Skip to main content

Purbi Garjan

नागरिकको प्रश्नसँग तर्सिएको मेचीनगर: पत्रकारले नै पत्तो पाएनन् सार्वजनिक सुनुवाइ

प्रविण अधिकारी 

मेचीनगर। आम नगरवासीको आलोचना खेपिरहेको मेचीनगर नगरपालिका अब भने नागरिकका प्रश्नसँगै तर्सिन थालेको छ। यसको उदाहरण हो बुधबार भएको सार्वजनिक सुनुवाइ कार्यक्रम ।

बुधबार नगरपालिकाको सभाहलमा आफू निकट केही  पत्रकार बोलाएर नगरपालिकाले गुपचुप सार्वजनिक सुनुवाइ सक्कायो।  गजबको कुरा त के छ भने, नगरपालिकाले गरेको पहिलो सार्वजनिक सुनुवाइ कार्यक्रममा मेचीनगरका अधिकांश पत्रकारलाई  खबर नै गरिएन। त्यतिमात्र  होइन  नगरपालिका आफैंले नगरका सञ्चारमाध्यम तथा सञ्चारकर्मीहरुलाई समेट्ने गरी सञ्चार प्रतिष्ठान गठन गरेको छ। तर सोही सञ्चार प्रतिष्ठानलाई समेत नगरपालिकाको सार्वजनिक सुनुवाइबारे पत्तो भएन। नगरपालिकाको मुख्य गेट अगाडि मेचीनगरका तमाम सञ्चारकर्मीहरुको साझा संस्था प्रेस क्लब मेचीनगरको कार्यालय छ । तर आफैंले गठन गरेको सञ्चार प्रतिष्ठानलाई पाखा लगाएको नगरपालिकाले प्रेस क्लब मेचीनगरलाई वास्ता गर्ने कुरै भएन। पत्रकारले समेत पत्तो नपाएको कार्यक्रम आम भुइँ मान्छेले कसरी थाहा पाउलान् !  नगरका अधिकांश सरोकारवालाहरु, बुद्धिजीवी , विज्ञ , राजनीतिकर्मी, मानवअधिकारवादी लगायतका आम सर्वसाधारणले समेत थाहा पाएनन् ।

त्यतिमात्र होइन मेचीनगरका अधिकांश वडाध्यक्षहरु समेत सार्वजनिक सुनुवाइमा अनुपस्थित थिए। १५ जना वडाध्यक्ष रहेको पालिकाका बहुमत संख्यामा वडाध्यक्षहरु अनुपस्थित हुनुले पनि नगरको नियत प्रस्ट बुझिन्छ।

मेचीनगरमा १लाख ३३ हजार बढी जनसंख्या छन्। सार्वजनिक सुनुवाइ आम नगरवासीको चासो र गुनासो राख्ने थलोका रुपमा बुझिन्छ । तर नगरपालिकाले केही कर्मचारी,जनप्रतिनिधि र आफू निकटतम ५०/६० जनाको उपस्थितिमा भित्र भित्रै सार्वजनिक सुनुवाइको औपचारिकता पूरा गर्यो।

नगरपालिकाको सार्वजनिक सुनुवाइ विभिन्न सरोकारवालासँग प्रत्यक्ष संवाद गर्न, नागरिकहरूको गुनासो तथा सुझाव संकलन गर्न, तथा पारदर्शिता र जवाफदेहिता सुनिश्चित गर्न गरिन्छ। तर मेचीनगर भने यी सबैसँग संवाद गर्न मेचीनगर भने तर्सिएको छ।

पारदर्शिता , नागरिक सहभागिता ,जवाफदेहिता,समस्या समाधान र लोकतान्त्रिक अभ्यासको प्रवर्द्धनका लागि सार्वजनिक सुनुवाइ गरिन्छ । नगरपालिकाले आफ्नो काम, नीति, कार्यक्रम, बजेट, र उपलब्धिहरू सार्वजनिक रूपमा प्रस्तुत गर्नुपर्ने नागरिकलाई प्रत्यक्ष रूपमा आफ्नो गुनासो, सुझाव, र आवश्यकता राख्ने अवसर  सार्वजनिक सुनुवाइले दिलाउने गर्छ। तर मेचीनगर नगरपालिकाले भने नगरवासिलाई सुचनाको हकबाट समेत बञ्चित गराउँदै गएको छ।

सार्वजनिक सुनुवाइ कार्यक्रममा किन सञ्चारकर्मीहरुलाई जानकारी गराइएन, के नगर जनताको प्रश्नबाट तर्सिएको हो भन्ने हाम्रो प्रश्नमा मेचीनगरका प्रमुख प्रशासकीय अधिकृत अग्निप्रसाद अधिकारीले भने, – “सार्वजनिक सुनुवाइ कार्यक्रमको बारेमा हामीले सबैलाई खबर गर्न भनेका छौँ र केही सञ्चार माध्यममा सुचना बजेका पनि छन्। यो जनताको चासोको विषय भएकोले कसैलाई खबर नगर्ने भन्ने हुँदैन।”

गजबको कुरा त के छ भने सबैतिर सुचना सम्प्रेषण गरेका छौँ भनेको नगरले आफ्नै फेसबुक पेज र वेभसाइडमा समेत सुचना राखेको थिएन। यसबाट पनि नगरपालिकाले सार्वजनिक सुनुवाइ औपचारिकता पूरा गर्न मात्रै गरेको र जनताको प्रश्नबाट भागेको पुष्टि भएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

अवैध मोटर पार्ट्ससहितको गाडी छुटेपछि काकडभिट्टामा सशस्त्रको कारबाहीमाथि प्रश्न

अवैध मोटर पार्ट्ससहितको गाडी छुटेपछि काकडभिट्टामा सशस्त्रको कारबाहीमाथि प्रश्न

मेचीनगर। नेपालको पुर्वी सिमा काँकरभिट्टामा मेची खोलाबाट गैरी गाउँ हुँदै अवैध रूपमा नेपाल भित्र्याइएको मोटर पार्ट्ससहित नियन्त्रणमा...
इलाममा बेली ब्रिजको सामान बोकेको ट्रक दुर्घटना, एक जनाको मृत्यु

इलाममा बेली ब्रिजको सामान बोकेको ट्रक दुर्घटना, एक जनाको मृत्यु

निशान निराैला इलाम । इलाम नगरपालिका–१०, बाह्रगोलाईस्थित मेची राजमार्गमा बेली ब्रिजको सामान बोकेको ट्रक दुर्घटना हुँदा एक जनाको मृ...
पहिलो पाइला नेपाल कमल शाखा अध्यक्षमा सञ्जु, पदस्थापना सम्पन्न

पहिलो पाइला नेपाल कमल शाखा अध्यक्षमा सञ्जु, पदस्थापना सम्पन्न

झापा । सामाजिक क्षेत्रमा सक्रिय रहि देशका विभिन्न स्थानमा शाखा विस्तार गर्न सफल संस्था पहिलो पाइला नेपालले कमल शाखाको कार्यसमिति ग...
इटहरी, उदयपुर र गोलबजार जेसीजद्वारा विद्यार्थीलाई शैक्षिक सामग्री वितरण

इटहरी, उदयपुर र गोलबजार जेसीजद्वारा विद्यार्थीलाई शैक्षिक सामग्री वितरण

झापा । मेचीनगर–३ स्थित बलभद्र आधारभूत विद्यालयका विद्यार्थीहरूलाई विभिन्न जेसीज शाखाहरूले शैक्षिक सामग्री वितरण गरेका छन्। नेपा...
ne_NPNepali