Skip to main content

Purbi Garjan

सरकारी जग्गामा बनाइएको चर्च हटाइयो

धनगढी । सरकारी निकायलाई छलेर अस्पताल बनाउने नाममा चर्च र अवैध संरचना बनाइएको पाइएपछि धनगढी उपमहानगरपालिकाले त्यसमा डोजर चलाएको छ । वडा नम्बर ७ स्थित धनगढी मण्डली नामको चर्चसहित अवैध संरचनालाई भत्काइएको हो ।

चर्चको दोस्रो तलामा दुई कोठा, एक भान्सा र दुई चर्पीसहित स्नानकक्ष नक्सा पासबिना निर्माण गरेको पाइएको छ । पेरिमिटर वाल, पोखरी पनि नक्सा पासबिनै बनाइएको छ । चर्चमा निर्माण गरिएको नक्सा पासविपरीतका सबै संरचना भत्काइएको पालिकाका इन्जिनियर सुवास पाठकले जानकारी दिनुभयो । स्थानीयस्तरबाट जनगुनासो बढेपछि उपमहानगरपालिकाको कार्यालयबाट गठित स्थलगत अध्ययन समितिले केही संरचना अवैध रहेको निष्कर्ष निकालेको थियो । समितिले तयार पारेको प्रतिवेदनका आधारमा अवैध संरचना हटाएको जनाइएको छ ।

व्यवसाय र तालिम सेमिनार सञ्चालनका लागि अनुमति लिएको नवनिर्मित दुईतले भवनमा त्योभन्दा फरक कार्य हुन थालेको पाइएपछि वडा कार्यालयले लेट मी इन धनगढी प्रालि र नेपाल लाइफ वल्र्ड मिसनको व्यवसाय दर्ता पनि खारेज गरिदिएको छ । लेट मी इनले नवनिर्मित भवनमा सिपमूलक तालिम तथा परामर्श सेवा सञ्चालनका लागि २०८० साउन २२ गते वडा कार्यालयमा व्यवसाय दर्ता गरेको थियो । त्यस्तै नेपाल लाइफ वल्र्ड मिसनले सेमिनार, तालिम आदि सञ्चालन गर्ने भन्दै २०८१ वैशाख १६ मा वडा कार्यालयमा व्यवसाय दर्ता गरेको थियो ।

यी दुई वटै संस्थाले दर्ता गरेकोभन्दा विपरीत त्यस भवनमा इसाई धर्मावलम्बीको मण्डली सञ्चालन गरिएको पाइएको छ । सरकारी निकाय र आसपासका सर्वसाधारणसमेतलाई झुक्याएर मण्डली सञ्चालन गरिएपछि स्थानीय आक्रोशित बनेका छन् । छालाको अस्पताल सञ्चालन गर्ने भनेर बनाइएको भवनमा चर्च सञ्चालन गरेको भन्दै स्थानीयले विरोध जनाएका छन् । स्थानीय र मण्डलीका व्यक्तिबिच विवाद बढेपछि अभद्र व्यवहार मुद्दामा कैलाली प्रहरीले मण्डलीका धनगढी उपमहानगरपालिका–८ बस्ने ४७ वर्षीय वीरबहादुर डङ्गौरा, स्याङ्जाको पुतलीबजार नगरपालिका–१ का २४ वर्षीय पुकार विक र सोलुखुम्बु दुधकोशी गाउँपालिका–७ का ३४ वर्षीय प्रेमदोर्जे राईलाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालयका अनुसार सार्वजनिक स्थानमा वादविवाद, हातपात, अभद्र व्यवहार गरेको भन्दै स्थानीय राजेन्द्र चन्दले उनीहरूविरुद्ध प्रहरीमा जाहेरी दिनुभएको थियो । स्रोत : आजको गोरखापत्र दैनिकबाट

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

काकडभिट्टा नाकामा सशस्त्र प्रहरीको विभेद: सिटी रिक्सामा मुद्दा, स्कोरपियो सहजै पार

काकडभिट्टा नाकामा सशस्त्र प्रहरीको विभेद: सिटी रिक्सामा मुद्दा, स्कोरपियो सहजै पार

काकडभिट्टा नाका: कानुन होइन सशस्त्र प्रहरीको मनोमानी चल्छ, गरिबको सिटी रिक्सामा मुद्दा दर्ता, धनाड्यको स्कोरपियो सेटिङमै छाडियो। र...
काकडभिट्टा-पानीटंकी  नाकामा सुन–चाँदीसहित ४ भारतीय पक्राउ, गाडीसहित भन्सार बुझाइयो

काकडभिट्टा-पानीटंकी  नाकामा सुन–चाँदीसहित ४ भारतीय पक्राउ, गाडीसहित भन्सार बुझाइयो

काकडभिट्टा । पूर्वी नेपालको प्रमुख नाका काकडभिट्टासँग सिमाना जोडिएको भारतको पानीटंकी क्षेत्रमा सुन र चाँदीसहित चार जना भारतीय नागर...
पञ्चायती कालको यातना सम्झाउँदै ‘इरफान अली’ नाटक मेचीनगरमा मञ्चन

पञ्चायती कालको यातना सम्झाउँदै ‘इरफान अली’ नाटक मेचीनगरमा मञ्चन

झापा, मेचीनगर। पञ्चायती व्यवस्थाको समयमा जेलभित्र हुने अमानवीय यातना, दमन र विभेदलाई उजागर गर्ने उद्देश्यसहित ‘इरफान अली’ नामक नाट...

इलाममा बोलेरो ५० मिटर तल खस्यो, बालिकासहित पाँच जना घाइते

निशान निराैला इलामको माङ्सेबुङ गाउँपालिका–२ दहगाउँस्थित आरुबोटे–दमक भित्री कच्ची सडकखण्डमा बोलेरो दुर्घटना हुँदा पाँच जना घाइते भ...
ne_NPNepali