Skip to main content

Purbi Garjan

झापाका १५ पालिका मध्ये सबैभन्दा बढी बेरुजु मेचीनगरमा

मेचीनगर। झापाका १५ वटा पालिकामध्ये सबैभन्दा बढी बेरुजु भएको नगरपालिकामा मेचीनगर नगरपालिका परेको छ। महालेखा परीक्षकको ६२ औँ वार्षिक प्रतिवेदन २०८२ अनुसार झापामा मेचीनगर नगरपालिका र गाउँपालिका मध्ये  कचनकवलमा सबैभन्दा बढी बेरुजु रहेको पाइएको हो ।

बुधवार महालेखा परीक्षकको कार्यालयले ६२औँ वार्षिक प्रतिवेदन राष्ट्रपति रामचन्द्र पौडेललाई हस्तान्तरण गरेको छ । महालेखा परीक्षकको प्रतिवेदन अनुसार मेचीनगर नगरपालिकामा सबैभन्दा बढी ६.११ प्रतिशत बेरुजु रहेको पाइएको हो । मेचीनगरमा २२ करोड ५६ लाख १२ हजार रुपैयाँ बेरुजु रहेको प्रतिवेदनमा उल्लेख छ । मेचीनगरपछि सबैभन्दा बढी बेरुजु हुने दोस्रोमा कचनकवल गाउँपालिका रहेको छ । कचनकवलमा ४.५१ प्रतिशत अर्थात् ६ करोड ४३ लाख १ हजार रुपैयाँ बेरुजु रहेको छ ।

त्यस्तै तेस्रो स्थानमा रहेको बुद्धशान्ति गाउँपालिकामा ४.१० प्रतिशत अर्थात् ६ करोड ४४ लाख ७२ हजार रुपैयाँ बेरुजु देखिएको छ । सबैभन्दा कम बेरुजु बाह्रदशी गाउँपालिकामा रहेको छ । बाह्रदशीमा ०.७२ प्रतिशत अर्थात् ७५ लाख ६ हजार रुपैयाँ बेरुजु देखिएको प्रतिवेदनमा उल्लेख छ ।

बिर्तामोड नगरपालिकाको ३.२४ प्रतिशत अर्थात् १० करोड ५५ लाख २८ हजार , भद्रपुर नगरपालिकाको २.९८ प्रतिशत अर्थात् ६ करोड ३० लाख ५६ हजार , शिवसताक्षी नगरपालिकाको १.७६ प्रतिशत अर्थात् ३ करोड ९७ लाख ९७ हजार , अर्जुनधारा नगरपालिकाको ३.४४ प्रतिशत अर्थात् ६ करोड ३७ लाख १९ हजार , कनकाई नगरपालिकाको २.७९ प्रतिशत अर्थात् ४ करोड ४१ लाख ४२ हजार , गौरादह नगरपालिकाको १.९२ प्रतिशत अर्थात् ३ करोड ९७ लाख ३८ हजार , दमक नगरपालिकाको १.२७ प्रतिशत अर्थात् ४ करोड १ लाख ८ हजार , गौरीगञ्ज गाउँपालिकाको १.५२ प्रतिशत अर्थात् १ करोड ९६ लाख ३७ हजार , कमल गाउँपालिकाको १.९३ प्रतिशत अर्थात् ३ करोड ७७ लाख ३८ हजार , झापा गाउँपालिकाको १.०२ प्रतिशत अर्थात् १ करोड १५ लाख ३१ हजार र हल्दिवारी गाउँपालिकाको ३.२१ प्रतिशत अर्थात् ४ करोड ३७ लाख ३४ हजार रुपैयाँ बेरुजु रहेको छ । अघिल्लो वर्ष सबैभन्दा बढी बिर्तामोड नगरपालिकाको र सबैभन्दा कम झापा गाउँपालिकाको बेरुजु रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

काकडभिट्टा नाकामा सशस्त्र प्रहरीको विभेद: सिटी रिक्सामा मुद्दा, स्कोरपियो सहजै पार

काकडभिट्टा नाकामा सशस्त्र प्रहरीको विभेद: सिटी रिक्सामा मुद्दा, स्कोरपियो सहजै पार

काकडभिट्टा नाका: कानुन होइन सशस्त्र प्रहरीको मनोमानी चल्छ, गरिबको सिटी रिक्सामा मुद्दा दर्ता, धनाड्यको स्कोरपियो सेटिङमै छाडियो। र...
काकडभिट्टा-पानीटंकी  नाकामा सुन–चाँदीसहित ४ भारतीय पक्राउ, गाडीसहित भन्सार बुझाइयो

काकडभिट्टा-पानीटंकी  नाकामा सुन–चाँदीसहित ४ भारतीय पक्राउ, गाडीसहित भन्सार बुझाइयो

काकडभिट्टा । पूर्वी नेपालको प्रमुख नाका काकडभिट्टासँग सिमाना जोडिएको भारतको पानीटंकी क्षेत्रमा सुन र चाँदीसहित चार जना भारतीय नागर...
पञ्चायती कालको यातना सम्झाउँदै ‘इरफान अली’ नाटक मेचीनगरमा मञ्चन

पञ्चायती कालको यातना सम्झाउँदै ‘इरफान अली’ नाटक मेचीनगरमा मञ्चन

झापा, मेचीनगर। पञ्चायती व्यवस्थाको समयमा जेलभित्र हुने अमानवीय यातना, दमन र विभेदलाई उजागर गर्ने उद्देश्यसहित ‘इरफान अली’ नामक नाट...

इलाममा बोलेरो ५० मिटर तल खस्यो, बालिकासहित पाँच जना घाइते

निशान निराैला इलामको माङ्सेबुङ गाउँपालिका–२ दहगाउँस्थित आरुबोटे–दमक भित्री कच्ची सडकखण्डमा बोलेरो दुर्घटना हुँदा पाँच जना घाइते भ...
ne_NPNepali