Purbi Garjan

निराशा बिरुद्ध आशा – कम्युनिस्ट बिरुद्ध हौवा र त्यसको प्रतिकार

Advertisement

निराशा बिरुद्ध आशा
सुमनसिंह सी
हामि सानैदेखि कम्युनिष्ट आन्दोलनमा चाखपुर्वक सहभागि भयौं । आफ्नो वरिपरि बिधमान अत्याचार लाइ निमिटान्न पार्ने काम कम्युनिष्ट आन्दोलनबाट मात्र संभव छ भन्ने बुझ्यौं । र, यो सांचो कुरा आजपनि मृगतृष्णाको रुपमा रहेको छ ।

मेरो मात्र होइन उस्तै हालत मनकुमार तामाङको पनि छ । उनले पनि कम्युनिष्ट सत्ताको अभिलासा पछ्याइरहेका छन ७७ बर्षे उमेर सम्म । धर्मप्रसाद ढकालको सफाया गरेर १८ बर्ष जेल जिवन बिताएका, झण्डै ६५ बर्ष कम्युनिष्ट भएर बिताएका उनिसंग हाम्रो तुलना होइन तर उनि भन्दा ४३ बर्ष पछि जन्मीएको मैले पनि त्यहि सपना देखेको छु, त्यहि दुख भोगिरहेको छु । जुन सपना आजको दिन सम्म पुरा हुन सकेको छैन ।
नेपालका कम्युनिष्ट पार्टीहरुले सपनाको खेति गरेका हुन वा सांच्चिकै सपना पुरा गर्ने यात्रामै लागेका हुन यो प्रश्न मेरि आमाको पनि छ र छिमेकि काकाको पनि, कहिले सम्म यस्तै र यसरि नै लडिरहने ? उनिहरु हिजो पनि यस्तै कुरा गर्थे, आज सबै ठग बने । यतिबेला नेपालका कम्युनिष्ट नेता पार्टी र आन्दोलनकै बदनाम हुने गरि प्रतिकृयावादीहरु संग घांटि जोडेर हिंडिरहेका छन् । तिमीहरु प्नि उस्तै त हौला ? झापा बिद्रोहका योद्धा हुन वा जनयुद्धका ति सबैको जिवन हेरत कति कष्टकर छ ? शहिद परिवारलाइ हेरत कस्तो हालतमा उनिहरु बांचिरहेका छन् ? घाइते अपाङ्गलाइ हेर उनिहरुको छटपटाहट कस्तो छ ? सानो दुर्गा अधिकारीको धुलाबारीको धुले घर र उनको बिजोगको चर्चा उत्तिकै छ । हर्क खड्का हराएको हराएअ‍ै भए ।

कम्युनिष्टहरुले धेरै पटक सरकारको नेत्रित्व गरिसके । अझ झापा बिद्रोहको योद्धा केपी ओलीले लामो समय सम्म सरकारको नेत्रित्व गर्ने अवस्था बन्यो । तर, कहिल्यै पनि आन्दोलनका क्रममा योगदान गरेका योद्धाहरुको जिवनलाइ सहज बनाउने प्रयत्न गरेको पाइएन । मनमोहन अधिकारी देखी आजको समयमा प्रचण्डले नेत्रित्व गरिरहेको कुनैपनि सरकारले घाइते योद्धा, शहिद परिवार वा जेल जिवनका कष्टकर समयहरुमा संगै दुख गरेका कमरेडहरुको जिवनलाइ ब्यवीस्थत गर्न सहयोग गरेको पाइएन । के उनिहरुले नचाहेर हो ? या नजानेर हो ? यदि यसो होइन भने उनिहरुलाइ अपठ्यारो कंहा परेको छ ? आज किन मानकुमार तामाङ हुन वा सिक्सम या यस्ता हज्जारौं पात्रहरु सहयोगको याचना गर्दै, चन्दा मागेर औषधि खाने अवस्थामा पुगे ? प्रश्नै प्रश्न छ । तर, जवाफ कसैले दिन चाहेका छैनन । त्यसैले बर्गबैरिहरुले निराशाको खेति गर्ने अवशर पाएका छन् ।

देश र जनता भनेर उनिहरु यत्रो लडे, त्याग गरे, जिवनको अमुल्य समय आन्दोलनमा खर्च गरे तर हेर उनिहरुको जिवनको दुर्दशा । तिमीहरुको हालत पनि यस्तै त हुने हो, त्यसैले भयो छोड केहि हुंदैन भन्ने भाष्य समाजमा थापित गर्ने प्रयत्न भएको छ । यो निराशाको नियोजित खेति हो । यो खेतिमा कम्युनिष्ट आन्दोलनलाइ ध्वस्त गर्ने, समाजको अग्रगामि धारालाइ निरुत्साहित गर्ने, बलिदान सहित उठेको साम्राज्यवाद बिरोधि सपनाको हत्या गर्ने, युवा बिधार्थी र नौजवान हरुले पुंजिवादको लुटखसोट बिरुद्ध नंया आन्दोललाइ पुनरसंगठित नगरुन भन्ने योजनाको बिशाल बृक्षलाइ हुर्काइएको छ । अहिले यहि निराशा फलाइरहेको बृक्षको शितलतामा बलियो बन्दैछ आजको पुंजिवाद, आजको साम्राज्यवाद ।

यो सबै नियोजित छ र यो निराशा फैलाउन प्रयोग भइरहेका कम्युनिष्ट भनिनेहरु कतै प्रायेजित त छैनन ? यी प्रश्नहरु तथ्यहरुले अवश्य जन्माएका छन् । त्यसैले प्रतिगामी, यथास्थितीवादी र बिभिन्न आवरणमा काम गरिरहेका पुंजिवादका कठपुतलीहरुले सल्बलाउने अवशर पाएका छन् । उनिहरु जोड जोडले झापा बिद्रोह, जनयुद्ध वा अन्य न्यायपुर्ण आन्दोलन बिरुद्ध बोल्न थालेका छन् । झापा बिद्रोका योद्धाहरुलाइ हत्यारा भन्ने, सुखानीमा स्थापित शहीदको शालिक ढाल्छौं भन्ने, जनयुद्धलाइ अपराधिकरण गर्ने, संघर्षकालिन मुद्धाहरु ब्युंताउने सम्मका कार्यहरु भैरहेका छन् । तर झापा बिद्रोह वा जनयुद्ध यसको नेत्रित्वकर्ताहरु मौन छन्, उनिहरुको आवाजमा कुनै दम छैन । न्यायपुर्ण आन्दोलन बिरुद्ध, योद्धाहरु बिरुद्ध, शहिद र उनका परिवार बिरुद्ध हर्कत हुंदा मौनता सांध्ने त छंदैछ, आन्दोलनका योद्धा, शहिद, उनका परिवार सबै यो राज्यबाट अपहेलित छन् । यसले कम्युनिष्ट नेताहरु बिरुद्ध गंभिर प्रश्न जन्माएको छ । सुन्दर सपना बोकेको कम्युनिष्ट आन्दोलन माथि यहि प्रश्न उठाउन पुंजिवादले यो चाल चल्यो र यसको मतियारि गरे कम्युनिष्ट नेताहरुले ।

आजको बिश्व पुंजिवाद संकटहरुको पहाडले किचिए पनि आफ्ना बिरोधिहरुलाइ फुटाउन, कमजोर पार्न, निराशाको खेतिमा खेल्न सफल भैरहेको छ । शोषणको सत्ता चलाएर जिंउदो बनेको पुंजिवाद आफ्नो बिरोधि सत्ता, बिचार, आन्दोलन बैज्ञानिक समाजवाद संग हर समय कांपिरहेको छ । मार्कसवादी आन्दोलनलाइ उसले चुनौतिको रुपमा देखिरहेको छ । र यो आन्दोलनको जवरजस्त प्रभाव र सभांवना नेपालमा छ । नेपालमा कम्युनिष्ट जनमत ठुलो छ । समाजवादीहरुको जनमत ठुलो छ । कम्युनिष्ट आन्दोलनलाइ बदनाम बनाएर सकिन्छ वा सकियो भनेर उसले ठाने पनि क्रान्तिकारीहरुको सचेत पहलकदमिले उसको योजनालाइ फिक्का सावित गरिदिएको छ । नेपालमा केपी ओली र प्रचण्डलाइ पुंजिवादको टाङमुनि आत्मसमर्पण गराइयो र त्यो आन्दोलनलाइ ध्वस्त गरियो भन्ने ठानेको पुंजिवाद नेपाल कम्युनिष्ट पार्टीका महासचिब कमरेड बिप्लव सीको पहल र प्रयत्न संगै झस्किएको छ । र कमरेड बिप्लव र आगामि आन्दोलनलाइ कमजोर पार्न बिभिन्न षड्यन्त्र गरिरहेको छ । कम्युनिष्ट र समाजवादी शक्तिहरुलाइ भिडाउने पश्मि बंगाल मोडेलमा समेत लाने प्रयत्न भएको छ । यधपि नेपालमा बिधमान जवरजस्त कम्युनिष्ट आन्दोलन, समाजवादी जनता र सचेत पहलको निरन्तरताले पुंजिवाद बिजयी हुन सकेको छैन । तर निराशाको खेति लगाउने काम जारि छ ।

पुंजिवादले पैदा गरिरहेको निराशा संग अनेकौं बिकल्पहरुलाइ जोड्ने र जनतालाइ भड्काउने प्रयत्न भैरहेको छ । प्रतिगामी, पश्चगामी तत्वहरु बिभिन्न अनुहारमा रातारात तयार गरेर प्रस्तुत गरिएको छ । उनिहरुको मंचबाट कम्युनिष्टहरु बिरुद्ध निरन्तर बमबार्ड भैरहेको छ । आज नेपालका कम्युनिष्टहरुले यो बुझ्न जरुरि भएको छ कि पुंजिवाद समाजको अग्रगामी निकास बिरुद्ध, बैज्ञानिक समाजवाद स्थापना गर्ने संभावना बिरुद्ध एकदमै नजिकबाट हमला गरिरहेको छ । त्यो हमला निराशाको मंच खडा गरेर त्यसमार्फत भैरहेको छ । आन्दोलन र त्यस संग जोडिएका योद्धाहरु शहिद परिवारहरुलाइ बेपर्वाह छोडेर, बिजोग बनाएर, रुवाएर नंया पुस्तालाइ आन्दोलनमा सहभागि हुन निरुत्साहित गर्ने कार्य भइरहेको छ । पुंजिवादले यो कुरा बुझेको छ कम्युनिष्ट आन्दोलनलाइ एकैपटक खाने गल्ति गरेर आंफ्नो असलियत सार्वजानि गर्नु प्रत्युत्पादक हुन जान्छ । नेपालमा जारि कम्युनिष्ट आन्दोलनलाइ पुंजिवाद टुक्रा टुक्रामा नष्ट गर्ने योजना सहित सफल हुंदै गइरहेको छ ।
त्यसैले उसले सुखानिमा शालिक बनाउन छुट दिन्छ तर त्यही सुखानी हत्या काण्डमा बंचेका योद्धा मानकुमार तामाङको जिवनलाइ बिजोग पार्छ । नौजवानहरुलाइ शालिक मार्फत आन्दोलनको इतिहास दर्शाउंछ र वर्तमानमा बिजोग अवस्थामा रहेका योद्धाहरु मार्फत ईतिंहास, बलिदान र यसको आजको सान्धर्भिकता प्रति बितृष्णा फैलाउदै निराशाको ब्यापार गर्छ । इतिहांसलाइ निम्छरो सावित गर्न वर्तमानमा नेत्रित्व गरिरहेका नेताहरुलाइ बिकृत पार्छ, जनबिरोधि कार्यमा सहभागि गरांउछ, परिवर्तन बिरोधि कार्यको मतियारी गरांउछ । कम्युनिष्ट पार्टी, आन्दोलनलाइ सबै कोणबाट खत्तम गर्ने योजनामा पुंजिवाद सफल हुंदै गएको छ । तर, यो सफलता नै उसको सम्पुर्ण सफलता होइन । नेपालबाट कम्युनिष्टहरुलाइ सम्पुर्ण रुपले नष्ट गर्न सके मात्र उसको अभिष्ट पुरा हुने छ । तर यो संभव छैन ।

के यस्तो गंभिर बिषय केपी, प्रचण्डहरुले बुझ्न सकेनन् वा सांच्चिकै उनिहरु पुंजिवादको दलाली गरिरहेका छन् त ? उनिहरुले पक्कै बुझेका छन् । तर, उनिहरु पुंजिवादीहरुको कब्जामा परिसकेका छन् । पुंजिवादी कब्जा धेरै डरलाग्दो छ तर त्यसलाइ तोड्न सकिन्छ त्यसको निम्ति बलिदान गर्ने हिम्मत चाहिन्छ । आज निराशाको खेति जसरि जारि छ यसलाइ तोड्न बिगतका आन्दोलनसंग जोडिएका सपनाहरुलाइ चम्काउन जरुरि छ । आज देश गंभिर संकटमा छटपटाएको यो समय देशलाइ निकास प्रदान गर्न नेपालको कम्युनिष्ट आन्दोलनले सचेत प्रयत्न गर्न आवश्यक बनेको छ । नौजवान युवा बिधार्थीहरुलाइ आन्दोलनमा सहभागि गराउन निराशा होइन आशा उत्साह र बिश्वासको खेती लगाउन नेपालका कम्युनिष्ट नेताहरुले मिहेनत गनुपर्छ ।

एउटा युवाले मोहनचन्द्र अधिकारीलाइ हेरेर नभनोस जिवनको उर्जाशिल समय कम्युनिष्ट आन्दोलनमा खर्च गर्ने, १८ बर्ष जेल बस्ने मोहनचन्द्र आज कम्युनिष्टहरुलाइ गालि गर्दै बसका छन्, उनले के पाए ? दुर्गा अधिारी, हर्क खड्का, मनकुमार तामाङ आदी थुप्रै योद्धाहहरुको जिवनलाइ हेरेर नभनोस हेर संगै लडेकाहरु सत्तामा मोज गरिरहेका छन्, तर संगै लड्ने योद्धाहरुको जिवनको दुर्दशा कति दयनिय छ । शहिद परिवार, घाइते योद्धाको अवस्था हेरेर आज संगठित गर्नु पर्ने आन्दोलनमा भर्ति हुने युवाले नभनोस आखीरमा हुने यस्तै त होला किन लड्ने ? लड्न जरुरी भयो, तर लड्ने उत्साह मर्दै गयो । लाखौं युवाहरु बिदेशका गल्लिहरुमा रुंदै भौतारिनु परको छ । यो देशमा केहि हुन्न भन्ने निराशाको खेती लाग्यो । यसलाइ फस्टाउन सहयोगि भुमिकामा सरकारको नेत्रित्व गरेका कम्युनिष्ट नेताहरु रहन पुगे यो दुखद छ ।

हमिले अब निराशा बिरुद्ध आशाको खेती लगाऔं । आजसम्म कम्युनिष्ट आन्दोलनमा लागेका हुन वा नेपालका परिवर्तनकामि आन्दोलनमा लागेका सबै योद्धाहरु सहज जिवनको शुनिश्चतता गरौं । शहिद परिवार, घाइते अपाङ्ग योद्धाको संरक्षण गरौं । परिवर्तनकामि आन्दोलननमा लागेका वयोवृद्ध योद्धाहरुको जिवनका अनुभवहरुलाइ ब्यवस्थित गरौं । उनिहरुको बस्ने, खाने, स्वास्थ्य, सुरक्षा, मनोरन्जन आदि जुनसुकै आवश्यकताको पुर्ती गर्ने काम गरौं । शहिदहरुको मुल्यलाइ उचाइमा उठाउनु भनेको जनताको सपना बुलन्द हुनु हो, शहिदहरुको समाधिस्थल, बलिदान स्थलहरुको संरक्षण प्रर्वद्धन गरौं । परिर्वतनकामि आन्दोलनमा लागेबापत पिंडा वा दुख होइन कमसेकम जिवनले इज्जत प्राप्त गर्छ, न्युनतम आवश्यकताहरु पुरा गर्ने शुनिस्चितता रहन्छ भन्ने बिषयलाइ कार्यरुप प्रदान गरौं । आजको साम्राज्यवाद नेपालमा कम्युनिष्ट आन्दोलनलाइ चौतर्फि हमला गर्दै आफ्ना स्वार्थहरु पुरा गर्न नेपालमा एमसिसिको हतियार लिएर आएको छ । यो अझ डरलाग्दो रुपले अगाडि बढ्ने अवस्था रहेको छ ।

यस्तोबेला नेपालका परिवर्तनकामि, कम्युनिष्ट, अग्रगामि एजेण्डा बोक्नेहरुले साम्राज्यवादले फैलाइरहेको निराशा बिरुद्ध एक हुन र सोहि अनुसार योजनाहरु बनाउन आवश्यक बनेको छ । आजको संकटबाट देशलाइ मुक्त गर्न आन्दोलन अपरिहार्य बनेको यो समय हरेकले आशावादी बन्ने स्थितीको सृजना गरौं । हरेक युवाहरुले गौरव अनुभुति गरुन, जनताले बिश्वास गर्ने अवस्था बनोस, बिगत आन्दोलनका योद्धाहरुले बिश्वास गर्ने र गौरव गर्ने अवस्था बनोस । यसको निम्ति नेपालका सबै प्रगतिशिलहरु भुमिका खेल्न आवश्यक छ । हामि निराश होइन आशावादी बनौं । नेपालबाट पुंजिवादलाइ पछार्न र धुलोमा मिलाउन संभव छ । जनताको सत्ता बनाउन संभव छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
1
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

बीआरआईबारे भ्रम पार्नु हुँदैन : विप्लव

बीआरआईबारे भ्रम पार्नु हुँदैन : विप्लव

शोभराज बराल काठमाडौं – नेपाल कम्युनिस्ट पार्टीका महासचिव विप्लव सीले बेल्ट एण्ड रोड इनिसियटिभ (बीआरआई)बारे भ्रम पार्न दिन नहुने ब...
ताप्लेजुङ : पहिरोले तापेथोक बजार जोखिममा

ताप्लेजुङ : पहिरोले तापेथोक बजार जोखिममा

ताप्लेजुङ । ताप्लेजुङको फक्ताङ्लुङ गाउँपालिकाको प्रशासकीय केन्द्र रहेको तापेथोक बजार माथिबाट झरेको पहिरोका कारण जोखिम परेको छ । बि...
दुबई सडक दुर्घटनामा परी मोरङकी एक युवतीको मृत्यु

दुबई सडक दुर्घटनामा परी मोरङकी एक युवतीको मृत्यु

झापा । संयुक्त अरब इमिरेट्स (युएई)को दुबईमा सडक दुर्घटनामा परी मोरङकी एक युवतीको ज्यान गएको छ । दुबईको अलुकजमा रहेको सर्भ यु कम...
खबरमञ्च साप्ताहिक नवौं वर्षमा प्रवेश

खबरमञ्च साप्ताहिक नवौं वर्षमा प्रवेश

मेचीनगर । झापाको मेचीनगर–७, इटाभट्टाबाट प्रकाशित हुने खबरमञ्च साप्ताहिक आजबाट नवौं वर्षमा प्रवेश गरेको छ । साताको प्रत्येक बिहीवार...