Purbi Garjan

दिन: २०८२ जेष्ठ ३, शुक्रबार

नारी सञ्चार गृह झापाको अक्षयकोषमा आर्थिक सहयोग जुट्दै

नारी सञ्चार गृह झापाको अक्षयकोषमा आर्थिक सहयोग जुट्दै

बिर्तामोड। झापाका महिला पत्रकारहरूको साझा संस्था नारी सञ्चार गृह झापाले स्थापना गरेको अक्षयकोषमा आर्थिक सहयोग जुट्ने क्रम जारी रहेको छ। आज आयोजित कार्यक्रममा रोटरी क्लब अफ बिर्तामोड तथा अग्रसेन भवन बिर्तामोडका अध्यक्ष एवं उद्योगी सुरेशकुमार अग्रवाल ‘भद्रपुरे’ ले कोषमा नगद २१ हजार रुपैयाँ सहयोग गरेका छन्। सहयोग हस्तान्तरण कार्यक्रममा नारी सञ्चार गृह झापाकी अध्यक्ष रेजिना गौतम, सहसचिव तथा अक्षयकोष व्यवस्थापन समितिका संयोजक जोश्ना श्रेष्ठ, सदस्य दिपा सापकोटा र नेपाल पत्रकार महासंघ झापाकी उपाध्यक्ष विनिशा शर्मा सहभागी थिए। संस्थाका अनुसार हालसम्म अक्षयकोषमा ५० लाख २१ हजार रुपैयाँ संकलन भइसकेको छ। यस्तै, सहारा नेपाल साकोसका प्रमुख कार्यकारी अधिकृत महेन्द्रकुमार गिरीले कोषमा एक…
Read More
झापाका १५ पालिका मध्ये सबैभन्दा बढी बेरुजु मेचीनगरमा

झापाका १५ पालिका मध्ये सबैभन्दा बढी बेरुजु मेचीनगरमा

मेचीनगर। झापाका १५ वटा पालिकामध्ये सबैभन्दा बढी बेरुजु भएको नगरपालिकामा मेचीनगर नगरपालिका परेको छ। महालेखा परीक्षकको ६२ औँ वार्षिक प्रतिवेदन २०८२ अनुसार झापामा मेचीनगर नगरपालिका र गाउँपालिका मध्ये  कचनकवलमा सबैभन्दा बढी बेरुजु रहेको पाइएको हो । बुधवार महालेखा परीक्षकको कार्यालयले ६२औँ वार्षिक प्रतिवेदन राष्ट्रपति रामचन्द्र पौडेललाई हस्तान्तरण गरेको छ । महालेखा परीक्षकको प्रतिवेदन अनुसार मेचीनगर नगरपालिकामा सबैभन्दा बढी ६.११ प्रतिशत बेरुजु रहेको पाइएको हो । मेचीनगरमा २२ करोड ५६ लाख १२ हजार रुपैयाँ बेरुजु रहेको प्रतिवेदनमा उल्लेख छ । मेचीनगरपछि सबैभन्दा बढी बेरुजु हुने दोस्रोमा कचनकवल गाउँपालिका रहेको छ । कचनकवलमा ४.५१ प्रतिशत अर्थात् ६ करोड ४३ लाख १ हजार…
Read More
ne_NPNepali