Skip to main content

Purbi Garjan

मेचीनगर : सशस्त्र प्रहरीद्वारा ठुलो मात्रामा पटाका बरामद गरि नष्ट

मेचीनगर। चाडपर्व लागेसँगै सिमानाकामा चेकजाँचमा निगरानी बढाएको सशस्त्र प्रहरी बल नेपाल काकडभिट्टाले ठुलो मात्रामा विष्फोटक पदार्थ पटाका बरामद गरी नष्ट गरेको छ।

सशस्त्र प्रहरीले एक लाख १८ हजार ८६४ रुपैयाँबराबरको पटाका नियन्त्रणमा लिएर  नष्ट गरेको सशस्त्र प्रहरी बल नेपाल नं २ गण हेडक्वाटर झापाका सुचना अधिकारी डिएसपी सुमन पोखरेलले जानकारी दिए।

भारतबाट काकडभिट्टा नाका हुँदै भारतीय नम्बर प्लेटको डब्ल्यु बि ७४ एपी २३२७ नम्बरको मारुती भ्यानमा अवैध रुपमा नेपाल भित्र्याइएको प्रतिबन्धित पटाका काकडभिट्टा गुल्मका डिएसपी लोकनाथ उप्रेतीको कमान्डमा खटिएको टोलीले बुधबार इटाभट्टाबाट नियन्त्रणमा लिएको थियोे ।

नियन्त्रणमा लिइएको मारुती भ्यान

विशेष सुचनाको आधारमा प्रहरीले चेकजाँच गर्दा भारी मात्रामा पटाका बरामद भएको हो । पटाका नष्ट गरेर सवारीसाधनलाई २२ लाख मूल्य कायम गरी आवश्यक कारबाहीका लागि मेची भन्सार कार्यालय काँकरभिट्टामा बुझाइएको सुचना अधिकारी पोखरेलले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

काकडभिट्टा नाकामा सशस्त्र प्रहरीको विभेद: सिटी रिक्सामा मुद्दा, स्कोरपियो सहजै पार

काकडभिट्टा नाकामा सशस्त्र प्रहरीको विभेद: सिटी रिक्सामा मुद्दा, स्कोरपियो सहजै पार

काकडभिट्टा नाका: कानुन होइन सशस्त्र प्रहरीको मनोमानी चल्छ, गरिबको सिटी रिक्सामा मुद्दा दर्ता, धनाड्यको स्कोरपियो सेटिङमै छाडियो। र...
काकडभिट्टा-पानीटंकी  नाकामा सुन–चाँदीसहित ४ भारतीय पक्राउ, गाडीसहित भन्सार बुझाइयो

काकडभिट्टा-पानीटंकी  नाकामा सुन–चाँदीसहित ४ भारतीय पक्राउ, गाडीसहित भन्सार बुझाइयो

काकडभिट्टा । पूर्वी नेपालको प्रमुख नाका काकडभिट्टासँग सिमाना जोडिएको भारतको पानीटंकी क्षेत्रमा सुन र चाँदीसहित चार जना भारतीय नागर...
पञ्चायती कालको यातना सम्झाउँदै ‘इरफान अली’ नाटक मेचीनगरमा मञ्चन

पञ्चायती कालको यातना सम्झाउँदै ‘इरफान अली’ नाटक मेचीनगरमा मञ्चन

झापा, मेचीनगर। पञ्चायती व्यवस्थाको समयमा जेलभित्र हुने अमानवीय यातना, दमन र विभेदलाई उजागर गर्ने उद्देश्यसहित ‘इरफान अली’ नामक नाट...

इलाममा बोलेरो ५० मिटर तल खस्यो, बालिकासहित पाँच जना घाइते

निशान निराैला इलामको माङ्सेबुङ गाउँपालिका–२ दहगाउँस्थित आरुबोटे–दमक भित्री कच्ची सडकखण्डमा बोलेरो दुर्घटना हुँदा पाँच जना घाइते भ...
ne_NPNepali