Purbi Garjan

पत्रपत्रिका

एसइई पूरक परीक्षाको नतिजा सार्वजनिक

काठमाडौँ, ११ असोज । राष्ट्रिय परीक्षा बोर्डले एसइई पूरक परीक्षाको नतिजा सार्वजनिक गरेको छ । बोर्डले शनिबार प्रकाशित गरेको नतिजाअनुसार ८३ हजार ५६४ परीक्षार्थी उत्तीर्ण भएका छन् । बोर्डका अध्यक्ष डा. महाश्रम शर्माले परीक्षामा सहभागी भएका एक लाख ४३ हजार २५७ परीक्षार्थीमध्ये ५९ हजार ६९३ जना अनुत्तीर्ण अर्थात् अवर्गीकृत भएको जानकारी दिनुभयो । परीक्षा साउन २९ देखि भदौ ६ गतेसम्म सञ्चालन भएको थियो । गत वैशाखमा सञ्चालित वार्षिक परीक्षामा दुई विषयसम्म ‘नन ग्रेडेड’प्राप्त गरेका वा अनुपस्थित भएका विद्यार्थीहरूका लागि बोर्डले पूरक परीक्षाको अवसर दिएको हो ।
Read More

अब अनलाइन सञ्चारमाध्यम दर्ता र नवीकरण स्थानीय अधिकारीमार्फत्

झापा, २१ साउन । सूचना तथा प्रसारण विभागले अनलाइन सञ्चारमाध्यम दर्ता र नवीकरणको कार्य स्थगित गरेको छ । विभागले मंगलबार सूचना जारी गर्दै विभागबाट दर्ता तथा नवीकरणको कार्य रोकिएको जानकारी गराएको हो । सरकारले केही नेपाल ऐन संशोधनमार्फत गरेको छापाखाना तथा प्रकाशनसम्बन्धी ऐन, २०४८ को व्यवस्थाअनुसार अब जिल्ला प्रशासन कार्यालयबाट अनलाइन दर्ता हुने व्यवस्था रहेको विभागले जनाएको छ । विभागले यसअघि अनलाइन सञ्चारमाध्यम सञ्चालन निर्देशिका, २०७३ बमोजिम हुँदै आएको अनलाइन सञ्चारमाध्यम (अनलाइन पत्रिका) दर्ता तथा नवीकरणको कार्य नयाँ कानुनी व्यवस्थासँग मिलाउन आवश्यक भएको भन्दै अहिलेलाई स्थगित गरिएको जनाएको हो । सूचनामा भनिएको छ, “उपर्युक्त सन्दर्भमा राजपत्रमा प्रकाशित सूचनाका आधारमा यस विभागबाट…
Read More
सरकारी जग्गामा बनाइएको चर्च हटाइयो

सरकारी जग्गामा बनाइएको चर्च हटाइयो

धनगढी । सरकारी निकायलाई छलेर अस्पताल बनाउने नाममा चर्च र अवैध संरचना बनाइएको पाइएपछि धनगढी उपमहानगरपालिकाले त्यसमा डोजर चलाएको छ । वडा नम्बर ७ स्थित धनगढी मण्डली नामको चर्चसहित अवैध संरचनालाई भत्काइएको हो । चर्चको दोस्रो तलामा दुई कोठा, एक भान्सा र दुई चर्पीसहित स्नानकक्ष नक्सा पासबिना निर्माण गरेको पाइएको छ । पेरिमिटर वाल, पोखरी पनि नक्सा पासबिनै बनाइएको छ । चर्चमा निर्माण गरिएको नक्सा पासविपरीतका सबै संरचना भत्काइएको पालिकाका इन्जिनियर सुवास पाठकले जानकारी दिनुभयो । स्थानीयस्तरबाट जनगुनासो बढेपछि उपमहानगरपालिकाको कार्यालयबाट गठित स्थलगत अध्ययन समितिले केही संरचना अवैध रहेको निष्कर्ष निकालेको थियो । समितिले तयार पारेको प्रतिवेदनका आधारमा अवैध संरचना हटाएको जनाइएको छ । व्यवसाय र तालिम…
Read More
ताप्लेजुङ : पहिरोले तापेथोक बजार जोखिममा

ताप्लेजुङ : पहिरोले तापेथोक बजार जोखिममा

ताप्लेजुङ । ताप्लेजुङको फक्ताङ्लुङ गाउँपालिकाको प्रशासकीय केन्द्र रहेको तापेथोक बजार माथिबाट झरेको पहिरोका कारण जोखिम परेको छ । बिहीबार राति वर्षासँगै बस्ती माथिबाट झरेको पहिरोले तापेथोक बजार उच्च जोखिममा परेको हो । पहिरोले मानवीय क्षति हुन नपाए पनि केही घर तथा गाउँपालिकाको कार्यालयसहितका संरचनामा क्षति पुर्‍याएको छ । गाउँपालिका अध्यक्ष राजन लिम्बू (मुक्ति) का अनुसार गाउँपालिका कार्यालय, सभा हल लगायतमा क्षति गरेको छ । यस्तै गाउँपालिकाको सवारी साधन लगायतका सामग्रीमासमेत पहिरोले सामान्य क्षति गरेको अध्यक्ष लिम्बूले जानकारी दिनुभयो । उक्त पहिरोले तापेथोक बजारका आधा दर्जन बढी स्थानीयको घर तथा संरचनामा क्षति गरेको छ । पशु चौपाया तथा पन्छीहरू राखिएका गोठ,…
Read More
राष्ट्रिय धान दिवस : आत्मनिर्भर बनाउन जोडतोड

राष्ट्रिय धान दिवस : आत्मनिर्भर बनाउन जोडतोड

काठमाडौँ । आज असार १५, मानो रोपेर मुरी उब्जाउने मुख्य दिन । यस दिनलाई किसानले अरू पनि विभिन्न रूपमा सम्झिन्छन् । असार १५ मा खेतमा धान रोपाइँ गरेपछि दही चिउरा खाने चलन पनि छ । कृषिमा परनिर्भरता बढ्दै गएका कारण उत्पादकत्व बढाउने उद्देश्यले नेपालमा २०६१ देखि असार १५ मा नै राष्ट्रिय धान दिवस मनाउन थालिएको छ । यस वर्ष २१ औँ राष्ट्रिय धान दिवस तथा रोपाइँ महोत्सव मनाइँदै छ । सरकारले असार १५ गते धान दिवस तथा रोपाइँ महोत्सवको मुख्य कार्यक्रम चितवनमा गर्ने भएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र कृषि तथा पशुपन्छी विकासमन्त्री ज्वालाकुमारी साहको उपस्थितिमा चितवनको बछौलीमा…
Read More
भारतले लाने भयो नेपालमा थन्किएको रक्तचन्दन

भारतले लाने भयो नेपालमा थन्किएको रक्तचन्दन

काठमाडौँ । नेपालमा अवैध ओसारपसार भई थन्किएर रहेको रक्तचन्दन भारतले फिर्ता लैजाने भएको छ । नेपाल सरकारको गत वैशाख २७ गते बसेको मन्त्रीपरिषद् बैठकले रक्तचन्दन फिर्ता गर्ने निर्णय गरेपछि भारत रक्तचन्दन लिन तयार भएको गोरखापत्र दैनिकमा खबर छापिएको छ । भारत सरकारले त्यससम्बन्धी निर्णयसहितको पत्राचार गरिसकेको छ । नेपाल सरकारले भारतलाई रक्तचन्दन फिर्ता गर्ने निर्णय गरेको ९० दिनभित्र भारतले लगिसक्नुपर्ने कानुनी व्यवस्था छ । वन तथा भूसंरक्षण विभागका महानिर्देशक शिवकुमार वाग्लेले भारतले रक्तचन्दन फिर्ता लिन पठाएको पत्र प्राप्त भएको जानकारी दिनुभयो । “भारतले रक्तचन्दन लिन इमेलमार्फत पत्र पठाएको छ । यही जुन २० देखि ३० तारिख अर्थात् असार ६ गतेदेखि असार १६ गतेसम्म रक्तचन्दन लिन्छौँ भनेर…
Read More
जेठ महिनामा सरकारले लियो त्रिचालिस अर्ब ऋण

जेठ महिनामा सरकारले लियो त्रिचालिस अर्ब ऋण

काठमाडौँ । नेपाल सरकारले जेठ महिनामा मात्रै करिब ४३ अर्ब रुपियाँ सार्वजनिक ऋण लिएको छ । सार्वजनिक ऋण व्यवस्थापन कार्यालयका अनुसार जेठमा मात्रै सरकारले ३४ अर्ब रुपियाँ आन्तरिक ऋण र करिब नौ अर्ब रुपियाँ बाह्य ऋण उठाएको आजको गोरखापत्र दैनिकले खबर छापेको छ। यससँगै सरकारले चालु आर्थिक वर्षको ११ महिनामा कुल तीन खर्ब सात अर्ब ६७ करोड रुपियाँ सार्वजनिक ऋण प्राप्त गरेको छ । चालु आवमा प्राप्त कुल ऋणमध्ये अधिकांश आन्तरिक ऋणकै हिस्सा छ । कार्यालयका अनुसार जेठसम्म सरकारले दुई खर्ब २५ अर्ब रुपियाँ आन्तरिक ऋण लिएको छ भने ८२ अर्ब ६७ करोड रुपियाँ बाह्य ऋण लिएको छ । चालु…
Read More
पशुपतिनाथ भेटी चोरी प्रकरण : पाँच कर्मचारी पुर्पक्षका लागि थुनामा

पशुपतिनाथ भेटी चोरी प्रकरण : पाँच कर्मचारी पुर्पक्षका लागि थुनामा

काठमाडौँ। पशुपतिनाथ मन्दिरको भेटी चोरीमा संलग्न भएको अभियोगमा पक्राउ परेका पाँच जनालाई पुर्पक्षका लागि थुनामा पठाउन काठमाडौं जिल्ला अदालतले आदेश दिएको छ । जिल्ला न्यायाधीश कपिलमणि गौतमको इजलासले बुधबार थुनछेक बहस सकिएपछि पाँच जनालाई थुनामा पठाउने र एक जनालाई तीन लाख रुपियाँ धरौटीमा रिहा गर्न आदेश दिएको हो । जिल्ला सरकारी वकिल कार्यालय काठमाडौँका जिल्ला न्यायाधिवक्ता सन्तोषराज कटुवालका अनुसार अदालतले काभ्रे नमोबुद्ध नगरपालिका घर भई पशुपति क्षेत्र विकास कोषमा नायब सुब्बा पदमा कार्यरत ५१ वर्षीय नवराज ढोडारी, काठमाडौँ महानगरपालिका वडा नं. ६ बस्ने कोषका ब्राह्मण पदमा कार्यरत ३६ वर्षीय नवराज घिमिरेलाई पुर्पक्षका लागि थुनामा पठाएको हो । त्यसै गरी कागेश्वरी मनोहरा नगरपालिका वडा…
Read More
सुनको भाउ आज १ लाख ४४ हजार रुपैयाँ

सुनको भाउ आज १ लाख ४४ हजार रुपैयाँ

काठमाडौं, २५ जेठ ।  सुनको भाउले लगातार रेकर्ड तोड्दै गएको छ। आज १ लाख ४४ हजार रुपैयाँ पुगेर रेकर्ड बनाएको छापावाला सुनको भाउले आज फेरि अर्को रेकर्ड बनाएको हो। आज छापावाला सुनको भाउ १ लाख ४५ हजार रुपैयाँमा कारोबार भइरहेको छ। बिहीबारको तुलनामा शुक्रबार सुनको भाउ एक हजार रुपैयाँ बढेको हो। नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार आज तेजाबी सुनको भाउ १ लाख ४४ हजार ३०० रुपैयाँमा कारोबार भइरहेको छ। हिजो तेजाबी सुनको भाउ १ लाख ४३ हजार ३०० रुपैयाँमा कारोबार भएको थियो। आज प्रतितोला चाँदीको मूल्य १ हजार ९०० रुपैयाँमा कारोबार भइरहेको छ। बिहीबार प्रतितोला चाँदीको मूल्य १ हजार ८५०…
Read More
जलवायु परिवर्तन बारे जनचेतना जगाउन विश्व साइकल यात्रा सुरु

जलवायु परिवर्तन बारे जनचेतना जगाउन विश्व साइकल यात्रा सुरु

बलराम शिवाकोटी, दोलखा २५ जेठ । दोलखाका एक युवाले साइकलबाट विश्व भ्रमण सुरु गरेका छन् । दोलखा जिल्ला कालिञ्चोक गाउँपालिका वडा नम्वर ३ लामिडाँडाका युवा अभिनय कार्कीले बिहीबार देखि दोलखाको सदरमुकाम चरिकोटबाट विश्व साईकल यात्रा सुरु गरेका हुन् । साइकल यात्राको शुभारम्भमा दोलखाका प्रतिनिधि सभाका सांसद गंगा कार्की ‘विश्व’ ले नेपालको राष्ट्रिय झण्डा प्रदान गरे पछि कार्कीले साइकल यात्राको सुरु गरेका थिए । विश्व साइकल यात्रा शुभारम्भ कार्यक्रममा कार्कीलाई विदाई गर्न नेपाली कांग्रेस दोलखाका सभापति वर्मा लामा, एमाले जिल्ला अध्यक्ष नरबहादुर श्रेष्ठ, नेकपा माओवादी केन्द्र दोलखाका अध्यक्ष कमल श्रेष्ठलगायत राजनीति दलका नेताहरु तथा प्रमुख जिल्ला अधिकारी टुवराज पोखरेल, कालिञ्चोक गाउँपालिका…
Read More
ne_NPNepali