Skip to main content

Purbi Garjan

गुणस्तर नभएपछि एनएमसी चियालाई ५० हजार धरौटी

मेचीनगर। झापाको मेचीनगरमा प्रधान कार्यालय रहेको नेपाल बहुउद्धेश्यीय सहकारी संस्थाले उत्पादन गरी विक्री वितरण गरेको चियामा कम गुणस्तर भएको पाइएपछि जिल्ला प्रशासन कार्यालय झापाले ५० हजार रुपैँया धरौटी तिराएको छ ।

खाद्य स्वच्छता तथा गुणस्तर ऐन २०८१ अनुसार एनएमसीको चिया कम गुणस्तरको पाइएकाले कारबाही प्रक्रिया अगाडी बढाएको र धरौटी तोकिएको जिल्ला प्रशासन कार्यालय झापाका सहायक प्रमुख जिल्ला अधिकारी विश्वराज नेपालले जानकारी दिए । खाद्य परीक्षण प्रयोगशाला विराटनगरले एनएमसी चियाको नमुना परीक्षण गर्दा कम गुणस्तरको रिपोर्ट पठाएकाले कारबाही प्रक्रिया अगाडी बढाइएको सहायक प्रजिअ नेपालले बताए ।

यता एनएमसीका अध्यक्ष ठाकुरप्रसाद शिवाकोटीले बजार अनुगमनका क्रममा आफुहरुलाई जानकारी नगराई नमुना संकलन गरिएको बताए । ‘हठात आउनु भो आफ्नो हिसाबले लिएर जानु भा’छ,’ उनले भने, ‘त्यो सामाग्री हामीलाई जानकारीपनि गराएर हाम्रो रोहवरमा लिएर गइन्छ, यद्यपी त्यसको हामीले जिम्मेवारी लिएका छौँ ।’

एनएमसीले चिया नियमित भारत निर्यात गरिरहेको तर कुनैपनि चियामा समस्या नदेखिएको बताउँदै नेपालको परीक्षण मापदण्ड अलि बढी भएको हुनसक्ने उनले बताए ।

नमुना संकलन गरि कम गुणस्तरको रिपोर्ट आएको व्याचको चिया बजारबाट फिर्ता गरिएको अध्यक्ष शिवाकोटीले बताए पनि एनएमसी चिया विभाग प्रमुख रविन्द्र पाण्डेले भने चिया फिर्ता नभएको बताए । एसपी–१६/८०/८१ व्याचको चियामा गुणस्तर कम देखिएको उनले जानकारी दिए । ‘बजारबाट गत बर्ष पुषमा नमुना संकलन गरिएको रहेछ, हामीलाई साउनमा मात्र कम गुणस्तरको भएको जानकारी आयो,’ उनले भने, ‘त्यो अवधिसम्ममा उक्त व्याचको चिया बजारबाट बिक्री भइसकेको पाइयो ।’

सो सिटीसी चिया एनएमसीको उत्पादन नभएर बाहिरबाट खरिद गरी प्याकेजिङ गरेर बिक्री गरिएको पाण्डेले बताए ।

एनएमसीले व्यवसाय विस्तार गर्ने क्रममा २०८० जेठ २८ गते बिर्तामोडमा पत्रकार सम्मेलन गरी चिया विक्री वितरण शुरु गरेको जानकारी दिएको थियो । तत्कालिन समयमा एनएमसीले इलामको साँघुबेसी, सिद्धपोखरी र इलामेली चिया सहकारीसँग एकीकरण गरी ४ वटा युनिटबाट चिया उत्पादन गरी बिक्री गर्ने गरेको भएपनि पछिल्लो बजारको अवस्थाका कारण इलामको माइजोगमाईबाट अर्थोडक्स र झापाको मेचीनगर–५ स्थित सुरेन्द्रनगरमा सिटीसी चिया उत्पादन तथा प्याकेजिङ गरी बिक्री वितरण गर्दै आएको पाण्डेले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

साहसी युवा जसले उर्लँदो भेलबाट ४ जना पर्यटकको ज्यान बचाए

साहसी युवा जसले उर्लँदो भेलबाट ४ जना पर्यटकको ज्यान बचाए

दार्जिलिङ । कुर्सेङ अन्तर्गत पर्ने दु्धिया निवासी दिल कुमार सुब्बालाई बहादुरी पुरस्कार प्रदान गर्न स्थानीय बासिन्दा तथा सामाजिक सं...
जोरसिमल चेकपोस्ट बाट सशस्त्र प्रहरीले समात्यो पिकअप सहित तस्करीको सामान

जोरसिमल चेकपोस्ट बाट सशस्त्र प्रहरीले समात्यो पिकअप सहित तस्करीको सामान

झापा, मेचीनगर । झापाको मेचीनगर नगरपालिका–७ जोरसिमल क्षेत्रबाट सशस्त्र प्रहरीले अवैध रूपमा भन्सार छली गरी नेपालतर्फ ल्याइएको सामानस...
इक्यान झापाको अन्तरक्रिया कार्यक्रम सम्पन्न, विविध विषयमा छलफल

इक्यान झापाको अन्तरक्रिया कार्यक्रम सम्पन्न, विविध विषयमा छलफल

बिर्तामोड । नेपाल शैक्षिक परामर्श संघ इक्यान झापाको आयोजनामा झापाको बिर्तामोडमा एकदिने अन्तरक्रियात्मक कार्यक्रम सम्पन्न भएको छ । ...
भान्सामा खाना पकाउँदै गरेकी महिलाको सर्पको टोकाइबाट मृत्यु

भान्सामा खाना पकाउँदै गरेकी महिलाको सर्पको टोकाइबाट मृत्यु

दमक, झापा। झापाको कमल गाउँपालिकामा सर्पदंशका कारण एक महिलाको मृत्यु भएको छ। जिल्ला प्रहरी कार्यालयका अनुसार कमल गाउँपालिका–३ बस्न...
ne_NPNepali