Purbi Garjan

मेचीनगरको संयोजनमा तीन जना सडक मानवको उद्धार

Advertisement
Advertisement
Advertisement
मेचीनगर । झापाको मेचीनगर नगरपालिकाको संयोजनमा तीन जना सडक मानवको उद्धार गरीएको छ । बिहीबार नगर प्रमुख ग‍ोपालचन्द्र बुढाथोकी र उपप्रमुख मीना पोख्रेल उप्रेतीसहितको टोलिले मेचीनगर क्षेत्रमा रहेका बेवारिसे अवस्थामा सडक पेटी तथा मठमन्दिरमा रहँदै आएका मानिसलाई उद्धार गरिएको हो । 
विभित्र कारणले बेवारिसे अवस्थामा रहि अव्यवस्थित रूपमा कष्टकर जीवन व्यतीत गरिरिहेका मेचीनगर ७ मदनबस्तीका कृष्ण राजवंशी, इलाम बरबोटेका तुलसी गौतम र ठेगान नखुलेका चत्रुधन मिश्रालाई मदनबस्ती र काँकरभिट्टाबाट उद्धार गरि नगरप्रमुख, उपप्रमुखसहित होमनाथ तिमल्सिनाको नेतृत्वमा रहेको मानव सेवा आश्रमका टोलिले मानव सेवा आश्रम मेचीनगर ४ बाहुण्डाँगीमा लगेका छन् ।
उद्धार गरिएका तीनैजनालाई मानव सेवा आश्रम पुर्याएर सरसफाइ गरी लत्ताकपडा फेरि खाना खुवाएर पश्चात् मात्रै नगरप्रमुख उपप्रमुख फर्किएका थिए ।
अव्यवस्थित रूपमा कष्टकर जीवन व्यतीत गरिरिहेका सडक मानवहरूको उचित रूपमा खाने, बस्ने र बिरामी हुँदा औंषधि उपचार समेत गर्ने प्रवन्ध मिलाएको हुँदा उद्धार गरिएको उनीहरूलाई आश्रममा राख्न पुर्याइएको नगरप्रमुख बुढाथोकीले बताए ।
भर्खरै सञ्चालनमा आउँदै गरेको मानवसेवामा समर्पित यस आश्रमका लागि अहिले सबैको साथ र सहयोग आवश्यक रहेको छ । मेचीनगरसहित झापालाई सडम मानव मुक्त बनाउने अभियान अन्तर्गत मानव सेवा आश्रमलाई अगाडि सारिएको बताउँदै उनले यसलाई अगाडि बढाउन अघिल्लो आर्थिक बर्षमा २५ लाख विनियोजन गरिएको जानकारी दिए। साथै चालु आर्थिक बर्षमा पनि १० लाख बजेट विनियोजन गरिएको उनको भनाइ छ । 
त्यस्तै उनले यस अघि नै मेचीनगरको संयोजनमा कनकाई नगरपालिकामा बसेको पालिका स्तरीय बैठकबाटै जिल्लाका कनकाई नगरपालिका, भद्रपुर नगरपालिका, विर्तामोड नगरपालिका, अर्जुनधारा नगरपालिका र बुद्धशान्ति गाउँपालिकालगायतले पनि यस कार्यमा सहकार्य गर्न केही बजेट समेत बिनियोजन गरिसकेका उनको भनाइ छ ।
सडक मानवको रूपमा अव्यवस्थित र अति कष्टकर जीवन बिताइ रहेका मानिसहरूको बारेमा मेचीनगर सधैं चिन्तित छ    । अहिले आएर मानव सेवा आश्रम मार्फत भएपनि उनीहरूको व्यवस्थापन गर्न सहज भएको उपप्रमुख उप्रेती बताउँछिन् । उनले पवित्र उदेश्यले मानव सेवाका लागि स्थापना गरिएको मेचीनगर ४ बाहुण्डाँगीमा अवस्थित यस आश्रममा खाद्यान्न, जिन्सी तथा नगद सहयोग गर्न सकिने बताइन् ।
Advertisement
Advertisement
Advertisement
Advertisement
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

झापामा लागुऔषधसहित एक भारतीय नागरिक पक्राउ

झापामा लागुऔषधसहित एक भारतीय नागरिक पक्राउ

झापा । झापाको झापा गाउँपालिका–१ सुडुखुट्टुस्थित क्षेत्रबाट लागुऔषधसहित एक जना भारतीय नागरिक पक्राउ परेका छन्। आज दिउँसो ३ बजे ई...
झापामा स्कुटर र मोटरसाइकल ठोक्किँदा दुई जनाको मृत्यु, आमा–छोरा गम्भीर घाइते

झापामा स्कुटर र मोटरसाइकल ठोक्किँदा दुई जनाको मृत्यु, आमा–छोरा गम्भीर घाइते

झापा । झापाको बाह्रदशी गाउँपालिका–१ खैरबारीमा भएको सवारी दुर्घटनामा दुई जनाको मृत्यु भएको छ भने आमा–छोरा गम्भीर घाइते भएका छन्। ...
त्रिवि क्रिकेट मैदानमा फ्लडलाइट टावर आइपुग्यो, छिट्टै जडान हुने

त्रिवि क्रिकेट मैदानमा फ्लडलाइट टावर आइपुग्यो, छिट्टै जडान हुने

काठमाडौं । कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय (त्रिवि) अन्तर्राष्ट्रिय क्रिकेट मैदानको स्तरोन्नतिको काम तीव्र गतिमा अगाडि बढिरह...
अर्जुनधारामा सामूहिक कुटपिटबाट महिलाको मृत्यु, पाँच जना पक्राउ

अर्जुनधारामा सामूहिक कुटपिटबाट महिलाको मृत्यु, पाँच जना पक्राउ

झापा । झापाको अर्जुनधारा नगरपालिकामा सामूहिक कुटपिटका कारण एक महिलाको मृत्यु भएको छ। मृत्यु हुनेमा अर्जुनधारा–८ स्थित नयाँ खसी बजा...