Skip to main content

Purbi Garjan

नागरिकलाई सास्ती नदिन वडाध्यक्ष बरालले गरे विद्युत प्राधिकरणलाई ध्यानाकर्षण

मेचीनगर । विद्युत प्राधिकरणको बेवास्ताको कारण जनताले सास्ती पाएपछि मेचीनगर नगरपालिका वडा नम्बर २ का वडाध्यक्ष दिपक बरालले नेपाल विद्युत प्राधिकरण धुलाबारी वितरण केन्द्र प्रमुखलाई ध्यानाकर्षण गराएका छन् ।

वडाध्यक्ष बरालले वडाका २४ वटै टोल विकास संस्थाका पदाधिकारीसहितको टोली बुधबार विद्युत प्राधिकरण धुलाबारी वितरण केन्द्र पुगेर कार्यालय प्रमुख इन्जिनियर माधवप्रसाद यादवलाई ध्यानाकर्षण गराएका हुन् ।

धुलाबारी विद्युत प्राधिकरण अन्तर्गत रहेको मेचीनगर-२ (साबिक बाहुण्डाँगी ४ र ६ वडा ) मा विद्युत लाइन विस्तार, पोल सार्नुपर्ने, फेर्नु पर्ने अत्यावश्यक भएको साथै सम्भावित दुर्घटना समेत रहेको भएता पनि त्यसलाई बेवास्ता गर्दा ठुलो दुर्घटना हुने जोखिम बढिरहेको छ । त्यसतर्फ प्राधिकरणले खासै चासो नदिएपछि बाध्य भएर विद्युत वितरण केन्द्र प्रमुखलाई ध्यानाकर्षण गराइएकाे वडाध्यक्ष बराल बताउँछन् ।

उनले स्थानिय तह सरकार संचालन एन २०७४ अनुसार जनताका अत्यन्त साना मसिना कार्य सम्पादन गर्ने स्थानीय तहको कार्यालय निरन्तर जनता प्रति जिम्मेवार भएर लागेकै परिवेशमा संघिय सरकार मातहत रहेको विद्युत प्राधिकरणले स्थानिय परिवेशको पहिचान गर्न नसक्दा समस्या सृर्जना भएको बताए । उनले जनतालाई सहज रूपमा सेवा प्रवाह गर्न प्राधिकरण लाग्नुपर्ने उनको भनाइ छ ।

भृकुटी टाेल विकास संस्थाका ध्रुव घिमिरे, मिनि माउण्टेन टाेल विकास संस्थाका लाेकु रिसाल, पारिजात टाेलका रविना पराजुली, भगवती टाेलका शिव न्याैपाने, दिपज्याेति टाेलका धनबहादुर राई, संगम एकता टोलका नन्दकुमार नेपाललगायतले बारम्बार जानकारी गराउँदा समेत प्राधिकरण धुलाबारीले वडा भित्र रहेकाे विद्युत लाइन विस्तार, पोल सार्नुपर्ने, फेर्नु पर्ने तथा तार झरेर भुइ छुँदा सम्भावित दुर्घटना बढेपनि त्यसलाई बेवास्ता गर्ने गरेको गुनासो गरे ।

विद्युत सम्बन्धि समस्या धेरै नै भएपछि आज वडाध्यक्षसंग आफुहरू पनि ध्यानाकर्षण पत्र लिएर आएको बताए ।

यस्तो छ ध्यानाकर्षण पत्र :

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

काकडभिट्टा नाकामा सशस्त्र प्रहरीको विभेद: सिटी रिक्सामा मुद्दा, स्कोरपियो सहजै पार

काकडभिट्टा नाकामा सशस्त्र प्रहरीको विभेद: सिटी रिक्सामा मुद्दा, स्कोरपियो सहजै पार

काकडभिट्टा नाका: कानुन होइन सशस्त्र प्रहरीको मनोमानी चल्छ, गरिबको सिटी रिक्सामा मुद्दा दर्ता, धनाड्यको स्कोरपियो सेटिङमै छाडियो। र...
काकडभिट्टा-पानीटंकी  नाकामा सुन–चाँदीसहित ४ भारतीय पक्राउ, गाडीसहित भन्सार बुझाइयो

काकडभिट्टा-पानीटंकी  नाकामा सुन–चाँदीसहित ४ भारतीय पक्राउ, गाडीसहित भन्सार बुझाइयो

काकडभिट्टा । पूर्वी नेपालको प्रमुख नाका काकडभिट्टासँग सिमाना जोडिएको भारतको पानीटंकी क्षेत्रमा सुन र चाँदीसहित चार जना भारतीय नागर...
पञ्चायती कालको यातना सम्झाउँदै ‘इरफान अली’ नाटक मेचीनगरमा मञ्चन

पञ्चायती कालको यातना सम्झाउँदै ‘इरफान अली’ नाटक मेचीनगरमा मञ्चन

झापा, मेचीनगर। पञ्चायती व्यवस्थाको समयमा जेलभित्र हुने अमानवीय यातना, दमन र विभेदलाई उजागर गर्ने उद्देश्यसहित ‘इरफान अली’ नामक नाट...

इलाममा बोलेरो ५० मिटर तल खस्यो, बालिकासहित पाँच जना घाइते

निशान निराैला इलामको माङ्सेबुङ गाउँपालिका–२ दहगाउँस्थित आरुबोटे–दमक भित्री कच्ची सडकखण्डमा बोलेरो दुर्घटना हुँदा पाँच जना घाइते भ...
ne_NPNepali