Skip to main content

Purbi Garjan

झापा : उत्पादनमा होमिए विप्लवका नेताकार्यकर्ता, ८ बिघा बढी जमिनमा धान खेती

प्रविण अधिकारी 

झापा । महासचिव नेत्र विक्रम सी “विप्लव” सहित नेपाल कम्युनिस्ट पार्टीका नेता तथा कार्यकर्ता यतिबेला झापा सहित देशैभर उत्पादनमा होमिएका छन्।

कम्युनिस्ट पार्टीका नेताकार्यकर्ताले अनिवार्य श्रम गर्नुपर्ने र आत्मनिर्भरताका लागि उत्पादन सँग जोडिनुपर्ने पार्टीको निति अन्तर्गत विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका नेता कार्यकर्ता यतिबेला राजनीतिक गतिविधि स्थगित गरेर श्रममा होमिएका हुन्।

यो समय खेती लगाउने समय पनि भएकोले उनिहरु यतिबेला सहर बजारमा नभएर खेत- खेतमा भेटिने गरेका छन्। यतिबेला झापामा पनि विप्लव नेकपाका नेताकार्यकर्ता धान रोप्न व्यस्त छन्। पार्टीका जनवर्गीय संगठनहरु समेत यतिबेला उत्पादनमा जोडिएका छन्।

झापामा मात्रै ९ बिघा जमिनमा धान रोप्ने लक्ष्य रहेको पार्टीका जिल्ला सचिव सञ्जय सी ले जानकारी दिएका छन्। पार्टीले शुरु गरेको अनिवार्य श्रम नितिलाई अवलम्बन गर्दै यतिबेला पार्टीका जिल्ला इन्चार्ज सुमनसिंह सी को नेतृत्वमा सिंगो पार्टी पंक्ति नै धान रोप्न व्यस्त छ।

नेपाल कम्युनिस्ट पार्टीले झापाको शिवसताक्षी , गौरादह, गौरीगन्ज र भद्रपुरलाई आधार बनाएर विभिन्न व्यक्तिहरुको जमिन भाडामा लिएर खेती गरिरहेको छ । यता युवा संगठन नेपालका केन्द्रीय महासचिव सुवास सी को नेतृत्वमा आज बुधबार युवा संगठनले झापामा डेढ बिघामा रोपाइँ सम्पन्न गरेको छ।

कम्युनिस्ट पार्टीको नेताकार्यकर्ताले भाषण गरेर मात्रै नहुने र अनिवार्य उत्पादनसँग जोडिनुपर्ने नेपाल कम्युनिस्ट पार्टीको निति रहेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

काकडभिट्टा नाकामा सशस्त्र प्रहरीको विभेद: सिटी रिक्सामा मुद्दा, स्कोरपियो सहजै पार

काकडभिट्टा नाकामा सशस्त्र प्रहरीको विभेद: सिटी रिक्सामा मुद्दा, स्कोरपियो सहजै पार

काकडभिट्टा नाका: कानुन होइन सशस्त्र प्रहरीको मनोमानी चल्छ, गरिबको सिटी रिक्सामा मुद्दा दर्ता, धनाड्यको स्कोरपियो सेटिङमै छाडियो। र...
काकडभिट्टा-पानीटंकी  नाकामा सुन–चाँदीसहित ४ भारतीय पक्राउ, गाडीसहित भन्सार बुझाइयो

काकडभिट्टा-पानीटंकी  नाकामा सुन–चाँदीसहित ४ भारतीय पक्राउ, गाडीसहित भन्सार बुझाइयो

काकडभिट्टा । पूर्वी नेपालको प्रमुख नाका काकडभिट्टासँग सिमाना जोडिएको भारतको पानीटंकी क्षेत्रमा सुन र चाँदीसहित चार जना भारतीय नागर...
पञ्चायती कालको यातना सम्झाउँदै ‘इरफान अली’ नाटक मेचीनगरमा मञ्चन

पञ्चायती कालको यातना सम्झाउँदै ‘इरफान अली’ नाटक मेचीनगरमा मञ्चन

झापा, मेचीनगर। पञ्चायती व्यवस्थाको समयमा जेलभित्र हुने अमानवीय यातना, दमन र विभेदलाई उजागर गर्ने उद्देश्यसहित ‘इरफान अली’ नामक नाट...

इलाममा बोलेरो ५० मिटर तल खस्यो, बालिकासहित पाँच जना घाइते

निशान निराैला इलामको माङ्सेबुङ गाउँपालिका–२ दहगाउँस्थित आरुबोटे–दमक भित्री कच्ची सडकखण्डमा बोलेरो दुर्घटना हुँदा पाँच जना घाइते भ...
ne_NPNepali