प्रविण अधिकारी झापा । महासचिव नेत्र विक्रम सी "विप्लव" सहित नेपाल कम्युनिस्ट पार्टीका नेता तथा कार्यकर्ता यतिबेला झापा सहित देशैभर उत्पादनमा होमिएका छन्। कम्युनिस्ट पार्टीका नेताकार्यकर्ताले अनिवार्य श्रम गर्नुपर्ने र आत्मनिर्भरताका लागि उत्पादन सँग जोडिनुपर्ने पार्टीको निति अन्तर्गत विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका नेता कार्यकर्ता यतिबेला राजनीतिक गतिविधि स्थगित गरेर श्रममा होमिएका हुन्। यो समय खेती लगाउने समय पनि भएकोले उनिहरु यतिबेला सहर बजारमा नभएर खेत- खेतमा भेटिने गरेका छन्। यतिबेला झापामा पनि विप्लव नेकपाका नेताकार्यकर्ता धान रोप्न व्यस्त छन्। पार्टीका जनवर्गीय संगठनहरु समेत यतिबेला उत्पादनमा जोडिएका छन्। झापामा मात्रै ९ बिघा जमिनमा धान रोप्ने लक्ष्य रहेको पार्टीका जिल्ला सचिव…
विनोद सापकोटा शिवगञ्ज । सामुदायिक तथा संस्थागत विद्यालयबाट २०८० को एसईई परीक्षाको नतिजामा असफल भएका विद्यार्थीलाई शिवसताक्षीका एक जना वडा अध्यक्षले अतिरिक्त कक्षा सञ्चालन गर्ने भएका छन्। शिवसताक्षी नगरपालिका वडा नम्बर ५ का वडा अध्यक्ष सिकिन पासवानले पुरक परिक्षा अवधि सम्म बिहान र बेलुका एक एक घण्टा आफै अतिरिक्त कक्षा निःशुल्क सञ्चालन गर्ने बताए । वडा अध्यक्ष पासन पूर्व शिक्षक हुन् । सामाजिक विषयमा अनुतिर्ण भई ग्रेड बृद्धिको परिक्षाको पर्खाइमा रहेका विद्यार्थीलाई बिहान १ र बेलुका १ घण्टा अतिरिक्त कक्षा संचालन गर्ने बताए । उनले स्थानीय शिवगञ्ज बजारको ट्युसन केन्द्रमा अतिरिक्त कक्षा संचालन गरिने सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन् ।…