Skip to main content

Purbi Garjan

मेचीनगरमा बसाइँ सरी जानेको भन्दा आउनेको संख्या बढ्यो

मेचीनगर । झापाको मेचीनगर नगरपालिकामा बसाइँ सरी जानेको भन्दा आउनेको संख्या बढी रहेको छ । नगरपालिकाको तथ्यांक अनुसार पछिल्लो तीन बर्षमा मेचीनगर क्षेत्रबाट अन्यत्र बसाइँ सरेर जानेको भन्दा आउनेको संख्या बढी रहेको हो ।

मेचीनगरको तथ्यांक अनुसार २०७८ साल साउन १ गतेदेखि २०८१ साल असार मसान्तसम्ममा नगरपालिकाबाट बसाइँ सरी आउनेको संख्या २ हजार २७७ परिवारका ७ हजार ४४९ जना सदस्य रहेका छन् । त्यस्तै सोही अवधिमा नगरबाट अन्यत्र बसाइँ सरी जाने १ हजार १८९ परिवारका ३ हजार ५४९ जना सदस्य रहेका छन् ।

नगरको सबैभन्दा बढी बसाइँ सरेर आउने वडाको रूपमा ६ नम्बर रहेको छ उक्त वडामा बसाइँ सरी आउनेको संख्या २६८ परिवार रहेको छ । जसमा ८०८ जना सदस्य रहेका छन् । त्यसैगरी सबैभन्दा कम बसाइँ सरी आउने वडाको रूपमा वडा नम्बर १ रहेको छ । उक्त वडामा बसाइँ सरी आउने ५८ परिवारका १९८ जना सदस्य छन् ।

त्यस्तै बिगत तीन बर्षको अवधिमा नगरबाट सबैभन्दा बढी वडा नम्बर ६ बाटै बसाइँ सरी अन्यत्र गएका छन् । उक्त वडाबाट १४१ परिवारका ४०८ जना सदस्यले मेचीनगर छाडेर अन्यत्र हुन् । त्यस्तै सबैभन्दा कम वडा नम्बर १३ बाट ५१ परिवारका १४० जना बसाइँ सरेर अन्यत्र गएका छन् ।

विकासले फडको मार्दा पछिल्लो समय अन्यत्र स्थानबाट मेचीनगरमा बसाइँ सरी आउने क्रम बढ्दै गएको जानकारहरु बताउँछन् । अहिले नगरको नेतृत्व नगर प्रमुख गोपालचन्द्र बुढाथोकी, उपप्रमुख मीना पोख्रेल उप्रेतीलगायतका जनप्रतिनिधले गरिरहेका छन् । त्यस्तै प्रमुख प्रशासकीय अधिकृतको रुपमा अग्निप्रसाद अधिकारीले नगरको कमाण्ड सम्हालीरहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

काकडभिट्टा नाकामा सशस्त्र प्रहरीको विभेद: सिटी रिक्सामा मुद्दा, स्कोरपियो सहजै पार

काकडभिट्टा नाकामा सशस्त्र प्रहरीको विभेद: सिटी रिक्सामा मुद्दा, स्कोरपियो सहजै पार

काकडभिट्टा नाका: कानुन होइन सशस्त्र प्रहरीको मनोमानी चल्छ, गरिबको सिटी रिक्सामा मुद्दा दर्ता, धनाड्यको स्कोरपियो सेटिङमै छाडियो। र...
काकडभिट्टा-पानीटंकी  नाकामा सुन–चाँदीसहित ४ भारतीय पक्राउ, गाडीसहित भन्सार बुझाइयो

काकडभिट्टा-पानीटंकी  नाकामा सुन–चाँदीसहित ४ भारतीय पक्राउ, गाडीसहित भन्सार बुझाइयो

काकडभिट्टा । पूर्वी नेपालको प्रमुख नाका काकडभिट्टासँग सिमाना जोडिएको भारतको पानीटंकी क्षेत्रमा सुन र चाँदीसहित चार जना भारतीय नागर...
पञ्चायती कालको यातना सम्झाउँदै ‘इरफान अली’ नाटक मेचीनगरमा मञ्चन

पञ्चायती कालको यातना सम्झाउँदै ‘इरफान अली’ नाटक मेचीनगरमा मञ्चन

झापा, मेचीनगर। पञ्चायती व्यवस्थाको समयमा जेलभित्र हुने अमानवीय यातना, दमन र विभेदलाई उजागर गर्ने उद्देश्यसहित ‘इरफान अली’ नामक नाट...

इलाममा बोलेरो ५० मिटर तल खस्यो, बालिकासहित पाँच जना घाइते

निशान निराैला इलामको माङ्सेबुङ गाउँपालिका–२ दहगाउँस्थित आरुबोटे–दमक भित्री कच्ची सडकखण्डमा बोलेरो दुर्घटना हुँदा पाँच जना घाइते भ...
ne_NPNepali