मेचीनगर। चाडपर्व लागेसँगै सिमानाकामा चेकजाँचमा निगरानी बढाएको सशस्त्र प्रहरी बल नेपाल काकडभिट्टाले ठुलो मात्रामा विष्फोटक पदार्थ पटाका बरामद गरी नष्ट गरेको छ। सशस्त्र प्रहरीले एक लाख १८ हजार ८६४ रुपैयाँबराबरको पटाका नियन्त्रणमा लिएर नष्ट गरेको सशस्त्र प्रहरी बल नेपाल नं २ गण हेडक्वाटर झापाका सुचना अधिकारी डिएसपी सुमन पोखरेलले जानकारी दिए। भारतबाट काकडभिट्टा नाका हुँदै भारतीय नम्बर प्लेटको डब्ल्यु बि ७४ एपी २३२७ नम्बरको मारुती भ्यानमा अवैध रुपमा नेपाल भित्र्याइएको प्रतिबन्धित पटाका काकडभिट्टा गुल्मका डिएसपी लोकनाथ उप्रेतीको कमान्डमा खटिएको टोलीले बुधबार इटाभट्टाबाट नियन्त्रणमा लिएको थियोे । विशेष सुचनाको आधारमा प्रहरीले चेकजाँच गर्दा भारी मात्रामा पटाका बरामद भएको हो । पटाका…
मेचीनगर। झापाको मेचीनगरमा प्रधान कार्यालय रहेको नेपाल बहुउद्धेश्यीय सहकारी संस्थाले उत्पादन गरी विक्री वितरण गरेको चियामा कम गुणस्तर भएको पाइएपछि जिल्ला प्रशासन कार्यालय झापाले ५० हजार रुपैँया धरौटी तिराएको छ । खाद्य स्वच्छता तथा गुणस्तर ऐन २०८१ अनुसार एनएमसीको चिया कम गुणस्तरको पाइएकाले कारबाही प्रक्रिया अगाडी बढाएको र धरौटी तोकिएको जिल्ला प्रशासन कार्यालय झापाका सहायक प्रमुख जिल्ला अधिकारी विश्वराज नेपालले जानकारी दिए । खाद्य परीक्षण प्रयोगशाला विराटनगरले एनएमसी चियाको नमुना परीक्षण गर्दा कम गुणस्तरको रिपोर्ट पठाएकाले कारबाही प्रक्रिया अगाडी बढाइएको सहायक प्रजिअ नेपालले बताए । यता एनएमसीका अध्यक्ष ठाकुरप्रसाद शिवाकोटीले बजार अनुगमनका क्रममा आफुहरुलाई जानकारी नगराई नमुना संकलन गरिएको बताए…
प्रविण अधिकारी मेचीनगर। झापाको मेचीनगर नगरपालिका भित्र अध्ययन गर्ने हजारौं विद्यार्थीहरुको शैक्षिक हकसम्बन्धीको अधिकार माथि सम्बन्धित निकायले नै गम्भीर खेलबाड गरेको पाइएको छ। शैक्षिकसत्र शुरु भएको पाँच महिना बितिसक्दा समेत विद्यार्थीहरुले "हाम्रो मेचीनगर" नामक पुस्तक पाएका छैनन् । नगर शिक्षा शाखाले नगरका प्रत्येक विद्यालयमा अनिवार्य विषयका रुपमा अध्यापन गराउने गरि सुचारु गरेको उक्त पुस्तक नै विद्यार्थीहरुले हालसम्म पनि नपाएको भेटिएको छ। संविधान प्रदत्त शिक्षा सम्बन्धी आधारभूत तथा माध्यमिक तहसम्मको हक सुनिश्चित गर्न स्थानीय सरकार सञ्चालन ऐनको दफा ११ (ञ) ले २३ वटा अधिकार स्थानीय तहको सरकारलाई दिएको भएपनि कतिपय स्थानीय तहको लापरबाहीले हजारौं विद्यार्थीहरुको शैक्षिक हकअधिकार हनन भएको छ। नेपालको…