Skip to main content

Purbi Garjan

घुससहित पक्राउ परेका बुद्धशान्ति -२ का अध्यक्ष ओली निलम्बित

झापा । घुससहित दुई दिनअघि झापाको विर्तामोडबाट रङ्गेहात पक्राउ परेका झापाको बुद्धशान्ति -२ का वडाध्यक्ष डिल्ली प्रसाद ओली निलम्बित भएका छन्।

बुद्धशान्ति गाउँपालिका अन्तर्गत जग्गा सम्बन्धी विवाद सल्टाइदिने नाममा वडाध्यक्ष ओलीले सेवाग्राही अमरनाथ चौहानसँग घुस/रिसवत लिएको कसुरमा मंगलबार विर्तामोडबाट रङ्गेहात पक्राउ परेका थिए ।

पक्राउ परेका डिल्ली प्रसाद ओलीलाई थुनामा राखि अनुसन्धान गर्नको लागि मिति २०८१।०६।०८ गतेबाट नै लागु हुने गरी अख्तियार दुरुपयोग अनुसन्धान आयोग ऐन, २०४८ को दफा १६ को उपदफा ४ बमोजिम विशेष अदालत, काठमाण्डौबाट म्याद थप भई आएको थियोे ।

यसरी थुनामा रहेका सार्वजनिक पद धारण गरेका राष्ट्रसेवक अख्तियार दुरुपयोग अनुसन्धान आयोग ऐन, २०४८ को दफा १७ तथा भ्रष्टाचार निवारण ऐन, २०५९ परिच्छेद ३ को दफा ३३ बमोजिम स्वतः निलम्बनमा रहने कानूनी प्रावधान रहेकोले उनलाई निलम्बन गरिएको अख्तियार दुरुपयोग अनुसन्धान आयोग टंगाल काठमाडौंले जानकारी दिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
1
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

अवैध मोटर पार्ट्ससहितको गाडी छुटेपछि काकडभिट्टामा सशस्त्रको कारबाहीमाथि प्रश्न

अवैध मोटर पार्ट्ससहितको गाडी छुटेपछि काकडभिट्टामा सशस्त्रको कारबाहीमाथि प्रश्न

मेचीनगर। नेपालको पुर्वी सिमा काँकरभिट्टामा मेची खोलाबाट गैरी गाउँ हुँदै अवैध रूपमा नेपाल भित्र्याइएको मोटर पार्ट्ससहित नियन्त्रणमा...
इलाममा बेली ब्रिजको सामान बोकेको ट्रक दुर्घटना, एक जनाको मृत्यु

इलाममा बेली ब्रिजको सामान बोकेको ट्रक दुर्घटना, एक जनाको मृत्यु

निशान निराैला इलाम । इलाम नगरपालिका–१०, बाह्रगोलाईस्थित मेची राजमार्गमा बेली ब्रिजको सामान बोकेको ट्रक दुर्घटना हुँदा एक जनाको मृ...
पहिलो पाइला नेपाल कमल शाखा अध्यक्षमा सञ्जु, पदस्थापना सम्पन्न

पहिलो पाइला नेपाल कमल शाखा अध्यक्षमा सञ्जु, पदस्थापना सम्पन्न

झापा । सामाजिक क्षेत्रमा सक्रिय रहि देशका विभिन्न स्थानमा शाखा विस्तार गर्न सफल संस्था पहिलो पाइला नेपालले कमल शाखाको कार्यसमिति ग...
इटहरी, उदयपुर र गोलबजार जेसीजद्वारा विद्यार्थीलाई शैक्षिक सामग्री वितरण

इटहरी, उदयपुर र गोलबजार जेसीजद्वारा विद्यार्थीलाई शैक्षिक सामग्री वितरण

झापा । मेचीनगर–३ स्थित बलभद्र आधारभूत विद्यालयका विद्यार्थीहरूलाई विभिन्न जेसीज शाखाहरूले शैक्षिक सामग्री वितरण गरेका छन्। नेपा...
ne_NPNepali