Skip to main content

Purbi Garjan

नेपाल महिला संघको ७७ औँ स्थापना दिवस: शिवसताक्षीमा वृक्षरोपण गरी मनाइयो

झिलझिले । नेपाली कांग्रेसको भातृ संस्था नेपाल महिला संघको ७७ औँ स्थापना दिवस झापाको शिवसताक्षीमा वृक्षरोपण गरि मनाईएको छ ।

नेपाल महिला संघ शिवसताक्षी नगर समितिको आयोजनामा धार्मिक तथा पर्यटकिय स्थल सताक्षीधाममा विभिन्न जातका विरुवा रोपेर नेपाल महिला संघका अगुवा महिलाले स्थापना दिवस मनाएका हुन् ।

चुलोचौकामा सीमित महिलालाई राजनीतिमा स्थापित गर्नका लागि तत्कालिन महिलानेत्री मंगलादेवी सिंहको सक्रियतामा २००४ साउन २४ गते नेपाल महिला संघको स्थापना भएको थियो । सिंहको सक्रियतामा काठमाडौँको भेडासिंस्थित चिनियाँलाल श्रेष्ठको घरमा भूमिगतरूपमा महिला भेला भएर नेपाल महिला संघको नामाकरण संगै संस्था स्थापना गरेका हुन् ।

सो भेलाले सिंहको अध्यक्षतामा ११ सदस्यीय महिला संघ तदर्थ कार्यसमिति गठन भएको थियो । महिला अधिकारका लागि राजनीतिक संगठन स्थापना भएको साउन २४ लाई नै नेपाली राजनीतिमा महिलाको प्रवेशका लागि कोशेढुंगाका रूपमा लिने गरिएको नेपाली कांग्रेसका नेता तथा कोशि प्रदेश सदस्य उत्तम चौलागाईले बताए । नेपाल महिला संघले यसैलाई आफ्नो स्थापनाको मिति मान्दै आएको उनले जानकारी दिए । चौलागाईँ पार्टीका महासमिति सदस्य पनि हुन् ।

महिला अधिकार तथा महिलावादमा केन्द्रित राजनीतिक संगठन स्थापना भएको साउन २४ लाई राजनीतिमा नेपाली महिलाहरुको प्रवेशका लागि कोषेढुङ्गा तथा आधारस्तम्भका रुपमा लिन सकिने चौलागाईँले बताए ।

नेपालमा महिला अधिकार तथा महिलावादमा केन्द्रित राजनीतिक संगठन स्थापना गरि लोकतान्त्रिक राज्य व्यवस्थामा मूल्य मान्यता पद्धतिको स्थापनाको उदेश्य भए पछि को २००७ सालको राणा विरोधी आन्दोलन , २०३६ सालको जनमतसंग्रह , २०४६ सालको जनआन्दोलन भागः– १ र २०६२÷ ०६३ सालको जनआन्दोलन भागः–२ मा महिलाको भुमिका अहम् रहेको पार्टीका प्रदेश समिति सदस्य किरण भट्टराईले बताए । उनले यस्ता विभिन्न राजनीतिक आन्दोलनमा सकृय भूमिका निर्वाह गरी ऐतिहासिक जिम्मेवारीको भुमिका महिलाले निर्वाह गरेको बताए ।

तत्कालिक समयमा नेपाल महिला संघले खेलेको भुमिकालाई अब अझ बढी सशक्त तरिका ले अघि बढाउन नेपाल महिला संघलाई पार्टीका महासमिति सदस्य मचिन्द्र शेर्माले आव्हान गरेका छन्् । कार्यक्रममा नेपाली कांग्रेस शिवसताक्षी नगरका सभापति अशोक बस्नेतले पनि मन्तव्य राखेका थिए ।

संघकी उपसभापति खनिमाया श्रेष्ठले स्वागत गरेको कार्यक्रमको सहजिकरण संङघकी नगर सचिव सीता बाँस्कोटाले गरेकी थिइन् । कार्यक्रम नेपाल महिला सङघ शिवसताक्षीकी सभापति लोचना लावतीको अध्यक्षतामा भएको थियो ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
1
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

काकडभिट्टा नाकामा सशस्त्र प्रहरीको विभेद: सिटी रिक्सामा मुद्दा, स्कोरपियो सहजै पार

काकडभिट्टा नाकामा सशस्त्र प्रहरीको विभेद: सिटी रिक्सामा मुद्दा, स्कोरपियो सहजै पार

काकडभिट्टा नाका: कानुन होइन सशस्त्र प्रहरीको मनोमानी चल्छ, गरिबको सिटी रिक्सामा मुद्दा दर्ता, धनाड्यको स्कोरपियो सेटिङमै छाडियो। र...
काकडभिट्टा-पानीटंकी  नाकामा सुन–चाँदीसहित ४ भारतीय पक्राउ, गाडीसहित भन्सार बुझाइयो

काकडभिट्टा-पानीटंकी  नाकामा सुन–चाँदीसहित ४ भारतीय पक्राउ, गाडीसहित भन्सार बुझाइयो

काकडभिट्टा । पूर्वी नेपालको प्रमुख नाका काकडभिट्टासँग सिमाना जोडिएको भारतको पानीटंकी क्षेत्रमा सुन र चाँदीसहित चार जना भारतीय नागर...
पञ्चायती कालको यातना सम्झाउँदै ‘इरफान अली’ नाटक मेचीनगरमा मञ्चन

पञ्चायती कालको यातना सम्झाउँदै ‘इरफान अली’ नाटक मेचीनगरमा मञ्चन

झापा, मेचीनगर। पञ्चायती व्यवस्थाको समयमा जेलभित्र हुने अमानवीय यातना, दमन र विभेदलाई उजागर गर्ने उद्देश्यसहित ‘इरफान अली’ नामक नाट...

इलाममा बोलेरो ५० मिटर तल खस्यो, बालिकासहित पाँच जना घाइते

निशान निराैला इलामको माङ्सेबुङ गाउँपालिका–२ दहगाउँस्थित आरुबोटे–दमक भित्री कच्ची सडकखण्डमा बोलेरो दुर्घटना हुँदा पाँच जना घाइते भ...
ne_NPNepali