Skip to main content

Purbi Garjan

नेपाल -भारत सीमा पानीटंकीबाट ब्राउन सुगरसहित नेपाली महिला पक्राउ

झापा। नेपाल -भारत सीमा क्षेत्रबाट ठूलो मात्रामा लागूऔषधसहित एक नेपाली महिला पक्राउ परेकी छन्।

शनिबार साँझ करिब ५:३० बजे एसएसबीको ४१औँ वाहिनी, रानीडाँगाअन्तर्गत पानीटंकी कम्पनीको टोलीले विशेष सूचनाका आधारमा भारत–नेपाल सीमास्थित सीमा स्तम्भ नं. ९०/१ नजिकै पुरानो पुलबाट ती महिलालाई नियन्त्रणमा लिएको हो।

पक्राउ पर्नेमा झापा दमककी जम्मू कुमारी सदा (विष्णु सदा पत्नी) रहेकी छन्। उनको साथबाट ३८.७ ग्राम शंकास्पद ब्राउन सुगर (३७ वटा प्याकेटमा), एक थान स्यामसङ मोबाइल (२ नेपाली सिमसहित), र २० हजार नेपाली रुपैयाँ बरामद गरिएको एसएसबीले जनाएको छ।

एसएसबीका अनुसार बरामद पदार्थको परीक्षण खोजी कुकुर (स्निफर डग) तथा ड्रग डिटेक्सन किटमार्फत गर्दा लागूऔषध भएको पुष्टि भएको छ। प्रारम्भिक अनुसन्धानका क्रममा पक्राउ परेकी महिलाले पानीटंकीस्थित हनुमान मन्दिर आसपास बस्ने पूजा पोद्दार (राजू पोद्दार उर्फ राजदुलार पोद्दारकी पत्नी) नामकी महिलाबाट उक्त लागूऔषध ६० हजार रुपैयाँमा खरिद गरेको बयान दिएकी छन्।साथै, उनले यसअघि पनि दुई पटक यस्तै प्रकारको तस्करी गरिसकेको स्वीकार गरेकी छन्।

पक्राउ परेकी महिलालाई बरामद लागूऔषध तथा अन्य सामग्रीसहित आवश्यक कानुनी कारबाहीका लागि भारतको खोरीबारी प्रहरी थानामा बुझाइएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको बताइएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
2

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

काकडभिट्टा नाकामा सशस्त्र प्रहरीको विभेद: सिटी रिक्सामा मुद्दा, स्कोरपियो सहजै पार

काकडभिट्टा नाकामा सशस्त्र प्रहरीको विभेद: सिटी रिक्सामा मुद्दा, स्कोरपियो सहजै पार

काकडभिट्टा नाका: कानुन होइन सशस्त्र प्रहरीको मनोमानी चल्छ, गरिबको सिटी रिक्सामा मुद्दा दर्ता, धनाड्यको स्कोरपियो सेटिङमै छाडियो। र...
काकडभिट्टा-पानीटंकी  नाकामा सुन–चाँदीसहित ४ भारतीय पक्राउ, गाडीसहित भन्सार बुझाइयो

काकडभिट्टा-पानीटंकी  नाकामा सुन–चाँदीसहित ४ भारतीय पक्राउ, गाडीसहित भन्सार बुझाइयो

काकडभिट्टा । पूर्वी नेपालको प्रमुख नाका काकडभिट्टासँग सिमाना जोडिएको भारतको पानीटंकी क्षेत्रमा सुन र चाँदीसहित चार जना भारतीय नागर...
पञ्चायती कालको यातना सम्झाउँदै ‘इरफान अली’ नाटक मेचीनगरमा मञ्चन

पञ्चायती कालको यातना सम्झाउँदै ‘इरफान अली’ नाटक मेचीनगरमा मञ्चन

झापा, मेचीनगर। पञ्चायती व्यवस्थाको समयमा जेलभित्र हुने अमानवीय यातना, दमन र विभेदलाई उजागर गर्ने उद्देश्यसहित ‘इरफान अली’ नामक नाट...

इलाममा बोलेरो ५० मिटर तल खस्यो, बालिकासहित पाँच जना घाइते

निशान निराैला इलामको माङ्सेबुङ गाउँपालिका–२ दहगाउँस्थित आरुबोटे–दमक भित्री कच्ची सडकखण्डमा बोलेरो दुर्घटना हुँदा पाँच जना घाइते भ...
ne_NPNepali