Skip to main content

Purbi Garjan

नारी सञ्चार गृह झापाको अक्षयकोषमा आर्थिक सहयोग जुट्दै

बिर्तामोड। झापाका महिला पत्रकारहरूको साझा संस्था नारी सञ्चार गृह झापाले स्थापना गरेको अक्षयकोषमा आर्थिक सहयोग जुट्ने क्रम जारी रहेको छ।

आज आयोजित कार्यक्रममा रोटरी क्लब अफ बिर्तामोड तथा अग्रसेन भवन बिर्तामोडका अध्यक्ष एवं उद्योगी सुरेशकुमार अग्रवाल ‘भद्रपुरे’ ले कोषमा नगद २१ हजार रुपैयाँ सहयोग गरेका छन्।

सहयोग हस्तान्तरण कार्यक्रममा नारी सञ्चार गृह झापाकी अध्यक्ष रेजिना गौतम, सहसचिव तथा अक्षयकोष व्यवस्थापन समितिका संयोजक जोश्ना श्रेष्ठ, सदस्य दिपा सापकोटा र नेपाल पत्रकार महासंघ झापाकी उपाध्यक्ष विनिशा शर्मा सहभागी थिए।

संस्थाका अनुसार हालसम्म अक्षयकोषमा ५० लाख २१ हजार रुपैयाँ संकलन भइसकेको छ। यस्तै, सहारा नेपाल साकोसका प्रमुख कार्यकारी अधिकृत महेन्द्रकुमार गिरीले कोषमा एक लाख रुपैयाँ थप गर्ने प्रतिबद्धता जनाएका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

इलाममा बेली ब्रिजको सामान बोकेको ट्रक दुर्घटना, एक जनाको मृत्यु

इलाममा बेली ब्रिजको सामान बोकेको ट्रक दुर्घटना, एक जनाको मृत्यु

निशान निराैला इलाम । इलाम नगरपालिका–१०, बाह्रगोलाईस्थित मेची राजमार्गमा बेली ब्रिजको सामान बोकेको ट्रक दुर्घटना हुँदा एक जनाको मृ...
पहिलो पाइला नेपाल कमल शाखा अध्यक्षमा सञ्जु, पदस्थापना सम्पन्न

पहिलो पाइला नेपाल कमल शाखा अध्यक्षमा सञ्जु, पदस्थापना सम्पन्न

झापा । सामाजिक क्षेत्रमा सक्रिय रहि देशका विभिन्न स्थानमा शाखा विस्तार गर्न सफल संस्था पहिलो पाइला नेपालले कमल शाखाको कार्यसमिति ग...
इटहरी, उदयपुर र गोलबजार जेसीजद्वारा विद्यार्थीलाई शैक्षिक सामग्री वितरण

इटहरी, उदयपुर र गोलबजार जेसीजद्वारा विद्यार्थीलाई शैक्षिक सामग्री वितरण

झापा । मेचीनगर–३ स्थित बलभद्र आधारभूत विद्यालयका विद्यार्थीहरूलाई विभिन्न जेसीज शाखाहरूले शैक्षिक सामग्री वितरण गरेका छन्। नेपा...
पाँचतारे होटल मेची क्राउनद्वारा दैवी प्रकोप उद्धार कोषमा २६ लाख सहयोग

पाँचतारे होटल मेची क्राउनद्वारा दैवी प्रकोप उद्धार कोषमा २६ लाख सहयोग

मेचीनगर। झापाको मेचीनगर ८ स्थित पाँचतारे होटल मेची क्राउनले बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत तथा पुनःस्थापनाका लागि प्रधानमन...
ne_NPNepali