Skip to main content

Purbi Garjan

साठी प्लसको भवन बनाउन सहयोग गर्ने वडाध्यक्ष खनालको प्रतिवद्धता

धुलाबारी। ज्येष्ठ नागरिकहरुको साझा संस्था साठी प्लस समाजले दसैं, तिहार, छठ लगायतका चाडपर्वको उपलक्ष्यमा आज शुभकामना आदानप्रदान कार्यक्रम गरेको छ ।

मेचीनगर–१० खयरडाँगीस्थित महाङ्कालेश्वर सामुदायिक भवनमा भएको कार्यक्रममा मेचीनगरका जनप्रतिनिधि, राजनीतिक दलका नेता, सामाजिक अगुवा, ज्येष्ठ नागरिक, बुद्धिजीवी, पत्रकार लगायतको उपस्थिति थियो ।
कार्यक्रममा प्रमुख अतिथि तथा मेचीनगर–१० का वडाध्यक्ष नारायण खनालले ज्येष्ठ नागरिकहरु समाजको पथप्रदर्शक भएको बताउनुभयो ।

उहाँले आगामी वर्षको बजेटमा साठी प्लस समाजको जग्गामा भवन बनाउन सहयोग पुर्याउने प्रतिवद्धता व्यक्त गर्नुभयो । “जग्गा भएका संस्थाहरुको भवन बनाइदिने नीति लिएका छौं,” वडाध्यक्ष खनालले भन्नुभयो–“प्रगति टोलबाट वडाले त्यस्तो कार्यको सुरुवात गरिसकेको छ । आउँदो वर्षको बजेटमा साठी प्लस समाजको भवन बनाउन हामी सहयोग गर्नेछौं ।”
कार्यक्रमका वक्ताहरुले अनुभव र ज्ञानले भरिपूर्ण ज्येष्ठ नागरिकहरु समाजमा उपेक्षित भइरहेको गुनासो सुनाएका थिए । स्थानीय सरकारले उनीहरुको हित र सुविधाका लागि ठोस कार्यक्रम ल्याउनु पर्ने सबैले सुझाव दिएका छन् ।

नेपाली कांग्रेस झापा क्षेत्र नं. १ का सभापति इन्द्रबहादुर बुढाथोकीले युवा पलायनको समस्याले गाउँघरमा ज्येष्ठ नागरिक मात्र देखिन थालेको जनाउँदै छोराछोरी विदेशमा आर्थिक रुपमा सम्पन्न भए तापनि वुवाआमाहरुलाई घरमा रोगले थलिदा उपचारका लागि अस्पताल पुर्याइदिने मानिसको अभाव रहेको सामाजिक अवस्थाको चित्रण गर्नु भयो ।

साठी प्लस समाजका पूर्वअध्यक्ष त्रिभुवन चौधरीले अग्रज पुस्ताको सम्मान हुन नसक्दा अहिलेको समाज विग्रह, अराजकता र बेथितितर्फ धकेलिएको टिप्पणी गर्नुभयो ।
“जसले जसलाई पनि गाली र दुष्प्रचार मात्र गरिरहेको सामाजिक सञ्जालमा देख्न पाइन्छ,” चौधरीले भन्नुभयो–“अरुको त के कुरा देशका सम्मानित ओहोदामा रहेका व्यक्तिहरुलाई नै अश्लिल गालीका शब्द प्रयोग गर्ने प्रवृत्ति बढेको छ ।” उहाँले देशमा लोकतन्त्रको नाममा जताजतै मौलाएको छाडातन्त्र रोक्नु पर्ने माग गर्नुभयो ।

बुद्धिजीवी टीकाराम पौडेल, नेकपा एकीकृत समाजबादीका नेता एवम् साठी प्लस समाजका संस्थापक वीपी भट्टराई, मेचीनगर नगरपालिकाका सामाजिक विकास समितिका संयोजक हृदय राजबंशी, मेचीनगर–९ का पूर्व वडाध्यक्ष गोपाल खड्का, महाङ्कालेश्वर शिवालय मन्दिरका अध्यक्ष केदार गौतम भाञ्जा, नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य एवम् समाजसेवी नरेन्द्र खड्का, साठी प्लस समाजका संस्थापक चिरञ्जीवी दाहाल लगायतले सो अवसरमा शुभकामना मन्तब्य व्यक्त गर्नु भएको थियो ।
कार्यक्रमको अध्यक्षता संस्थाका अध्यक्ष नरप्रसाद पौडेलले र सञ्चालन संस्थाका सचिव बद्रीनाथ भट्टराईले गर्नु भएको थियो ।

खयरडाँगी र धुलाबारी क्षेत्रका ज्येष्ठ नागरिकहरुको भेलाले २०७२ सालमा स्थापना गरेको साठी प्लस समाजलाई भवन निर्माणका लागि मेचीनगर–१० की मैयादेवी ओझाले १० धुर जग्गा दान दिनु भएको छ ।

सोही जग्गामा संस्थाको भवन बनाउने योजना रहेको अध्यक्ष पौडेलले बताउनु भएको छ । संस्थालाई मेचीनगरका सबै वडामा विस्तार गर्ने योजना समेत उहाँले सुनाउनु भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

अवैध मोटर पार्ट्ससहितको गाडी छुटेपछि काकडभिट्टामा सशस्त्रको कारबाहीमाथि प्रश्न

अवैध मोटर पार्ट्ससहितको गाडी छुटेपछि काकडभिट्टामा सशस्त्रको कारबाहीमाथि प्रश्न

मेचीनगर। नेपालको पुर्वी सिमा काँकरभिट्टामा मेची खोलाबाट गैरी गाउँ हुँदै अवैध रूपमा नेपाल भित्र्याइएको मोटर पार्ट्ससहित नियन्त्रणमा...
इलाममा बेली ब्रिजको सामान बोकेको ट्रक दुर्घटना, एक जनाको मृत्यु

इलाममा बेली ब्रिजको सामान बोकेको ट्रक दुर्घटना, एक जनाको मृत्यु

निशान निराैला इलाम । इलाम नगरपालिका–१०, बाह्रगोलाईस्थित मेची राजमार्गमा बेली ब्रिजको सामान बोकेको ट्रक दुर्घटना हुँदा एक जनाको मृ...
पहिलो पाइला नेपाल कमल शाखा अध्यक्षमा सञ्जु, पदस्थापना सम्पन्न

पहिलो पाइला नेपाल कमल शाखा अध्यक्षमा सञ्जु, पदस्थापना सम्पन्न

झापा । सामाजिक क्षेत्रमा सक्रिय रहि देशका विभिन्न स्थानमा शाखा विस्तार गर्न सफल संस्था पहिलो पाइला नेपालले कमल शाखाको कार्यसमिति ग...
इटहरी, उदयपुर र गोलबजार जेसीजद्वारा विद्यार्थीलाई शैक्षिक सामग्री वितरण

इटहरी, उदयपुर र गोलबजार जेसीजद्वारा विद्यार्थीलाई शैक्षिक सामग्री वितरण

झापा । मेचीनगर–३ स्थित बलभद्र आधारभूत विद्यालयका विद्यार्थीहरूलाई विभिन्न जेसीज शाखाहरूले शैक्षिक सामग्री वितरण गरेका छन्। नेपा...
ne_NPNepali