Skip to main content

Purbi Garjan

मेचीनगर: तोरी खेती प्रवर्द्धन कार्यक्रम प्रभावकारी, किसानले पाए २६ लाख ८३ हजार रूपैयाँ अनुदान

मेचीनगर । मेचीनगर नगरपालिकाको तोरी खेती प्रवर्द्धन कार्यक्रम प्रभावकारी बनेको छ ।

आर्थिक बर्ष २०८०/८१ मा नगरका पन्ध्रवटै वडामा रहेका किसानलाई तोरी खेती प्रवर्द्धन कार्यक्रम अन्तर्गत अनुदान दिने निर्णय गरेको थियो । जसमा नगरका सबै वडाबाट सहभागी ८३३ किसानलाई अनुदान बापत २६ लाख ८३ हजार ५० रूपैयाँ उपलब्ध गराइएको नगरपालिकाले जनाएको छ ।

कृषि प्रधान देश भएपनि पछिल्लो समय कृषि पेशा प्रति नागरिकको आकर्षण घट्दै गइरहेको छ । खेतीपातीबाट किसानहरू निराश छन् यसलाई थोरै भएपनि हौसला दिन आफुहरूले किसानलाई अनुदानको व्यवस्था गरिएको नगर प्रमुख गोपालचन्द्र बुढाथोकीले बताए । उनले मेचीनगर क्षेत्रमा हुने बालीहरूलाई उत्पादनसंग जोड्दै किसानलाई आत्मनिर्भर बनाउनुको साथै कृषि क्षेत्रको व्यवसायीकरणमा वृद्धि गर्ने लक्ष्य लिएको बताए ।

नगरले तोरी खेती प्रवर्द्धन गर्न तथा किसानहरूलाई उत्पादनसंग प्रत्यक्ष जोड्न तोरी प्रति एक केजी उत्पादन गर्दा १५ रुपैयाँ अनुदानको व्यवस्था गरिएको मेचीनगर कृषि शाखा प्रमुख टेकेन्द्र प्रधानले जानकारी दिए । कम्तिमा ५ कठ्ठादेखि बढीमा एक बिगाह जमीनमा तोरी खेती गर्ने किसानहरुलाई अनुदानको रकम भुक्तानी गरिने व्यवस्था अनुसार अहिले ८ हजार ९ सय ९० कठ्ठा जग्गामा तोरी खेती गरेका किसानहरुले धमाधम आफ्नो बैंक खाता लिएर आउँदै अनुदान रकम लगिरहेको उनले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

काकडभिट्टा नाकामा सशस्त्र प्रहरीको विभेद: सिटी रिक्सामा मुद्दा, स्कोरपियो सहजै पार

काकडभिट्टा नाकामा सशस्त्र प्रहरीको विभेद: सिटी रिक्सामा मुद्दा, स्कोरपियो सहजै पार

काकडभिट्टा नाका: कानुन होइन सशस्त्र प्रहरीको मनोमानी चल्छ, गरिबको सिटी रिक्सामा मुद्दा दर्ता, धनाड्यको स्कोरपियो सेटिङमै छाडियो। र...
काकडभिट्टा-पानीटंकी  नाकामा सुन–चाँदीसहित ४ भारतीय पक्राउ, गाडीसहित भन्सार बुझाइयो

काकडभिट्टा-पानीटंकी  नाकामा सुन–चाँदीसहित ४ भारतीय पक्राउ, गाडीसहित भन्सार बुझाइयो

काकडभिट्टा । पूर्वी नेपालको प्रमुख नाका काकडभिट्टासँग सिमाना जोडिएको भारतको पानीटंकी क्षेत्रमा सुन र चाँदीसहित चार जना भारतीय नागर...
पञ्चायती कालको यातना सम्झाउँदै ‘इरफान अली’ नाटक मेचीनगरमा मञ्चन

पञ्चायती कालको यातना सम्झाउँदै ‘इरफान अली’ नाटक मेचीनगरमा मञ्चन

झापा, मेचीनगर। पञ्चायती व्यवस्थाको समयमा जेलभित्र हुने अमानवीय यातना, दमन र विभेदलाई उजागर गर्ने उद्देश्यसहित ‘इरफान अली’ नामक नाट...

इलाममा बोलेरो ५० मिटर तल खस्यो, बालिकासहित पाँच जना घाइते

निशान निराैला इलामको माङ्सेबुङ गाउँपालिका–२ दहगाउँस्थित आरुबोटे–दमक भित्री कच्ची सडकखण्डमा बोलेरो दुर्घटना हुँदा पाँच जना घाइते भ...
ne_NPNepali