Skip to main content

Purbi Garjan

घुससहित पक्राउ परेका बुद्धशान्ति -२ का अध्यक्ष ओली निलम्बित

झापा । घुससहित दुई दिनअघि झापाको विर्तामोडबाट रङ्गेहात पक्राउ परेका झापाको बुद्धशान्ति -२ का वडाध्यक्ष डिल्ली प्रसाद ओली निलम्बित भएका छन्।

बुद्धशान्ति गाउँपालिका अन्तर्गत जग्गा सम्बन्धी विवाद सल्टाइदिने नाममा वडाध्यक्ष ओलीले सेवाग्राही अमरनाथ चौहानसँग घुस/रिसवत लिएको कसुरमा मंगलबार विर्तामोडबाट रङ्गेहात पक्राउ परेका थिए ।

पक्राउ परेका डिल्ली प्रसाद ओलीलाई थुनामा राखि अनुसन्धान गर्नको लागि मिति २०८१।०६।०८ गतेबाट नै लागु हुने गरी अख्तियार दुरुपयोग अनुसन्धान आयोग ऐन, २०४८ को दफा १६ को उपदफा ४ बमोजिम विशेष अदालत, काठमाण्डौबाट म्याद थप भई आएको थियोे ।

यसरी थुनामा रहेका सार्वजनिक पद धारण गरेका राष्ट्रसेवक अख्तियार दुरुपयोग अनुसन्धान आयोग ऐन, २०४८ को दफा १७ तथा भ्रष्टाचार निवारण ऐन, २०५९ परिच्छेद ३ को दफा ३३ बमोजिम स्वतः निलम्बनमा रहने कानूनी प्रावधान रहेकोले उनलाई निलम्बन गरिएको अख्तियार दुरुपयोग अनुसन्धान आयोग टंगाल काठमाडौंले जानकारी दिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
1
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

झापामा गोली चल्यो : खैरो लागूपदार्थसहित दुई जना पक्राउ

झापामा गोली चल्यो : खैरो लागूपदार्थसहित दुई जना पक्राउ

झापा । झापाको सालमारा क्षेत्रबाट प्रतिबन्धित लागूऔषध खैरो हेरोइनजस्तो देखिने पदार्थसहित दुई जना युवा पक्राउ परेका छन्। कात्तिक ११...
काकडभिट्टा नाकामा सशस्त्र प्रहरीको विभेद: सिटी रिक्सामा मुद्दा, स्कोरपियो सहजै पार

काकडभिट्टा नाकामा सशस्त्र प्रहरीको विभेद: सिटी रिक्सामा मुद्दा, स्कोरपियो सहजै पार

काकडभिट्टा नाका: कानुन होइन सशस्त्र प्रहरीको मनोमानी चल्छ, गरिबको सिटी रिक्सामा मुद्दा दर्ता, धनाड्यको स्कोरपियो सेटिङमै छाडियो। र...
काकडभिट्टा-पानीटंकी  नाकामा सुन–चाँदीसहित ४ भारतीय पक्राउ, गाडीसहित भन्सार बुझाइयो

काकडभिट्टा-पानीटंकी  नाकामा सुन–चाँदीसहित ४ भारतीय पक्राउ, गाडीसहित भन्सार बुझाइयो

काकडभिट्टा । पूर्वी नेपालको प्रमुख नाका काकडभिट्टासँग सिमाना जोडिएको भारतको पानीटंकी क्षेत्रमा सुन र चाँदीसहित चार जना भारतीय नागर...
पञ्चायती कालको यातना सम्झाउँदै ‘इरफान अली’ नाटक मेचीनगरमा मञ्चन

पञ्चायती कालको यातना सम्झाउँदै ‘इरफान अली’ नाटक मेचीनगरमा मञ्चन

झापा, मेचीनगर। पञ्चायती व्यवस्थाको समयमा जेलभित्र हुने अमानवीय यातना, दमन र विभेदलाई उजागर गर्ने उद्देश्यसहित ‘इरफान अली’ नामक नाट...
ne_NPNepali