Skip to main content

Purbi Garjan

शिवसताक्षी : एक सामुदायिक विद्यालयको एसइइको नतिजा शुन्य

विनोद सापकोटा
झिलझिले । झापाको शिवसताक्षी नगरपालिकाको एउटा सामुदायिक विद्यालयको २०८० को एसइइको नतिजा शून्य आएको छ । नतिजाअनुसार चन्द्रडाँगीको शुक्र माविको परीक्षाफल शून्य आएको हो । शिवसताक्षी–७ को सो विद्यालयबाट एसइइमा २० जना परीक्षार्थी सहभागी थिए ।

त्यस्तै, जनआदर्श मावि, शिवगञ्जबाट एकजना मात्र परीक्षार्थी उत्तीर्ण भएका छन् । ५१ जना सहभागीमध्ये ५० जना अनुत्तीर्ण भएका छन् । जनआदर्श नगरको एक मात्र नमुना विद्यालय हो ।
लालपानी मावि, लालपानीबाट दुईजना मात्र उत्तीर्ण भएका छन् । सो विद्यालयबाट एसइइमा ३४ जना सहभागीमध्ये ३२ जना उनुत्तीर्ण भए ।

नगरका एक प्राविधिकसहित १३ वटा माध्यमिक विद्यालयका विद्यार्थीले २०८० को एसइइ दिएका थिए । नगरका १३ विद्यालयबाट ६७० विद्यार्थीले एसइइ दिएकोमा २०९ जना उत्तीर्ण भएका छन् ।

सबैभन्दा उत्कृष्ट नतिजा राष्ट्रिय रमणीय आदर्श माविले ल्याएको छ । सो विद्यालयबाट ९४ जना विद्यार्थी सहभागी भएकोमा ६० जना अर्थात ६३. ८३ प्रतिशत उत्तीर्ण भएका छन् ।

त्यस्तै, लक्ष्मी नारायण मावि, धरमपुरबाट ४० जना सहभागीमध्ये १८ जना, भानु मावि, लालझोडाबाट ८५ जना सहभागीमध्ये ३७ जना, भगवती मावि, ब्याँङडाँडाबाट ६२ जना सहभागीमध्ये २२ जना, बालनिकुञ्ज मावि, आँपटारी माइधारबाट ८२ जना जना सहभागीमध्ये २८ जना उत्तीर्ण भएका छन् ।

त्रिभुवन मावि, पाँचगाछीबाट ५२ जना जना सहभागीमध्ये १३ जना, मोती मावि, मंगलबारे धरमपुरबाट ४७ जना सहभागीमध्ये ९ जना, झिलझिले मावि, झिलझिलेबाट ५९ जना सहभागीमध्ये ११ जना, भानु मावि पाराबारी धरमपुरबाट ४४ जना सहभागीमध्ये ८ जना उत्तीर्ण भएका छन् ।

प्राविधिक धारतर्फ भानु मावि लालझोडाबाट ४७ जना सहभागीमध्ये ३७ जना उत्तीर्ण भएका छन् । शिवसताक्षीमा सबैभन्दा बढी पाँचवटा माध्यमिक विद्यालय वडा नम्बर ७ मा रहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

काकडभिट्टा नाकामा सशस्त्र प्रहरीको विभेद: सिटी रिक्सामा मुद्दा, स्कोरपियो सहजै पार

काकडभिट्टा नाकामा सशस्त्र प्रहरीको विभेद: सिटी रिक्सामा मुद्दा, स्कोरपियो सहजै पार

काकडभिट्टा नाका: कानुन होइन सशस्त्र प्रहरीको मनोमानी चल्छ, गरिबको सिटी रिक्सामा मुद्दा दर्ता, धनाड्यको स्कोरपियो सेटिङमै छाडियो। र...
काकडभिट्टा-पानीटंकी  नाकामा सुन–चाँदीसहित ४ भारतीय पक्राउ, गाडीसहित भन्सार बुझाइयो

काकडभिट्टा-पानीटंकी  नाकामा सुन–चाँदीसहित ४ भारतीय पक्राउ, गाडीसहित भन्सार बुझाइयो

काकडभिट्टा । पूर्वी नेपालको प्रमुख नाका काकडभिट्टासँग सिमाना जोडिएको भारतको पानीटंकी क्षेत्रमा सुन र चाँदीसहित चार जना भारतीय नागर...
पञ्चायती कालको यातना सम्झाउँदै ‘इरफान अली’ नाटक मेचीनगरमा मञ्चन

पञ्चायती कालको यातना सम्झाउँदै ‘इरफान अली’ नाटक मेचीनगरमा मञ्चन

झापा, मेचीनगर। पञ्चायती व्यवस्थाको समयमा जेलभित्र हुने अमानवीय यातना, दमन र विभेदलाई उजागर गर्ने उद्देश्यसहित ‘इरफान अली’ नामक नाट...

इलाममा बोलेरो ५० मिटर तल खस्यो, बालिकासहित पाँच जना घाइते

निशान निराैला इलामको माङ्सेबुङ गाउँपालिका–२ दहगाउँस्थित आरुबोटे–दमक भित्री कच्ची सडकखण्डमा बोलेरो दुर्घटना हुँदा पाँच जना घाइते भ...
ne_NPNepali