Purbi Garjan

मेचीनगर : एसईईमा सितारामका प्रसाईं र होराइजनकी ओझा उत्कृष्ट

Advertisement

मेचीनगर । झापाको मेचीनगर नगरपालिका स्थित सिताराम सामुदायिक अंग्रेजी विद्यालय धाईजनका विराज प्रसाईं र इस्ट होराइजन अङ्ग्रेजी मावि धुलाबारीकी साक्षी ओझा एसईई २०८० मा मेचीनगरबाट उत्कृष्टको सूचीमा परेका छन् ।

प्रसाईंले ३.९ जिपीए प्राप्त गरेको विद्यालयका प्रिन्सिपल राजेश निरौलाले बताए । प्रिन्सिपल निरौलाका अनुसार प्रसाईंले ५ वटा विषयमा ४ जिपीए प्राप्त गरेका छन् । भाषा विषय अंग्रेजी र नेपालीमा मात्र ३.६ जिपीए ल्याएका कारण उनले ४ जिपीए ल्याउनबाट वञ्चित हुनु परेको निरौलाले बताए ।

त्यस्तै छात्रातर्फ इष्ट होराइजन अंग्रेजी मावि धुलाबारीकी साक्षी ओझा उत्कृष्ट बनेकी छिन् । ३.८६ जिपीएसहित ओझा छात्रातर्फ मेचीनगरकै अधिकतम जिपीए प्राप्त गर्ने विद्यार्थीको सूचीमा परेकी छिन् । ४ वटा विषयमा ४ जिपीए ल्याएकी उनले अंग्रेजी, नेपाली र सामाजिक विषयमा ३.६ जिपीए प्राप्त गरेकी छिन् ।

संस्थागत विद्यालयतर्फ समग्र विद्यालयको नतिजा विवरण आउने क्रममा रहेको मेचीनगर शिक्षा शाखाले जानकारी दिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

नेकपाले देशको नेतृत्व गर्छ – दिपेश सी

नेकपाले देशको नेतृत्व गर्छ – दिपेश सी

विर्तामोड । नेपाल कम्युनिस्ट पार्टीका किराँत लिम्बूवान प्रदेश कमिटीका इन्चार्ज दिपेश सि ले अब देशको नेतृत्व नेपाल कम्युनिस्ट पार्ट...
आजको समाजको जीवनशिल पक्षको नेतृत्व नेकपाले गरेको छ – सुमनसिंह सी

आजको समाजको जीवनशिल पक्षको नेतृत्व नेकपाले गरेको छ – सुमनसिंह सी

विर्तामोड । विप्लव नेतृत्वको नेकपाका केन्द्रीय सदस्य एवम्  झापा इन्चार्ज सुमनसिंहले आजको समाजको जीवनशिल पक्षको नेत्रित्व नेकपाले ग...
नेपाल कम्युनिष्ट पार्टी झापाको छैटौँ पूर्ण बैठक सम्पन्न, यस्तो छ आगामी रणनीति

नेपाल कम्युनिष्ट पार्टी झापाको छैटौँ पूर्ण बैठक सम्पन्न, यस्तो छ आगामी रणनीति

विर्तामोड । विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी झापाले पार्टीको आगामी रणनीति, सांगठनिक गतिविधि र उत्पादनका विषयमा विभिन्न निर...
गिरफ्तार नागरिक अविलम्ब रिहा गर्न एमसिसी सरोकार समितिको माग

गिरफ्तार नागरिक अविलम्ब रिहा गर्न एमसिसी सरोकार समितिको माग

काठमाडौ। स्थानीयको अनुमतिबिना विद्युतको प्रशारण लाईन बिस्तार विरुद्ध आन्दोलनरत व्यक्तिलाई प्रहरीले पक्राउ गरेकोले उनिहरुलाई अबिलम्...