Skip to main content

Purbi Garjan

वडाध्यक्ष पासवानको विज्ञता : विद्यार्थीलाई निःशुल्क कोचिङ आफैँ पढाउने

विनोद सापकोटा
शिवगञ्ज । सामुदायिक तथा संस्थागत विद्यालयबाट २०८० को एसईई परीक्षाको नतिजामा असफल भएका विद्यार्थीलाई शिवसताक्षीका एक जना वडा अध्यक्षले अतिरिक्त कक्षा सञ्चालन गर्ने भएका छन्।

शिवसताक्षी नगरपालिका वडा नम्बर ५ का वडा अध्यक्ष सिकिन पासवानले पुरक परिक्षा अवधि सम्म बिहान र बेलुका एक एक घण्टा आफै अतिरिक्त कक्षा निःशुल्क सञ्चालन गर्ने बताए । वडा अध्यक्ष पासन पूर्व शिक्षक हुन् ।

सामाजिक विषयमा अनुतिर्ण भई ग्रेड बृद्धिको परिक्षाको पर्खाइमा रहेका विद्यार्थीलाई बिहान १ र बेलुका १ घण्टा अतिरिक्त कक्षा संचालन गर्ने बताए । उनले स्थानीय शिवगञ्ज बजारको ट्युसन केन्द्रमा अतिरिक्त कक्षा संचालन गरिने सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन् । उनले बुधबारबाट कक्षा संचालन गरिने बताए ।

वडाध्यक्ष पासवान स्थानीय अश्विन मेमोरियल इङ्लिस बोर्डिङ स्कुलका सामाजिक विषयका पूर्व शिक्षक हुन् । उनले अनिवार्य गणित र ऐच्छिक गणित पनि अध्यापन गराएका थिए । स्थानिय अभिभावकका अनुसार वडा अध्यक्ष पासवान ‘टेलेन्ट’ शिक्षक हुन् ।

मानविकी संकायमा सामाजिक र राजनीतिक शास्त्रमा स्नातक तह उत्तीर्ण गरेका पासवान ले १० वर्षे शिक्षण अवधिको समेत अनुभव लिएका छन् ।

स्थानीय जनआदर्श माध्यमिक विद्यालय, त्रिभुवन माध्यमिक विद्यालय, सगरमाथा अङग्रेजी बोर्डिङ स्कुल, नव किरण बोर्डिङ स्कुल र दीक्षान्त इङ्लिस बोर्डिङ स्कुलका सामाजिक विषयमा ‘नन ग्रेड’ प्राप्त विद्यार्थीलाई अध्यापन गराउने उनले बताए ।

नेकपा एमालेबाट निर्वाचित पासवानको वडामा एउटा माध्यमिक तह सम्मको संस्थागत विद्यालय छ । माद्ययमिक तहको सामुदायिक विद्यालय छैन । तर पनि आफू जिम्मेवार अभिभावक र पूर्व शिक्षक समेत भएकोले वडा नम्बर ४,५,६ र दक्षिणी वडा नम्बर ७ का विद्यार्थी लक्षित कार्यक्रम सञ्चालन गर्न लागिएको उनले बताए । उनका अनुसार छिमेकी पालिका पूर्वी उत्तर गौरीगञ्ज क्षेत्रका विद्यार्थीलाई पनि सहभागिताका लागि अनुरोध गरेका छन् ।

वडाध्यक्ष पासवानले सो कक्षामा कम्तिमा ३० जना विद्यार्थीको सहभागिता हुने अनुमान गरकोका छन् । ‘विद्यालयले दिएको जानकारी अनुसार सामाजिक विषयमा ‘नन ग्रेड’को सङ्ख्या कम छ । मैले ३० जना जतिको अपेक्षा गरेको छु । बढी सङख्या भयो भने अर्को एकजना शिक्षक को सहयोग लिएर कक्षा सञ्चालन गर्ने योजना बनाएको छु,’ उनले भने ।

यसैबीच शिवसताक्षीको शुक्र माध्यमिक विद्यालयका शिक्षक शिक्षिकाले एसइइ अनुत्तीर्ण विद्यार्थीलाई निःशुल्क कक्षा सञ्चालन गर्ने बताए । कक्षा सञ्चालन गरेबापत विद्यार्थी र विद्यालयबाट शिक्षकले कुनै पनि पारिश्रमिक नलिने उनिहरुले बताएका छन् । ‘हामी स्वत स्फुर्त निशुल्क अतिरिक्त कक्षा संचालन गर्ने र्छौ,’ प्रधानाध्यापक खगेन्द्र घिमिरेले भने ।

यस्तै झिलझिले माध्यमिक विद्यालयले पनि विद्यार्थीलाई निःशुल्क कक्षा सञ्चालन गर्ने भएको छ । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष परशुराम ढुंगानाका अनुसार ट्युसन वा कोचिङ कक्षा सञ्चालन गरेबापत शिक्षकले कुनै पनि पारिश्रमिक पाउने छैनन् । बर्खे विदाका बेला यी कक्षा सञ्चालन हुनेछन् । विद्यालय प्रशासनका अनुसार विषयगत शिक्षकले अध्यापन गराउने छन् ।
एसइइको ग्रेड वृद्धीका लागि साउन २३ देखि परिक्षा संचालन गर्ने निर्णय गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

कन्यामको ऐतिहासिक सम्पदा संरक्षणविहीन, राजारानीले रोपेको पहिलो चिया बोट नै मासियो

कन्यामको ऐतिहासिक सम्पदा संरक्षणविहीन, राजारानीले रोपेको पहिलो चिया बोट नै मासियो

निशान निराैला इलाम । पर्यटकीय क्षेत्रका रूपमा चर्चित इलामको कन्याममा रहेका ऐतिहासिक सम्पदाको संरक्षणमा सम्बन्धित निकायले पर्याप्त...
काकडभिट्टामा मध्यरातमा प्रहरीको छापा: गोदामबाट झण्डै २५ लाख बराबरको सामान बरामद

काकडभिट्टामा मध्यरातमा प्रहरीको छापा: गोदामबाट झण्डै २५ लाख बराबरको सामान बरामद

मेचीनगर।  झापाको मेचीनगर नगरपालिका–७ फोहोरमैला क्षेत्रबाट भन्सार छली गरी भण्डारण गरिएको कपडा तथा कस्मेटिक सामान प्रहरीले मध्यरातमा...
हात्तीको दाँत तस्करी मुद्दामा ऐतिहासिक सफलता : मुख्य अभियुक्तलाई ५ वर्ष कैद, ₹५० हजार जरिवाना

हात्तीको दाँत तस्करी मुद्दामा ऐतिहासिक सफलता : मुख्य अभियुक्तलाई ५ वर्ष कैद, ₹५० हजार जरिवाना

प्रशान्त आचार्य बागडोग्रा। संगठित वन्यजन्तु अपराधविरुद्धको लडाइँमा पश्चिम बंगाल वन विभागले ठूलो सफलता हासिल गरेको छ। हात्तीको दाँ...
शिक्षिका मृत्यु प्रकरण : कतार पुगेकी छोरी काकडभिट्टामा कसरी शिक्षिका बनिन्, परिवार नै बेखबर

शिक्षिका मृत्यु प्रकरण : कतार पुगेकी छोरी काकडभिट्टामा कसरी शिक्षिका बनिन्, परिवार नै बेखबर

प्रविण अधिकारी मेचीनगर। झापाको मेचीनगर -६ साठी बिगाहामा रहेको अरुणोदय अङ्ग्रेजी बोर्डिङ स्कुलमा रहेको आवासगृह भित्रको एउटा कोठाम...
ne_NPNepali