प्रविण अधिकारी मेचीनगर। आम नगरवासीको आलोचना खेपिरहेको मेचीनगर नगरपालिका अब भने नागरिकका प्रश्नसँगै तर्सिन थालेको छ। यसको उदाहरण हो बुधबार भएको सार्वजनिक सुनुवाइ कार्यक्रम । बुधबार नगरपालिकाको सभाहलमा आफू निकट केही पत्रकार बोलाएर नगरपालिकाले गुपचुप सार्वजनिक सुनुवाइ सक्कायो। गजबको कुरा त के छ भने, नगरपालिकाले गरेको पहिलो सार्वजनिक सुनुवाइ कार्यक्रममा मेचीनगरका अधिकांश पत्रकारलाई खबर नै गरिएन। त्यतिमात्र होइन नगरपालिका आफैंले नगरका सञ्चारमाध्यम तथा सञ्चारकर्मीहरुलाई समेट्ने गरी सञ्चार प्रतिष्ठान गठन गरेको छ। तर सोही सञ्चार प्रतिष्ठानलाई समेत नगरपालिकाको सार्वजनिक सुनुवाइबारे पत्तो भएन। नगरपालिकाको मुख्य गेट अगाडि मेचीनगरका तमाम सञ्चारकर्मीहरुको साझा संस्था प्रेस क्लब मेचीनगरको कार्यालय छ । तर आफैंले गठन गरेको…

धुलाबारी। ज्येष्ठ नागरिकहरुको साझा संस्था साठी प्लस समाजले दसैं, तिहार, छठ लगायतका चाडपर्वको उपलक्ष्यमा आज शुभकामना आदानप्रदान कार्यक्रम गरेको छ । मेचीनगर–१० खयरडाँगीस्थित महाङ्कालेश्वर सामुदायिक भवनमा भएको कार्यक्रममा मेचीनगरका जनप्रतिनिधि, राजनीतिक दलका नेता, सामाजिक अगुवा, ज्येष्ठ नागरिक, बुद्धिजीवी, पत्रकार लगायतको उपस्थिति थियो । कार्यक्रममा प्रमुख अतिथि तथा मेचीनगर–१० का वडाध्यक्ष नारायण खनालले ज्येष्ठ नागरिकहरु समाजको पथप्रदर्शक भएको बताउनुभयो । उहाँले आगामी वर्षको बजेटमा साठी प्लस समाजको जग्गामा भवन बनाउन सहयोग पुर्याउने प्रतिवद्धता व्यक्त गर्नुभयो । “जग्गा भएका संस्थाहरुको भवन बनाइदिने नीति लिएका छौं,” वडाध्यक्ष खनालले भन्नुभयो–“प्रगति टोलबाट वडाले त्यस्तो कार्यको सुरुवात गरिसकेको छ । आउँदो वर्षको बजेटमा साठी प्लस समाजको…

झापा । घुससहित दुई दिनअघि झापाको विर्तामोडबाट रङ्गेहात पक्राउ परेका झापाको बुद्धशान्ति -२ का वडाध्यक्ष डिल्ली प्रसाद ओली निलम्बित भएका छन्। बुद्धशान्ति गाउँपालिका अन्तर्गत जग्गा सम्बन्धी विवाद सल्टाइदिने नाममा वडाध्यक्ष ओलीले सेवाग्राही अमरनाथ चौहानसँग घुस/रिसवत लिएको कसुरमा मंगलबार विर्तामोडबाट रङ्गेहात पक्राउ परेका थिए । पक्राउ परेका डिल्ली प्रसाद ओलीलाई थुनामा राखि अनुसन्धान गर्नको लागि मिति २०८१।०६।०८ गतेबाट नै लागु हुने गरी अख्तियार दुरुपयोग अनुसन्धान आयोग ऐन, २०४८ को दफा १६ को उपदफा ४ बमोजिम विशेष अदालत, काठमाण्डौबाट म्याद थप भई आएको थियोे । यसरी थुनामा रहेका सार्वजनिक पद धारण गरेका राष्ट्रसेवक अख्तियार दुरुपयोग अनुसन्धान आयोग ऐन, २०४८ को दफा १७…

विर्तामोड । झापाको बुद्धशान्ति २ का वडा अध्यक्ष डिल्ली प्रसाद ओली ८० हजार रुपैयाँ घुस लिँदालिदै रङ्गेहात पक्राउ परेका छन् । उनलाई आज मंगलबार विर्तामोड स्थित हनुमान सेन्ट्रलबाट विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका कार्यकर्ताले पत्रकारहरु सहितको सहयोगमा नियन्त्रणमा लिएका हुन् । भारतको सिलिगुडी निवासी अमरनाथ चौहानबाट जग्गा मिलाइदिने नाममा रकम लिँदालिदै वडाध्यक्षलाई नियन्त्रणमा लिई विप्लवका नेताकार्यकर्ताले विर्तामोड प्रहरीलाई बुझाएका छन्। भारतीय नागरिकले जग्गा सम्बन्धी कारोवारमा वडाध्यक्षलाई रकम बुकाएका हुन् । वडाध्यक्षले रकम नदिए काम रोक्ने भनेपछि उनले विर्तामोडमा आएर पैसा बुझाएका हुन् । बुझाउने र लिने दुवै जनालाई अहिले इप्रका अनारमनीमा राखिएको डिएसपी प्रकाश विष्टले जानकारी दिए । उनका अनुसार…

मेचीनगर । विद्युत प्राधिकरणको बेवास्ताको कारण जनताले सास्ती पाएपछि मेचीनगर नगरपालिका वडा नम्बर २ का वडाध्यक्ष दिपक बरालले नेपाल विद्युत प्राधिकरण धुलाबारी वितरण केन्द्र प्रमुखलाई ध्यानाकर्षण गराएका छन् । वडाध्यक्ष बरालले वडाका २४ वटै टोल विकास संस्थाका पदाधिकारीसहितको टोली बुधबार विद्युत प्राधिकरण धुलाबारी वितरण केन्द्र पुगेर कार्यालय प्रमुख इन्जिनियर माधवप्रसाद यादवलाई ध्यानाकर्षण गराएका हुन् । धुलाबारी विद्युत प्राधिकरण अन्तर्गत रहेको मेचीनगर-२ (साबिक बाहुण्डाँगी ४ र ६ वडा ) मा विद्युत लाइन विस्तार, पोल सार्नुपर्ने, फेर्नु पर्ने अत्यावश्यक भएको साथै सम्भावित दुर्घटना समेत रहेको भएता पनि त्यसलाई बेवास्ता गर्दा ठुलो दुर्घटना हुने जोखिम बढिरहेको छ । त्यसतर्फ प्राधिकरणले खासै चासो नदिएपछि…

मेचीनगर । झापाको मेचीनगर नगरपालिकाको संयोजनमा तीन जना सडक मानवको उद्धार गरीएको छ । बिहीबार नगर प्रमुख गोपालचन्द्र बुढाथोकी र उपप्रमुख मीना पोख्रेल उप्रेतीसहितको टोलिले मेचीनगर क्षेत्रमा रहेका बेवारिसे अवस्थामा सडक पेटी तथा मठमन्दिरमा रहँदै आएका मानिसलाई उद्धार गरिएको हो । विभित्र कारणले बेवारिसे अवस्थामा रहि अव्यवस्थित रूपमा कष्टकर जीवन व्यतीत गरिरिहेका मेचीनगर ७ मदनबस्तीका कृष्ण राजवंशी, इलाम बरबोटेका तुलसी गौतम र ठेगान नखुलेका चत्रुधन मिश्रालाई मदनबस्ती र काँकरभिट्टाबाट उद्धार गरि नगरप्रमुख, उपप्रमुखसहित होमनाथ तिमल्सिनाको नेतृत्वमा रहेको मानव सेवा आश्रमका टोलिले मानव सेवा आश्रम मेचीनगर ४ बाहुण्डाँगीमा लगेका छन् । उद्धार गरिएका तीनैजनालाई मानव सेवा आश्रम पुर्याएर सरसफाइ गरी लत्ताकपडा…

विनोद सापकोटा शिवगञ्ज । कृषकहरुलाई आत्मनिर्भर बनाउने उद्देश्यका साथ शिवसताक्षी नगरपालिका वडा नम्वर ६ ले उन्नत जातका रुख र फलफुलका बिरुवाहरु बितरण गरेको छ । डिभिजन बन कार्यालय दमक अन्र्तगत झिलझिले नर्षरीबाट प्राप्त विरुवा वडाबासीलाई वडाले निशुल्क प्रदान गरेको हो । वडा अध्यक्ष मनोज खुलाल कार्कीका अनुसार विभिन्न जातका करिव ५ हजार विरुवा वडाबासीलाई सार्वजनिक सूचना आव्हान गरेर वितरण गरिएको हो । ‘वडालाई डिभिजन बन कार्यालय दमकले निशुल्क विरुवा उपलब्ध गराएको थियो । त्यै विरुवा वडाका बासिन्दालाई वितरण गरिएको हो,’ वडा अध्यक्ष मनोज खुलालले भने । उनका अनुसार वडाले विरुवा वितरण प्रयोजनका लागि आर्थिक व्ययभार गर्नुपरेको छैन । डिभिजन बनकार्यालय…

विनोद सापकोटा शिवगञ्ज । सामुदायिक तथा संस्थागत विद्यालयबाट २०८० को एसईई परीक्षाको नतिजामा असफल भएका विद्यार्थीलाई शिवसताक्षीका एक जना वडा अध्यक्षले अतिरिक्त कक्षा सञ्चालन गर्ने भएका छन्। शिवसताक्षी नगरपालिका वडा नम्बर ५ का वडा अध्यक्ष सिकिन पासवानले पुरक परिक्षा अवधि सम्म बिहान र बेलुका एक एक घण्टा आफै अतिरिक्त कक्षा निःशुल्क सञ्चालन गर्ने बताए । वडा अध्यक्ष पासन पूर्व शिक्षक हुन् । सामाजिक विषयमा अनुतिर्ण भई ग्रेड बृद्धिको परिक्षाको पर्खाइमा रहेका विद्यार्थीलाई बिहान १ र बेलुका १ घण्टा अतिरिक्त कक्षा संचालन गर्ने बताए । उनले स्थानीय शिवगञ्ज बजारको ट्युसन केन्द्रमा अतिरिक्त कक्षा संचालन गरिने सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन् ।…

शिवगञ्ज । शिवसताक्षी नगरको त्रिभुवन मावि कुनै बेला जिल्लामै कहलिएको नाम हो । तर, आजभोलि त्यही विद्यालय को बेहाल छ । त्यसको मुख्यकारण हो, सरोकारवाला निकायको उदासीनता । त्रिभुवन माविका लागि हिउँद, बर्खा दुवै याम अक्करिलो बनेर आउँछ । यसरी नै बितेको दशक माथी भइसक्यो । पानी पर्न थाल्यो कि विद्यार्थीलाई कक्षा कोठासम्म जान नै सकस हुन्छ । घुँडाघुँडासम्म पानी छिचोलेर कक्षा कोठामा विद्यार्थी पुग्नु पर्ने वर्षो देखिको बाद्यता छ । ‘हिउँदमा विद्यालयको छाना छिचोलेर शीत छिर्छ, बर्खामा घाम,’ शिक्षक रामचन्द्र फुँयालले भने । सो विद्यालयका विद्यार्थीले सोमबार कष्टपुर्ण ढंगले जिर्ण कक्षा कोठामा प्रथम त्रैमासिक परिक्षा लेखिरहेका थिए । विद्यालयको…

शिवसताक्षी । आफैंले मत दिएर विजय गरी नगर कार्यपालिका पठाएका जनप्रतिनिधि जवाफदेहिताको रुपमा उपस्थित हुन नसक्दा मङ्गलबार शिवशताक्षी नगरपालिका वडा नम्बर ८ का स्थानीय उनीहरूसँग बेचैन बनेका छन् । कतिपयले उनीहरूलाई गैर जिम्मेवार जनप्रतिनिधि सम्म भन्न भ्याए । दुई दिन अगावै वडा कार्यालयले जनताका गुनासा वा सुझाव को सुनवाई गर्न नगर प्रमुख मेगाहाङ थोप्रा, उपप्रमुख नरमाया कार्की लाई पत्र दिएर निमन्त्रणा गर्यो । पत्रसँगै वडा अध्यक्ष सन्त कुमार फेउदिनले टेलिफोन सम्पर्क गरी कार्यक्रममा गरिमामय उपस्थिति का लागि अनुरोध गरे । तर नगर प्रमुख मेगाहाङ थोप्रा र उपप्रमुख नरमाया कार्की कार्यक्रममा उपस्थित भएनन् । नगर प्रमुख उपप्रमुख मात्र होइन । प्रशासकीय…