Skip to main content

Purbi Garjan

अहिलेको व्यवस्थाबाट समाजवाद आउँदैन – विप्लव

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीका महासचिव विप्लव सीले अहिलेको व्यवस्थाबाट कुनै पनि हालतमा नेपालमा समाजवाद नआउने ठोकुवा गरेका छन । नेकपा (एकीकृत समाजवादी)को दसौँ राष्ट्रिय महाधिवेशनलाई आईतवार काठमाडौंको कमलादीमा सम्बोधन गर्दै महासचिव विप्लवले यस्तो ठोकुवा गरेका हुन ।

उनले नेपालमा नेपाली विशेषताको समाजवाद तत्कालिन निकासको विकल्प भएको भन्दै सबै कम्युनिष्टहरुले समाजवादी क्रान्तिको कार्यक्रममा जानु पर्ने सुझाव दिए । महासचिव विप्लवले कांग्रेस र रास्वपाले भन्ने गरेको समाजवादको बारे पनि स्पष्ट हुनुपर्ने बताए ।

उनले भने ‘अहिलेको व्यवस्थाबाट समाजवाद आउदैन, यो दलाल पुँजीवाद हो । यसले नेपाललाई अगाडि लिदैन । नेपालमा समाजवादको विकल्प छैन । बरु कांग्रेस र रास्वपाले चाहेको समाजवाद के हो ? त्यो पनि स्पष्ट हुनुपर्छ ।’

महासचिव विप्लवले नेपाली कम्युनिस्ट आन्दोलनलाई अहिलेको अवस्थासम्म ल्याउन एकीकृत समाजवादीको भूमिका पनि महत्वपूर्ण भएको भन्दै महाधिवेशनपछि सुस्पष्ट समाजवादी नीति तथा कार्यक्रम आउने विश्वास व्यक्त गरे । उनले आस गरेका कम्युनिष्ट नेताहरुका छोराहरु भ्रष्टाचार काण्डमा पक्राउ परेको सुन्दा आश्चार्य परेको बताए ।
उनले भने ‘जनतामा देखिएको उकुसमुकुसको असर सरकार, राजनीतिक दलहरूमा परिरहेको छ । आशा गरेका नेता र तीनका छोराहरू भ्रष्टाचारमा संलग्न भएका कुरा सुन्न परिरहेको छ । राजनीति कार्यकर्ता श्रमजीवी यन्त्रमा नभई भ्रष्टाचार गर्ने निकायमा बदलिरहेका छन् ।’

महासचिव विप्लवले जनताले आशा गरेका नेताहरू देशको अर्थतन्त्रमा लुटपाट मच्चाइरहेको पनि बताए । उनले भने ‘यसको अन्त्य गरी उत्पीडित, श्रमजीवी जनताहरूको पक्षमा सबै मिलेर काम गर्नुपर्छ ।’
महासचिव विप्लवले नेताहरूले परिवर्तन पछि पनि काम गर्न नसके व्यवस्था र नेतालाई जनताले फाल्ने परिस्थिति आउने चेतावनी दिए । उनले नेपालमा कम्युुनिष्टहरुको एकताले मात्र समाजवादसम्म पुगिने विश्वास व्यक्त गर्दै सबै कम्युनिष्टहरु एकताबद्ध हुनुपर्ने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

काकडभिट्टा नाकामा सशस्त्र प्रहरीको विभेद: सिटी रिक्सामा मुद्दा, स्कोरपियो सहजै पार

काकडभिट्टा नाकामा सशस्त्र प्रहरीको विभेद: सिटी रिक्सामा मुद्दा, स्कोरपियो सहजै पार

काकडभिट्टा नाका: कानुन होइन सशस्त्र प्रहरीको मनोमानी चल्छ, गरिबको सिटी रिक्सामा मुद्दा दर्ता, धनाड्यको स्कोरपियो सेटिङमै छाडियो। र...
काकडभिट्टा-पानीटंकी  नाकामा सुन–चाँदीसहित ४ भारतीय पक्राउ, गाडीसहित भन्सार बुझाइयो

काकडभिट्टा-पानीटंकी  नाकामा सुन–चाँदीसहित ४ भारतीय पक्राउ, गाडीसहित भन्सार बुझाइयो

काकडभिट्टा । पूर्वी नेपालको प्रमुख नाका काकडभिट्टासँग सिमाना जोडिएको भारतको पानीटंकी क्षेत्रमा सुन र चाँदीसहित चार जना भारतीय नागर...
पञ्चायती कालको यातना सम्झाउँदै ‘इरफान अली’ नाटक मेचीनगरमा मञ्चन

पञ्चायती कालको यातना सम्झाउँदै ‘इरफान अली’ नाटक मेचीनगरमा मञ्चन

झापा, मेचीनगर। पञ्चायती व्यवस्थाको समयमा जेलभित्र हुने अमानवीय यातना, दमन र विभेदलाई उजागर गर्ने उद्देश्यसहित ‘इरफान अली’ नामक नाट...

इलाममा बोलेरो ५० मिटर तल खस्यो, बालिकासहित पाँच जना घाइते

निशान निराैला इलामको माङ्सेबुङ गाउँपालिका–२ दहगाउँस्थित आरुबोटे–दमक भित्री कच्ची सडकखण्डमा बोलेरो दुर्घटना हुँदा पाँच जना घाइते भ...
ne_NPNepali