Purbi Garjan

दिन: २०८१ आश्विन २२, मंगलवार

साठी प्लसको भवन बनाउन सहयोग गर्ने वडाध्यक्ष खनालको प्रतिवद्धता

साठी प्लसको भवन बनाउन सहयोग गर्ने वडाध्यक्ष खनालको प्रतिवद्धता

धुलाबारी। ज्येष्ठ नागरिकहरुको साझा संस्था साठी प्लस समाजले दसैं, तिहार, छठ लगायतका चाडपर्वको उपलक्ष्यमा आज शुभकामना आदानप्रदान कार्यक्रम गरेको छ । मेचीनगर–१० खयरडाँगीस्थित महाङ्कालेश्वर सामुदायिक भवनमा भएको कार्यक्रममा मेचीनगरका जनप्रतिनिधि, राजनीतिक दलका नेता, सामाजिक अगुवा, ज्येष्ठ नागरिक, बुद्धिजीवी, पत्रकार लगायतको उपस्थिति थियो । कार्यक्रममा प्रमुख अतिथि तथा मेचीनगर–१० का वडाध्यक्ष नारायण खनालले ज्येष्ठ नागरिकहरु समाजको पथप्रदर्शक भएको बताउनुभयो । उहाँले आगामी वर्षको बजेटमा साठी प्लस समाजको जग्गामा भवन बनाउन सहयोग पुर्याउने प्रतिवद्धता व्यक्त गर्नुभयो । “जग्गा भएका संस्थाहरुको भवन बनाइदिने नीति लिएका छौं,” वडाध्यक्ष खनालले भन्नुभयो–“प्रगति टोलबाट वडाले त्यस्तो कार्यको सुरुवात गरिसकेको छ । आउँदो वर्षको बजेटमा साठी प्लस समाजको…
Read More
ne_NPNepali