Purbi Garjan

झापा : उत्पादनमा होमिए विप्लवका नेताकार्यकर्ता, ८ बिघा बढी जमिनमा धान खेती

Advertisement
Advertisement
Advertisement

प्रविण अधिकारी 

झापा । महासचिव नेत्र विक्रम सी “विप्लव” सहित नेपाल कम्युनिस्ट पार्टीका नेता तथा कार्यकर्ता यतिबेला झापा सहित देशैभर उत्पादनमा होमिएका छन्।

कम्युनिस्ट पार्टीका नेताकार्यकर्ताले अनिवार्य श्रम गर्नुपर्ने र आत्मनिर्भरताका लागि उत्पादन सँग जोडिनुपर्ने पार्टीको निति अन्तर्गत विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका नेता कार्यकर्ता यतिबेला राजनीतिक गतिविधि स्थगित गरेर श्रममा होमिएका हुन्।

यो समय खेती लगाउने समय पनि भएकोले उनिहरु यतिबेला सहर बजारमा नभएर खेत- खेतमा भेटिने गरेका छन्। यतिबेला झापामा पनि विप्लव नेकपाका नेताकार्यकर्ता धान रोप्न व्यस्त छन्। पार्टीका जनवर्गीय संगठनहरु समेत यतिबेला उत्पादनमा जोडिएका छन्।

झापामा मात्रै ९ बिघा जमिनमा धान रोप्ने लक्ष्य रहेको पार्टीका जिल्ला सचिव सञ्जय सी ले जानकारी दिएका छन्। पार्टीले शुरु गरेको अनिवार्य श्रम नितिलाई अवलम्बन गर्दै यतिबेला पार्टीका जिल्ला इन्चार्ज सुमनसिंह सी को नेतृत्वमा सिंगो पार्टी पंक्ति नै धान रोप्न व्यस्त छ।

नेपाल कम्युनिस्ट पार्टीले झापाको शिवसताक्षी , गौरादह, गौरीगन्ज र भद्रपुरलाई आधार बनाएर विभिन्न व्यक्तिहरुको जमिन भाडामा लिएर खेती गरिरहेको छ । यता युवा संगठन नेपालका केन्द्रीय महासचिव सुवास सी को नेतृत्वमा आज बुधबार युवा संगठनले झापामा डेढ बिघामा रोपाइँ सम्पन्न गरेको छ।

कम्युनिस्ट पार्टीको नेताकार्यकर्ताले भाषण गरेर मात्रै नहुने र अनिवार्य उत्पादनसँग जोडिनुपर्ने नेपाल कम्युनिस्ट पार्टीको निति रहेको छ।

Advertisement
Advertisement
Advertisement
Advertisement
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

झापामा लागुऔषधसहित एक भारतीय नागरिक पक्राउ

झापामा लागुऔषधसहित एक भारतीय नागरिक पक्राउ

झापा । झापाको झापा गाउँपालिका–१ सुडुखुट्टुस्थित क्षेत्रबाट लागुऔषधसहित एक जना भारतीय नागरिक पक्राउ परेका छन्। आज दिउँसो ३ बजे ई...
झापामा स्कुटर र मोटरसाइकल ठोक्किँदा दुई जनाको मृत्यु, आमा–छोरा गम्भीर घाइते

झापामा स्कुटर र मोटरसाइकल ठोक्किँदा दुई जनाको मृत्यु, आमा–छोरा गम्भीर घाइते

झापा । झापाको बाह्रदशी गाउँपालिका–१ खैरबारीमा भएको सवारी दुर्घटनामा दुई जनाको मृत्यु भएको छ भने आमा–छोरा गम्भीर घाइते भएका छन्। ...
त्रिवि क्रिकेट मैदानमा फ्लडलाइट टावर आइपुग्यो, छिट्टै जडान हुने

त्रिवि क्रिकेट मैदानमा फ्लडलाइट टावर आइपुग्यो, छिट्टै जडान हुने

काठमाडौं । कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय (त्रिवि) अन्तर्राष्ट्रिय क्रिकेट मैदानको स्तरोन्नतिको काम तीव्र गतिमा अगाडि बढिरह...
अर्जुनधारामा सामूहिक कुटपिटबाट महिलाको मृत्यु, पाँच जना पक्राउ

अर्जुनधारामा सामूहिक कुटपिटबाट महिलाको मृत्यु, पाँच जना पक्राउ

झापा । झापाको अर्जुनधारा नगरपालिकामा सामूहिक कुटपिटका कारण एक महिलाको मृत्यु भएको छ। मृत्यु हुनेमा अर्जुनधारा–८ स्थित नयाँ खसी बजा...