Skip to main content

Purbi Garjan

मेचीनगर: शिक्षा क्षेत्रमा लापरबाही,विद्यार्थीले अझै पाएनन् पुस्तक

प्रविण अधिकारी
मेचीनगर। झापाको मेचीनगर नगरपालिका भित्र अध्ययन गर्ने हजारौं विद्यार्थीहरुको शैक्षिक हकसम्बन्धीको अधिकार माथि सम्बन्धित निकायले नै गम्भीर खेलबाड गरेको पाइएको छ।

शैक्षिकसत्र शुरु भएको पाँच महिना बितिसक्दा समेत विद्यार्थीहरुले “हाम्रो मेचीनगर” नामक पुस्तक पाएका छैनन् । नगर शिक्षा शाखाले नगरका प्रत्येक विद्यालयमा अनिवार्य विषयका रुपमा अध्यापन गराउने गरि सुचारु गरेको उक्त पुस्तक नै विद्यार्थीहरुले हालसम्म पनि नपाएको भेटिएको छ।

संविधान प्रदत्त शिक्षा सम्बन्धी आधारभूत तथा माध्यमिक तहसम्मको हक सुनिश्चित गर्न स्थानीय सरकार सञ्चालन ऐनको दफा ११ (ञ) ले २३ वटा अधिकार स्थानीय तहको सरकारलाई दिएको भएपनि कतिपय स्थानीय तहको लापरबाहीले हजारौं विद्यार्थीहरुको शैक्षिक हकअधिकार हनन भएको छ।

नेपालको संविधानको धारा ३१ मा उल्लेखित शिक्षा सम्बन्धी हकले हरेक नागरिकको मौलिक हकका रूपमा शिक्षालाई सुनिश्चित गरेको भएपनि स्वयं सरोकारवाला निकायले नै विद्यार्थीहरुको मौलिक हकमाथि गम्भीर लापरबाही गरिरहेका छन् भने विद्यार्थीहरुको भविष्यमाथि समेत खेलबाड गरिरहेका छन्।

प्रत्येक नागरिकलाई आधारभूत शिक्षामा पहुँचको हक,
प्रत्येक नागरिकलाई आधारभूत तहको शिक्षा अनिवार्य र निःशुल्क शिक्षा तथा माध्यमिक तहसम्म निःशुल्क शिक्षा पाउने हक,पाठ्यपुस्तक, अपाङ्गता भएका र आर्थिक रूपले विपन्न नागरिकलाई कानुन बमोजिम निःशुल्क उच्च शिक्षा प्राप्त गर्ने हक लगायतका विषय उल्लेख गरिएपनि मेचीनगरका अधिकांश विद्यालयमा विद्यार्थीहरु पुस्तकबाट बञ्चित हुन पुगेका हुन्।

मेचीनगरकै एक विद्यालयका प्रअसँग यस विषयमा कुराकानी गर्दा उनले यो नगर शिक्षा शाखाको लापरबाहीले विद्यार्थीहरुको भविष्यमाथि खेलबाड भइरहेको र विद्यार्थीहरुले किनेर पढ्छु भन्दा पनि पुस्तक नपाइएको गुनासो गरे ।

नगरकै अर्को माध्यमिक विद्यालयका प्रअले शिक्षा शाखाले पुस्तक छपाउन नसक्ने भए विद्यार्थीहरुले बजारमा किनेर पढ्न पाउने गरीको व्यवस्था गरिनुपर्ने तर विद्यार्थीको भविष्य अन्योल बनाउन नहुने बताए ।

यस विषयमा एक विषयगत शिक्षक सँग हामीले जिज्ञासा राख्दा पुस्तक अभावका कारण विद्यार्थीहरुलाई होमवर्क गराउन तथा कक्षाकोठामा पढाउन समेत असहज भएको बताए । विद्यार्थीहरुलाई समयमा पुस्तक उपलब्ध नहुँदा विद्यार्थी र शिक्षकलाई नै असहज भएको उनले बताए ।

यता मेचीनगर शिक्षा शाखाका प्रमुख होमनाथ भण्डारीले कक्षा १ देखि ८ सम्म “हाम्रो मेचीनगर” भन्ने पुस्तक पढाइँदै आएको र विगतका वर्षहरूमा बजेट अभाव भएको कारण पुस्तक छाप्न नसकिएको बताए । भण्डारीका अनुसार अहिले कक्षा ४ र ५ का विद्यार्थीलाई पुस्तक उपलब्ध गराइएको छ भने अन्य कक्षाका विद्यार्थीहरुले ५ महिना बितिसक्दा समेत पुस्तक पाएका छैनन् ।

विद्यार्थीहरुले पुस्तक नपाएपनि विद्यालयका विषयगत शिक्षकहरुलाई “हाम्रो मेचीनगर” भन्ने पाठ्यपुस्तक पढाउने तरिका , सामाग्री खोजी गर्ने तरिकाहरु सिकाइएको र विद्यार्थीहरुमा समेत अरु विषयमा भन्दा यो विषयमा सिकाइ बढोत्तरी भएको र राम्रो भएको अनुभव रहेको भण्डारीले बताए ।

विद्यार्थीहरुले यो वर्ष किताब पाउने सम्भावना समेत नरहेको बुझिएको छ। पुस्तक लेखन तथा तयारीका कामहरु नसकिएको कारण अघिल्लो वर्ष पुस्तक नछापिएको र अब निजी कम्पनिहरुसँग सहकार्य गरेर निजी विद्यालयको लागि अरु पाठ्यपुस्तक जस्तै खरिद गर्नुपर्ने गरि र सामुदायिक विद्यालयहरुका लागि निःशुल्क उपलब्ध हुने गरि तयारी गरिने भण्डारीले बताए ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

जोरसिमल चेकपोस्ट बाट सशस्त्र प्रहरीले समात्यो पिकअप सहित तस्करीको सामान

जोरसिमल चेकपोस्ट बाट सशस्त्र प्रहरीले समात्यो पिकअप सहित तस्करीको सामान

झापा, मेचीनगर । झापाको मेचीनगर नगरपालिका–७ जोरसिमल क्षेत्रबाट सशस्त्र प्रहरीले अवैध रूपमा भन्सार छली गरी नेपालतर्फ ल्याइएको सामानस...
इक्यान झापाको अन्तरक्रिया कार्यक्रम सम्पन्न, विविध विषयमा छलफल

इक्यान झापाको अन्तरक्रिया कार्यक्रम सम्पन्न, विविध विषयमा छलफल

बिर्तामोड । नेपाल शैक्षिक परामर्श संघ इक्यान झापाको आयोजनामा झापाको बिर्तामोडमा एकदिने अन्तरक्रियात्मक कार्यक्रम सम्पन्न भएको छ । ...
भान्सामा खाना पकाउँदै गरेकी महिलाको सर्पको टोकाइबाट मृत्यु

भान्सामा खाना पकाउँदै गरेकी महिलाको सर्पको टोकाइबाट मृत्यु

दमक, झापा। झापाको कमल गाउँपालिकामा सर्पदंशका कारण एक महिलाको मृत्यु भएको छ। जिल्ला प्रहरी कार्यालयका अनुसार कमल गाउँपालिका–३ बस्न...
बाहुण्डाँगी हात्ती समस्या : नेपाल–भारतका अधिकारीबीच समाधानका लागि छलफल

बाहुण्डाँगी हात्ती समस्या : नेपाल–भारतका अधिकारीबीच समाधानका लागि छलफल

प्रविण अधिकारी झापा । पछिल्लो समय पेचिलो बन्दै गएको बाहुण्डाँगी हात्ती समस्या र यसको दीर्घकालीन समाधानका लागि नेपाल–भारतका सम्बन्...
ne_NPNepali