Purbi Garjan

पालिका

लेखा अधिकृतविरुद्ध धम्कीपूर्ण अभिव्यक्ति: शिक्षकसहित तीनजनाविरुद्ध उजुरी

लेखा अधिकृतविरुद्ध धम्कीपूर्ण अभिव्यक्ति: शिक्षकसहित तीनजनाविरुद्ध उजुरी

कचनकवल। झापाको कचनकवल गाउँपालिकाका लेखा अधिकृत गोविन्द रिजालले धम्कीपूर्ण अभिव्यक्ति तथा चरित्रहत्या गर्ने शिक्षक रत्नकुमार बुढाथोकीसहित अन्य दुई व्यक्तिहरूविरुद्ध जिल्ला प्रशासन कार्यालयमा उजुरी दिएका  छन्। उजुरीमा सामाजिक सञ्जालमार्फत जथाभावी अभिव्यक्ति दिएर आफ्नो नाम, पद, र प्रतिष्ठामा आँच पुर्याइएको, धम्कीपूर्ण वातावरण सिर्जना गरिएको र कार्यक्षेत्रमा मानसिक दबाब पारेको आरोप लगाइएको छ। रिजालले पेश गरेको निवेदनमा लक्ष्मी माध्यमिक विद्यालयका शिक्षक रत्नकुमार बुढाथोकीले फेसबुकमा लेखा अधिकृतलाई लक्षित गर्दै धम्कीपूर्ण शैलीमा लेखेका अभिव्यक्तिहरूलाई मुख्य प्रमाणका रूपमा समावेश गरिएको छ। बुढाथोकीले ‘भोलि शिक्षकको तलब आएन भने पर्सी सुरक्षाकर्मी अगाडि पछाडि राखेर बस्नु कचनकवलको लेखा अधिकृतज्यू’ लगायतका धम्कीपूर्ण अभिव्यक्तिहरू सार्वजनिक गरेका थिए। साथै, उनले लेखा अधिकृतको…
Read More
मेचीनगर: शिक्षा क्षेत्रमा लापरबाही,विद्यार्थीले अझै पाएनन् पुस्तक

मेचीनगर: शिक्षा क्षेत्रमा लापरबाही,विद्यार्थीले अझै पाएनन् पुस्तक

प्रविण अधिकारी मेचीनगर। झापाको मेचीनगर नगरपालिका भित्र अध्ययन गर्ने हजारौं विद्यार्थीहरुको शैक्षिक हकसम्बन्धीको अधिकार माथि सम्बन्धित निकायले नै गम्भीर खेलबाड गरेको पाइएको छ। शैक्षिकसत्र शुरु भएको पाँच महिना बितिसक्दा समेत विद्यार्थीहरुले "हाम्रो मेचीनगर" नामक पुस्तक पाएका छैनन् । नगर शिक्षा शाखाले नगरका प्रत्येक विद्यालयमा अनिवार्य विषयका रुपमा अध्यापन गराउने गरि सुचारु गरेको उक्त पुस्तक नै विद्यार्थीहरुले हालसम्म पनि नपाएको भेटिएको छ। संविधान प्रदत्त शिक्षा सम्बन्धी आधारभूत तथा माध्यमिक तहसम्मको हक सुनिश्चित गर्न स्थानीय सरकार सञ्चालन ऐनको दफा ११ (ञ) ले २३ वटा अधिकार स्थानीय तहको सरकारलाई दिएको भएपनि कतिपय स्थानीय तहको लापरबाहीले हजारौं विद्यार्थीहरुको शैक्षिक हकअधिकार हनन भएको छ। नेपालको…
Read More
शिवसताक्षीमा काउसो बन्यो घर नक्सा किर्ते प्रकरण, प्रमुख प्रशासकीय अधिकृत राई फिर्ता

शिवसताक्षीमा काउसो बन्यो घर नक्सा किर्ते प्रकरण, प्रमुख प्रशासकीय अधिकृत राई फिर्ता

विनोद सापकोटा झापा। झापाको शिवसताक्षी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत अमृत बहादुर राईलाई मन्त्रालय फिर्ता पठाउने कार्यपालिका बोर्डले निर्णय गरेको छ । नगर कार्यपालिकाको कार्यालयमा बिहीबार बसेको कार्यपालिका बैठक ले पटकपटक विवादमा आएका प्रमुख प्रशासकीय अधिकृतलाई संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा फिर्ता पठाउने निर्णय भएको नगरकार्यपालिकाका प्रवक्ता बहादुर आङ्बोले बताए । शिवसताक्षी नगरपालिकामा ‘कन्सल्टेन्सी’ सँगको मिलेमतोमा केही कर्मचारीले सेवाग्राहीलाई घर नक्साको किर्ते प्रमाणपत्र प्रदान गरेका थिए । घर नक्सा किर्ते प्रकरण छानबिनका लागि गठित समितिले गएको बैशाखमा नगर प्रमुखलाई प्रतिवेदन बुझाए पनि प्रमुख प्रशासकीय अधिकृतकै कारण कार्यान्वयनमा आउन सकेको थिएन । प्रमुख प्रसाशकीय अधिकृत राईले घर नक्सा किर्ते प्रकरणमा संलग्न…
Read More
नेपाल महिला संघको ७७ औँ स्थापना दिवस: शिवसताक्षीमा वृक्षरोपण गरी मनाइयो

नेपाल महिला संघको ७७ औँ स्थापना दिवस: शिवसताक्षीमा वृक्षरोपण गरी मनाइयो

झिलझिले । नेपाली कांग्रेसको भातृ संस्था नेपाल महिला संघको ७७ औँ स्थापना दिवस झापाको शिवसताक्षीमा वृक्षरोपण गरि मनाईएको छ । नेपाल महिला संघ शिवसताक्षी नगर समितिको आयोजनामा धार्मिक तथा पर्यटकिय स्थल सताक्षीधाममा विभिन्न जातका विरुवा रोपेर नेपाल महिला संघका अगुवा महिलाले स्थापना दिवस मनाएका हुन् । चुलोचौकामा सीमित महिलालाई राजनीतिमा स्थापित गर्नका लागि तत्कालिन महिलानेत्री मंगलादेवी सिंहको सक्रियतामा २००४ साउन २४ गते नेपाल महिला संघको स्थापना भएको थियो । सिंहको सक्रियतामा काठमाडौँको भेडासिंस्थित चिनियाँलाल श्रेष्ठको घरमा भूमिगतरूपमा महिला भेला भएर नेपाल महिला संघको नामाकरण संगै संस्था स्थापना गरेका हुन् । सो भेलाले सिंहको अध्यक्षतामा ११ सदस्यीय महिला संघ तदर्थ कार्यसमिति…
Read More
मेचीनगरमा बसाइँ सरी जानेको भन्दा आउनेको संख्या बढ्यो

मेचीनगरमा बसाइँ सरी जानेको भन्दा आउनेको संख्या बढ्यो

मेचीनगर । झापाको मेचीनगर नगरपालिकामा बसाइँ सरी जानेको भन्दा आउनेको संख्या बढी रहेको छ । नगरपालिकाको तथ्यांक अनुसार पछिल्लो तीन बर्षमा मेचीनगर क्षेत्रबाट अन्यत्र बसाइँ सरेर जानेको भन्दा आउनेको संख्या बढी रहेको हो । मेचीनगरको तथ्यांक अनुसार २०७८ साल साउन १ गतेदेखि २०८१ साल असार मसान्तसम्ममा नगरपालिकाबाट बसाइँ सरी आउनेको संख्या २ हजार २७७ परिवारका ७ हजार ४४९ जना सदस्य रहेका छन् । त्यस्तै सोही अवधिमा नगरबाट अन्यत्र बसाइँ सरी जाने १ हजार १८९ परिवारका ३ हजार ५४९ जना सदस्य रहेका छन् । नगरको सबैभन्दा बढी बसाइँ सरेर आउने वडाको रूपमा ६ नम्बर रहेको छ उक्त वडामा बसाइँ सरी आउनेको…
Read More
मेचीनगर: तोरी खेती प्रवर्द्धन कार्यक्रम प्रभावकारी, किसानले पाए २६ लाख ८३ हजार रूपैयाँ अनुदान

मेचीनगर: तोरी खेती प्रवर्द्धन कार्यक्रम प्रभावकारी, किसानले पाए २६ लाख ८३ हजार रूपैयाँ अनुदान

मेचीनगर । मेचीनगर नगरपालिकाको तोरी खेती प्रवर्द्धन कार्यक्रम प्रभावकारी बनेको छ । आर्थिक बर्ष २०८०/८१ मा नगरका पन्ध्रवटै वडामा रहेका किसानलाई तोरी खेती प्रवर्द्धन कार्यक्रम अन्तर्गत अनुदान दिने निर्णय गरेको थियो । जसमा नगरका सबै वडाबाट सहभागी ८३३ किसानलाई अनुदान बापत २६ लाख ८३ हजार ५० रूपैयाँ उपलब्ध गराइएको नगरपालिकाले जनाएको छ । कृषि प्रधान देश भएपनि पछिल्लो समय कृषि पेशा प्रति नागरिकको आकर्षण घट्दै गइरहेको छ । खेतीपातीबाट किसानहरू निराश छन् यसलाई थोरै भएपनि हौसला दिन आफुहरूले किसानलाई अनुदानको व्यवस्था गरिएको नगर प्रमुख गोपालचन्द्र बुढाथोकीले बताए । उनले मेचीनगर क्षेत्रमा हुने बालीहरूलाई उत्पादनसंग जोड्दै किसानलाई आत्मनिर्भर बनाउनुको साथै कृषि…
Read More
मेचीनगर : एसईईमा सितारामका प्रसाईं र होराइजनकी ओझा उत्कृष्ट

मेचीनगर : एसईईमा सितारामका प्रसाईं र होराइजनकी ओझा उत्कृष्ट

मेचीनगर । झापाको मेचीनगर नगरपालिका स्थित सिताराम सामुदायिक अंग्रेजी विद्यालय धाईजनका विराज प्रसाईं र इस्ट होराइजन अङ्ग्रेजी मावि धुलाबारीकी साक्षी ओझा एसईई २०८० मा मेचीनगरबाट उत्कृष्टको सूचीमा परेका छन् । प्रसाईंले ३.९ जिपीए प्राप्त गरेको विद्यालयका प्रिन्सिपल राजेश निरौलाले बताए । प्रिन्सिपल निरौलाका अनुसार प्रसाईंले ५ वटा विषयमा ४ जिपीए प्राप्त गरेका छन् । भाषा विषय अंग्रेजी र नेपालीमा मात्र ३.६ जिपीए ल्याएका कारण उनले ४ जिपीए ल्याउनबाट वञ्चित हुनु परेको निरौलाले बताए । त्यस्तै छात्रातर्फ इष्ट होराइजन अंग्रेजी मावि धुलाबारीकी साक्षी ओझा उत्कृष्ट बनेकी छिन् । ३.८६ जिपीएसहित ओझा छात्रातर्फ मेचीनगरकै अधिकतम जिपीए प्राप्त गर्ने विद्यार्थीको सूचीमा परेकी छिन्…
Read More
शिवसताक्षी : एक सामुदायिक विद्यालयको एसइइको नतिजा शुन्य

शिवसताक्षी : एक सामुदायिक विद्यालयको एसइइको नतिजा शुन्य

विनोद सापकोटा झिलझिले । झापाको शिवसताक्षी नगरपालिकाको एउटा सामुदायिक विद्यालयको २०८० को एसइइको नतिजा शून्य आएको छ । नतिजाअनुसार चन्द्रडाँगीको शुक्र माविको परीक्षाफल शून्य आएको हो । शिवसताक्षी–७ को सो विद्यालयबाट एसइइमा २० जना परीक्षार्थी सहभागी थिए । त्यस्तै, जनआदर्श मावि, शिवगञ्जबाट एकजना मात्र परीक्षार्थी उत्तीर्ण भएका छन् । ५१ जना सहभागीमध्ये ५० जना अनुत्तीर्ण भएका छन् । जनआदर्श नगरको एक मात्र नमुना विद्यालय हो । लालपानी मावि, लालपानीबाट दुईजना मात्र उत्तीर्ण भएका छन् । सो विद्यालयबाट एसइइमा ३४ जना सहभागीमध्ये ३२ जना उनुत्तीर्ण भए । नगरका एक प्राविधिकसहित १३ वटा माध्यमिक विद्यालयका विद्यार्थीले २०८० को एसइइ दिएका थिए ।…
Read More
जनप्रतिनिधि संग जनताकाे गुनासाे जनअपेक्षा अनुसार काम भएन

जनप्रतिनिधि संग जनताकाे गुनासाे जनअपेक्षा अनुसार काम भएन

शिवसताक्षी । आफैंले मत दिएर विजय गरी नगर कार्यपालिका पठाएका जनप्रतिनिधि जवाफदेहिताको रुपमा उपस्थित हुन नसक्दा मङ्गलबार शिवशताक्षी नगरपालिका वडा नम्बर ८ का स्थानीय उनीहरूसँग बेचैन बनेका छन् । कतिपयले उनीहरूलाई गैर जिम्मेवार जनप्रतिनिधि सम्म भन्न भ्याए । दुई दिन अगावै वडा कार्यालयले जनताका गुनासा वा सुझाव को सुनवाई गर्न नगर प्रमुख मेगाहाङ थोप्रा, उपप्रमुख नरमाया कार्की लाई पत्र दिएर निमन्त्रणा गर्यो । पत्रसँगै वडा अध्यक्ष सन्त कुमार फेउदिनले टेलिफोन सम्पर्क गरी कार्यक्रममा गरिमामय उपस्थिति का लागि अनुरोध गरे । तर नगर प्रमुख मेगाहाङ थोप्रा र उपप्रमुख नरमाया कार्की कार्यक्रममा उपस्थित भएनन् । नगर प्रमुख उपप्रमुख मात्र होइन । प्रशासकीय…
Read More
बिहान तीन बजेको चट्याङमा परी मेचीनगरमा एक युवती घाईते

बिहान तीन बजेको चट्याङमा परी मेचीनगरमा एक युवती घाईते

मेचीनगर । हावाहुरी सहित आएको चट्याङमा परी झापाको  मेचीनगरमा एक युवती घाइते भएकी छिन्। आज मंगलबार बिहान तीन बजे हावाहुरी र पानी सहित परेको चट्याङ लाग्दा मेचिनगर नगरपालिका वडा न.१५ कालिका झार स्थित अन्दाजि २१ वर्षकी रजिता हस्दा घाइते भएकी हुन्। हावा हुरि सहित आएको चट्याङ लागि घाईते भएकी हस्दालाई तत्काल उपचारको लागि प्रादेशिक अस्पताल भद्रपुर लगिएको र हाल उपचार भैरहेको प्रहरीले जनाएको छ। उनको कम्बर मुनि दुखेको र बोल्न सक्ने मध्यम अवस्थामा रहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ।
Read More