Skip to main content

Purbi Garjan

मेचीनगर : एसईईमा सितारामका प्रसाईं र होराइजनकी ओझा उत्कृष्ट

मेचीनगर । झापाको मेचीनगर नगरपालिका स्थित सिताराम सामुदायिक अंग्रेजी विद्यालय धाईजनका विराज प्रसाईं र इस्ट होराइजन अङ्ग्रेजी मावि धुलाबारीकी साक्षी ओझा एसईई २०८० मा मेचीनगरबाट उत्कृष्टको सूचीमा परेका छन् ।

प्रसाईंले ३.९ जिपीए प्राप्त गरेको विद्यालयका प्रिन्सिपल राजेश निरौलाले बताए । प्रिन्सिपल निरौलाका अनुसार प्रसाईंले ५ वटा विषयमा ४ जिपीए प्राप्त गरेका छन् । भाषा विषय अंग्रेजी र नेपालीमा मात्र ३.६ जिपीए ल्याएका कारण उनले ४ जिपीए ल्याउनबाट वञ्चित हुनु परेको निरौलाले बताए ।

त्यस्तै छात्रातर्फ इष्ट होराइजन अंग्रेजी मावि धुलाबारीकी साक्षी ओझा उत्कृष्ट बनेकी छिन् । ३.८६ जिपीएसहित ओझा छात्रातर्फ मेचीनगरकै अधिकतम जिपीए प्राप्त गर्ने विद्यार्थीको सूचीमा परेकी छिन् । ४ वटा विषयमा ४ जिपीए ल्याएकी उनले अंग्रेजी, नेपाली र सामाजिक विषयमा ३.६ जिपीए प्राप्त गरेकी छिन् ।

संस्थागत विद्यालयतर्फ समग्र विद्यालयको नतिजा विवरण आउने क्रममा रहेको मेचीनगर शिक्षा शाखाले जानकारी दिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

काकडभिट्टा नाकामा सशस्त्र प्रहरीको विभेद: सिटी रिक्सामा मुद्दा, स्कोरपियो सहजै पार

काकडभिट्टा नाकामा सशस्त्र प्रहरीको विभेद: सिटी रिक्सामा मुद्दा, स्कोरपियो सहजै पार

काकडभिट्टा नाका: कानुन होइन सशस्त्र प्रहरीको मनोमानी चल्छ, गरिबको सिटी रिक्सामा मुद्दा दर्ता, धनाड्यको स्कोरपियो सेटिङमै छाडियो। र...
काकडभिट्टा-पानीटंकी  नाकामा सुन–चाँदीसहित ४ भारतीय पक्राउ, गाडीसहित भन्सार बुझाइयो

काकडभिट्टा-पानीटंकी  नाकामा सुन–चाँदीसहित ४ भारतीय पक्राउ, गाडीसहित भन्सार बुझाइयो

काकडभिट्टा । पूर्वी नेपालको प्रमुख नाका काकडभिट्टासँग सिमाना जोडिएको भारतको पानीटंकी क्षेत्रमा सुन र चाँदीसहित चार जना भारतीय नागर...
पञ्चायती कालको यातना सम्झाउँदै ‘इरफान अली’ नाटक मेचीनगरमा मञ्चन

पञ्चायती कालको यातना सम्झाउँदै ‘इरफान अली’ नाटक मेचीनगरमा मञ्चन

झापा, मेचीनगर। पञ्चायती व्यवस्थाको समयमा जेलभित्र हुने अमानवीय यातना, दमन र विभेदलाई उजागर गर्ने उद्देश्यसहित ‘इरफान अली’ नामक नाट...

इलाममा बोलेरो ५० मिटर तल खस्यो, बालिकासहित पाँच जना घाइते

निशान निराैला इलामको माङ्सेबुङ गाउँपालिका–२ दहगाउँस्थित आरुबोटे–दमक भित्री कच्ची सडकखण्डमा बोलेरो दुर्घटना हुँदा पाँच जना घाइते भ...
ne_NPNepali