Skip to main content

Purbi Garjan

मेचीनगर : सशस्त्र प्रहरीद्वारा ठुलो मात्रामा पटाका बरामद गरि नष्ट

मेचीनगर। चाडपर्व लागेसँगै सिमानाकामा चेकजाँचमा निगरानी बढाएको सशस्त्र प्रहरी बल नेपाल काकडभिट्टाले ठुलो मात्रामा विष्फोटक पदार्थ पटाका बरामद गरी नष्ट गरेको छ।

सशस्त्र प्रहरीले एक लाख १८ हजार ८६४ रुपैयाँबराबरको पटाका नियन्त्रणमा लिएर  नष्ट गरेको सशस्त्र प्रहरी बल नेपाल नं २ गण हेडक्वाटर झापाका सुचना अधिकारी डिएसपी सुमन पोखरेलले जानकारी दिए।

भारतबाट काकडभिट्टा नाका हुँदै भारतीय नम्बर प्लेटको डब्ल्यु बि ७४ एपी २३२७ नम्बरको मारुती भ्यानमा अवैध रुपमा नेपाल भित्र्याइएको प्रतिबन्धित पटाका काकडभिट्टा गुल्मका डिएसपी लोकनाथ उप्रेतीको कमान्डमा खटिएको टोलीले बुधबार इटाभट्टाबाट नियन्त्रणमा लिएको थियोे ।

नियन्त्रणमा लिइएको मारुती भ्यान

विशेष सुचनाको आधारमा प्रहरीले चेकजाँच गर्दा भारी मात्रामा पटाका बरामद भएको हो । पटाका नष्ट गरेर सवारीसाधनलाई २२ लाख मूल्य कायम गरी आवश्यक कारबाहीका लागि मेची भन्सार कार्यालय काँकरभिट्टामा बुझाइएको सुचना अधिकारी पोखरेलले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

पहिलो पाइला नेपाल कमल शाखा अध्यक्षमा सञ्जु, पदस्थापना सम्पन्न

पहिलो पाइला नेपाल कमल शाखा अध्यक्षमा सञ्जु, पदस्थापना सम्पन्न

झापा । सामाजिक क्षेत्रमा सक्रिय रहि देशका विभिन्न स्थानमा शाखा विस्तार गर्न सफल संस्था पहिलो पाइला नेपालले कमल शाखाको कार्यसमिति ग...
इटहरी, उदयपुर र गोलबजार जेसीजद्वारा विद्यार्थीलाई शैक्षिक सामग्री वितरण

इटहरी, उदयपुर र गोलबजार जेसीजद्वारा विद्यार्थीलाई शैक्षिक सामग्री वितरण

झापा । मेचीनगर–३ स्थित बलभद्र आधारभूत विद्यालयका विद्यार्थीहरूलाई विभिन्न जेसीज शाखाहरूले शैक्षिक सामग्री वितरण गरेका छन्। नेपा...
पाँचतारे होटल मेची क्राउनद्वारा दैवी प्रकोप उद्धार कोषमा २६ लाख सहयोग

पाँचतारे होटल मेची क्राउनद्वारा दैवी प्रकोप उद्धार कोषमा २६ लाख सहयोग

मेचीनगर। झापाको मेचीनगर ८ स्थित पाँचतारे होटल मेची क्राउनले बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत तथा पुनःस्थापनाका लागि प्रधानमन...
चारआली प्रहरीको ज्यादती : भन्सार गरेको सामान नियन्त्रण गर्दै पुनः भन्सार बुझाइयो, पहुँचवालाको खुसुक्क छाडियो

चारआली प्रहरीको ज्यादती : भन्सार गरेको सामान नियन्त्रण गर्दै पुनः भन्सार बुझाइयो, पहुँचवालाको खुसुक्क छाडियो

झापा । भारतबाट खरिद गरी मेची भन्सार कार्यालयबाट विधिवत् भन्सार जाँचपास गराएर नेपाल भित्रिएको किराना सामान चारआली प्रहरीले नियन्त्र...
ne_NPNepali