोटेर परिणाम देखाउन चाहन्थे । पर्यटन मन्त्रालय जहाज र क्यासिनोको मन्त्रालयजस्तो मात्रै थियो । म गएदेखि संस्कृति र पर्यटनमा पनि फोकस भएँ । त्यसमा चिन्तन–मनन गर्दै विभिन्न मान्छेहरू भेट्दै आफ्नै मनलाई सोध्दै…

– नारायण गिरी स्यापियन्स (मानव जातिको संक्षीप्त इतिहास) इजरायलको जेरूसेलमा अवस्थित हिब्रू विश्वविद्यालयका प्रोफेसर डा. युवाल नोआ हरारीद्वारा लिखित अत्यन्तै चर्चा पाएको पुस्तक हो। यो पुस्तक पहिलो पटक सन् २०११ मा प्रकाशित भएको हो र त्यतिबेलादेखि नै यो अति धेरै चर्चामा आएको थियो। मानव इतिहासलाई आश्चर्यचकित रूपमा स्पष्ट गरिदिने यो पुस्तकलाई अन्तर्राष्ट्रिय स्तरमा नै अति धेरै रूचाइएको देखिन्छ। यो पुस्तक ४० भन्दा बढी भाषाहरूमा अनुवाद भएर संसारका सबै ठाउँमा पुगेको पाइन्छ। स्यापियन्समा मानव इतिहासको विस्तृत विवरण उल्लेख गरिएको छ। यसलाई ग्रन्थ भन्दा पनि प्रामाणिक दस्तावेजको रूपमा समेत लिने गरेको देखिन्छ। यसमा लेखिएका तथ्यहरूलाई अस्वीकार गर्न सकिंदैन। हामीले अहिलेसम्म पढेका मानव…