शिवगञ्ज । शिवसताक्षी नगरको त्रिभुवन मावि कुनै बेला जिल्लामै कहलिएको नाम हो । तर, आजभोलि त्यही विद्यालय को बेहाल छ । त्यसको मुख्यकारण हो, सरोकारवाला निकायको उदासीनता । त्रिभुवन माविका लागि हिउँद, बर्खा दुवै याम अक्करिलो बनेर आउँछ । यसरी नै बितेको दशक माथी भइसक्यो । पानी पर्न थाल्यो कि विद्यार्थीलाई कक्षा कोठासम्म जान नै सकस हुन्छ । घुँडाघुँडासम्म पानी छिचोलेर कक्षा कोठामा विद्यार्थी पुग्नु पर्ने वर्षो देखिको बाद्यता छ । ‘हिउँदमा विद्यालयको छाना छिचोलेर शीत छिर्छ, बर्खामा घाम,’ शिक्षक रामचन्द्र फुँयालले भने । सो विद्यालयका विद्यार्थीले सोमबार कष्टपुर्ण ढंगले जिर्ण कक्षा कोठामा प्रथम त्रैमासिक परिक्षा लेखिरहेका थिए । विद्यालयको…
मेचीनगर । मेचीनगर नगरपालिकाको तोरी खेती प्रवर्द्धन कार्यक्रम प्रभावकारी बनेको छ । आर्थिक बर्ष २०८०/८१ मा नगरका पन्ध्रवटै वडामा रहेका किसानलाई तोरी खेती प्रवर्द्धन कार्यक्रम अन्तर्गत अनुदान दिने निर्णय गरेको थियो । जसमा नगरका सबै वडाबाट सहभागी ८३३ किसानलाई अनुदान बापत २६ लाख ८३ हजार ५० रूपैयाँ उपलब्ध गराइएको नगरपालिकाले जनाएको छ । कृषि प्रधान देश भएपनि पछिल्लो समय कृषि पेशा प्रति नागरिकको आकर्षण घट्दै गइरहेको छ । खेतीपातीबाट किसानहरू निराश छन् यसलाई थोरै भएपनि हौसला दिन आफुहरूले किसानलाई अनुदानको व्यवस्था गरिएको नगर प्रमुख गोपालचन्द्र बुढाथोकीले बताए । उनले मेचीनगर क्षेत्रमा हुने बालीहरूलाई उत्पादनसंग जोड्दै किसानलाई आत्मनिर्भर बनाउनुको साथै कृषि…
काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीका महासचिव विप्लव सीले अहिलेको व्यवस्थाबाट कुनै पनि हालतमा नेपालमा समाजवाद नआउने ठोकुवा गरेका छन । नेकपा (एकीकृत समाजवादी)को दसौँ राष्ट्रिय महाधिवेशनलाई आईतवार काठमाडौंको कमलादीमा सम्बोधन गर्दै महासचिव विप्लवले यस्तो ठोकुवा गरेका हुन । उनले नेपालमा नेपाली विशेषताको समाजवाद तत्कालिन निकासको विकल्प भएको भन्दै सबै कम्युनिष्टहरुले समाजवादी क्रान्तिको कार्यक्रममा जानु पर्ने सुझाव दिए । महासचिव विप्लवले कांग्रेस र रास्वपाले भन्ने गरेको समाजवादको बारे पनि स्पष्ट हुनुपर्ने बताए । उनले भने ‘अहिलेको व्यवस्थाबाट समाजवाद आउदैन, यो दलाल पुँजीवाद हो । यसले नेपाललाई अगाडि लिदैन । नेपालमा समाजवादको विकल्प छैन । बरु कांग्रेस र रास्वपाले चाहेको समाजवाद के…