Skip to main content

Purbi Garjan

‘भिजनेवल’ वडा अध्यक्ष खुलालको काम गर्ने फरक शैली

विनोद सापकोटा
शिवगञ्ज । कृषकहरुलाई आत्मनिर्भर बनाउने उद्देश्यका साथ शिवसताक्षी नगरपालिका वडा नम्वर ६ ले उन्नत जातका रुख र फलफुलका बिरुवाहरु बितरण गरेको छ । डिभिजन बन कार्यालय दमक अन्र्तगत झिलझिले नर्षरीबाट प्राप्त विरुवा वडाबासीलाई वडाले निशुल्क प्रदान गरेको हो ।

वडा अध्यक्ष मनोज खुलाल कार्कीका अनुसार विभिन्न जातका करिव ५ हजार विरुवा वडाबासीलाई सार्वजनिक सूचना आव्हान गरेर वितरण गरिएको हो । ‘वडालाई डिभिजन बन कार्यालय दमकले निशुल्क विरुवा उपलब्ध गराएको थियो । त्यै विरुवा वडाका बासिन्दालाई वितरण गरिएको हो,’ वडा अध्यक्ष मनोज खुलालले भने । उनका अनुसार वडाले विरुवा वितरण प्रयोजनका लागि आर्थिक व्ययभार गर्नुपरेको छैन ।

डिभिजन बनकार्यालय झापाको प्राविधिकको सल्लाह अनुसार वडाको हावापानी अनुकुलका विरुवा वितरण गरिएको वडा अध्यक्ष खुलालले बताए । ‘कतिपय वडाबासीले छायाँदार फलपूmलबा बोटका विरुवा पनि लैजानु भएको छ । ति विरुवा हुर्किएपछि वडाको वातावरणनै परिवर्तन अर्थात हरियाली वडा हुन सक्ने छ,’ वडा अध्यक्ष खुलालले भने । बाहिरबाट आयात हुने फलफुल जन्य बस्तुहरु वडा भित्र नै उत्पादन गरेर अन्य वडामा निर्यात गर्न सकेमा वडालाई समृद्ध बनाउन सकिने वडाध्यक्ष खुलालको भनाई छ । यसले हरेक वडाबासी आर्थिक रुपमा आत्मनिर्भर हुन सक्छन् ।

वडा कार्यालय मार्फत् हावापानी अनुकुल बिरुवाहरु वितरण गरिएकोमा स्थानीय कृषकहरु समेत उत्साहित देखिएका छन् । कृषि बिज्ञहरुसँगको परामर्शमा वडाले बिरुवा वितरण गरेकाले यसले कृषकलाई पनि राहत मिलेको स्थानीय आर्यन ढकालले बताए । कृषकले आफ्नै ठाउँमा केही गर्न सकेमा परनिर्भता पनि हुनु नपर्ने ढकालको भनाई छ । वडालाई समृद्धी र आत्मनिर्भर बनाउनका लागि हरेकपल सक्रिय हुन थालेको वडाको यो अभियानलाई सवैले खुलेर सहयोग गर्न पनि ढकालले अनुरोध गरेका छन् ।

वडाले मसला, टिक, तेजपात, अमला, रातो पूmल्ने सिरिस, भटमासे, खमारी, मेन्दुला, टाँकी लगायतका रुख तथा छायादार फलपूmलका विरुवा वडाका नागरिकलाई प्रदान गरेको हो । यी विरुवाको नियमित मल जल र गोडमेल गर्न सबै वडाबासीलाई अध्यक्ष खुलालले अनुरोध गरेका छन् ।

वडाका अनुसार अवको पाँचवर्षमा वडाका हरेक घरमा हरियाली हुने छन् । बाँझो तथा खालि जग्गा क्षेत्रमा पनि रुख, फलपूmल र छायाँदार बोट विरुवा रोप्न वडा अध्यक्ष खुलालले सबैवडाबासी संग अनुरोध गरेका छन् । वडाको सहजिकरणमा डिभिजन बनकार्यालयले दिएको विरुवामा वडाबासीले दोव्बर विरुवा रोप्न सके जलबायु परिवर्तका कारण देखिन थालेको असर विस्तारै घट्ने वडा अध्यक्ष खुलालले बताए ।

वडाबासीका अनुसार वडा अध्यक्ष खुलाल ‘भिजनेवल’ नेता हुन् । दुईपटक वडा अध्यक्ष पदमा सर्वाधिक मत ले बिजयी बनेका खुलाल दिर्घकालिन सोच, लक्ष्य र रणनीति तय गर्न र सामूहिक रुपमा छलफल गरेर योजना बनाउन माहिर छन् । खुलालको वडा अन्य वडा भन्दा केन्द्र र प्रदेशको बजेट भित्र्याउन शिवसताक्षी नगरका ११ वटै वडा मध्ये एक नम्बर मा छ । संघिय र प्रदेश सरकारको बजेट उनको वडामा पालिकाले ११ वटै वडालाई दिएको वडा सिलिङ बजेटको तेब्बर भन्दा माथि छ ।

संघिय र प्रदेश सरकारको बजेटले कृषी बजार, नगर अस्पताल, सडकको स्तरोन्नती, नाला, पशु विमा, विपन्न स्वास्थ्य विमा, कनकाईमा पूल, एक घर एक सुपारीका विरुवा लगायतका सयौ कार्यक्रममा खर्च भएको छ । कतिपय योजना निमार्णधिन अवस्थामा छन् ।

उपल्ला दुई वटा सरकारको बजेट वडामा भित्र्याउन वडा अध्यक्ष खुलाल एक्लैको बलबुता काफी रहेको उनिसंगै निर्वाचन लडेर पराजित भएका नेता बताउँछन् । अधिकाँस वडाबासी भन्छन्,‘वडा अध्यक्ष खुलाललाई मेयर पदका लागि अब आशिर्वाद छ । किनभने उनि नगरका लागि ‘भिजनेवल’ नेता हुन् । उहाँमा काम गर्ने शैलि र तौर तरिका शिवसताक्षी नगरमा अरु जनप्रतिनिधिको भन्दा बेग्लै छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

जोरसिमल चेकपोस्ट बाट सशस्त्र प्रहरीले समात्यो पिकअप सहित तस्करीको सामान

जोरसिमल चेकपोस्ट बाट सशस्त्र प्रहरीले समात्यो पिकअप सहित तस्करीको सामान

झापा, मेचीनगर । झापाको मेचीनगर नगरपालिका–७ जोरसिमल क्षेत्रबाट सशस्त्र प्रहरीले अवैध रूपमा भन्सार छली गरी नेपालतर्फ ल्याइएको सामानस...
इक्यान झापाको अन्तरक्रिया कार्यक्रम सम्पन्न, विविध विषयमा छलफल

इक्यान झापाको अन्तरक्रिया कार्यक्रम सम्पन्न, विविध विषयमा छलफल

बिर्तामोड । नेपाल शैक्षिक परामर्श संघ इक्यान झापाको आयोजनामा झापाको बिर्तामोडमा एकदिने अन्तरक्रियात्मक कार्यक्रम सम्पन्न भएको छ । ...
भान्सामा खाना पकाउँदै गरेकी महिलाको सर्पको टोकाइबाट मृत्यु

भान्सामा खाना पकाउँदै गरेकी महिलाको सर्पको टोकाइबाट मृत्यु

दमक, झापा। झापाको कमल गाउँपालिकामा सर्पदंशका कारण एक महिलाको मृत्यु भएको छ। जिल्ला प्रहरी कार्यालयका अनुसार कमल गाउँपालिका–३ बस्न...
बाहुण्डाँगी हात्ती समस्या : नेपाल–भारतका अधिकारीबीच समाधानका लागि छलफल

बाहुण्डाँगी हात्ती समस्या : नेपाल–भारतका अधिकारीबीच समाधानका लागि छलफल

प्रविण अधिकारी झापा । पछिल्लो समय पेचिलो बन्दै गएको बाहुण्डाँगी हात्ती समस्या र यसको दीर्घकालीन समाधानका लागि नेपाल–भारतका सम्बन्...
ne_NPNepali