Skip to main content

Purbi Garjan

मेचीनगरको संयोजनमा तीन जना सडक मानवको उद्धार

मेचीनगर । झापाको मेचीनगर नगरपालिकाको संयोजनमा तीन जना सडक मानवको उद्धार गरीएको छ । बिहीबार नगर प्रमुख ग‍ोपालचन्द्र बुढाथोकी र उपप्रमुख मीना पोख्रेल उप्रेतीसहितको टोलिले मेचीनगर क्षेत्रमा रहेका बेवारिसे अवस्थामा सडक पेटी तथा मठमन्दिरमा रहँदै आएका मानिसलाई उद्धार गरिएको हो । 
विभित्र कारणले बेवारिसे अवस्थामा रहि अव्यवस्थित रूपमा कष्टकर जीवन व्यतीत गरिरिहेका मेचीनगर ७ मदनबस्तीका कृष्ण राजवंशी, इलाम बरबोटेका तुलसी गौतम र ठेगान नखुलेका चत्रुधन मिश्रालाई मदनबस्ती र काँकरभिट्टाबाट उद्धार गरि नगरप्रमुख, उपप्रमुखसहित होमनाथ तिमल्सिनाको नेतृत्वमा रहेको मानव सेवा आश्रमका टोलिले मानव सेवा आश्रम मेचीनगर ४ बाहुण्डाँगीमा लगेका छन् ।
उद्धार गरिएका तीनैजनालाई मानव सेवा आश्रम पुर्याएर सरसफाइ गरी लत्ताकपडा फेरि खाना खुवाएर पश्चात् मात्रै नगरप्रमुख उपप्रमुख फर्किएका थिए ।
अव्यवस्थित रूपमा कष्टकर जीवन व्यतीत गरिरिहेका सडक मानवहरूको उचित रूपमा खाने, बस्ने र बिरामी हुँदा औंषधि उपचार समेत गर्ने प्रवन्ध मिलाएको हुँदा उद्धार गरिएको उनीहरूलाई आश्रममा राख्न पुर्याइएको नगरप्रमुख बुढाथोकीले बताए ।
भर्खरै सञ्चालनमा आउँदै गरेको मानवसेवामा समर्पित यस आश्रमका लागि अहिले सबैको साथ र सहयोग आवश्यक रहेको छ । मेचीनगरसहित झापालाई सडम मानव मुक्त बनाउने अभियान अन्तर्गत मानव सेवा आश्रमलाई अगाडि सारिएको बताउँदै उनले यसलाई अगाडि बढाउन अघिल्लो आर्थिक बर्षमा २५ लाख विनियोजन गरिएको जानकारी दिए। साथै चालु आर्थिक बर्षमा पनि १० लाख बजेट विनियोजन गरिएको उनको भनाइ छ । 
त्यस्तै उनले यस अघि नै मेचीनगरको संयोजनमा कनकाई नगरपालिकामा बसेको पालिका स्तरीय बैठकबाटै जिल्लाका कनकाई नगरपालिका, भद्रपुर नगरपालिका, विर्तामोड नगरपालिका, अर्जुनधारा नगरपालिका र बुद्धशान्ति गाउँपालिकालगायतले पनि यस कार्यमा सहकार्य गर्न केही बजेट समेत बिनियोजन गरिसकेका उनको भनाइ छ ।
सडक मानवको रूपमा अव्यवस्थित र अति कष्टकर जीवन बिताइ रहेका मानिसहरूको बारेमा मेचीनगर सधैं चिन्तित छ    । अहिले आएर मानव सेवा आश्रम मार्फत भएपनि उनीहरूको व्यवस्थापन गर्न सहज भएको उपप्रमुख उप्रेती बताउँछिन् । उनले पवित्र उदेश्यले मानव सेवाका लागि स्थापना गरिएको मेचीनगर ४ बाहुण्डाँगीमा अवस्थित यस आश्रममा खाद्यान्न, जिन्सी तथा नगद सहयोग गर्न सकिने बताइन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

जोरसिमल चेकपोस्ट बाट सशस्त्र प्रहरीले समात्यो पिकअप सहित तस्करीको सामान

जोरसिमल चेकपोस्ट बाट सशस्त्र प्रहरीले समात्यो पिकअप सहित तस्करीको सामान

झापा, मेचीनगर । झापाको मेचीनगर नगरपालिका–७ जोरसिमल क्षेत्रबाट सशस्त्र प्रहरीले अवैध रूपमा भन्सार छली गरी नेपालतर्फ ल्याइएको सामानस...
इक्यान झापाको अन्तरक्रिया कार्यक्रम सम्पन्न, विविध विषयमा छलफल

इक्यान झापाको अन्तरक्रिया कार्यक्रम सम्पन्न, विविध विषयमा छलफल

बिर्तामोड । नेपाल शैक्षिक परामर्श संघ इक्यान झापाको आयोजनामा झापाको बिर्तामोडमा एकदिने अन्तरक्रियात्मक कार्यक्रम सम्पन्न भएको छ । ...
भान्सामा खाना पकाउँदै गरेकी महिलाको सर्पको टोकाइबाट मृत्यु

भान्सामा खाना पकाउँदै गरेकी महिलाको सर्पको टोकाइबाट मृत्यु

दमक, झापा। झापाको कमल गाउँपालिकामा सर्पदंशका कारण एक महिलाको मृत्यु भएको छ। जिल्ला प्रहरी कार्यालयका अनुसार कमल गाउँपालिका–३ बस्न...
बाहुण्डाँगी हात्ती समस्या : नेपाल–भारतका अधिकारीबीच समाधानका लागि छलफल

बाहुण्डाँगी हात्ती समस्या : नेपाल–भारतका अधिकारीबीच समाधानका लागि छलफल

प्रविण अधिकारी झापा । पछिल्लो समय पेचिलो बन्दै गएको बाहुण्डाँगी हात्ती समस्या र यसको दीर्घकालीन समाधानका लागि नेपाल–भारतका सम्बन्...
ne_NPNepali